निर्णय नं. ६०३९ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०३९ - दर्ता बदर भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०६/२३ २१९१ निर्णय नं. ६०३९ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५१ सालको दे.पु.नं. २४१० फैसला मिति:२०५२।६।२३।२ मुद्दा : दर्ता बदर । पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. २६ नरदेवी ताहाननी बस्ने पुननारायण महर्जन । विरुद्ध प्रत्यक्षी/वादी:ऐ. ऐ. वडा नं. १५ डल्लु बस्ने मिरा खतिवडा । ऐ.ऐ बस्ने वाला प्रसाद खतिवडा । हक बेहकको प्रश्न खडा भएको अवस्थामा कसैका नाउँमा दर्ता गर्ने निर्णय गर्ने अधिकार कुनै कानुनले माल कार्यालयलाई दिएको देखिंदैन । यस्तोमा कुनै निर्णय नगरी अदालतबाट हक बेहक गरी ल्याउनु भनी सुनाई पठाई दिनु पर्ने । (प्रकरण नं. १४) अदालतबाट ठहर भै आए अनुसार गर्नु माल कार्यालयको कर्तव्य हुने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री मोतिराज गौतम प्रत्यर्थी तर्फबाटःX अवलम्बित नजिरःX फैसला न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) अन्तर्गत पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. मेरा स्वर्गीय पति गोरीप्रसाद शर्मा खतिवडाको नाममा जोत कायम भएको स्वयम्भु डल्लु गा.वि.स. वडा नं. (२) कि.नं. ४५ को क्षे.फ. १–३–१ र म निवेदक जोताहा भएको ऐ.ऐ. कि.नं. १८७ को क्षे.फ. ०–३–० समेतको जग्गा रै.प. नामसारी गरी मेरो छोरा वालाप्रसाद शर्माले ०४५।३ मा निवेदन दिई कारबाही भएको उक्त कि.नं. को जग्गाहरु र घर समेत मेरा स्वर्गीय पतिको नाउँमा जोताहा भएको रै.प. गरी ज.ध.द.प्र.पु. पाउँ भन्ने समेत व्यहोराको मिरा खतिवडाको मा.पो.का. काठमाडौंमा मिति ०४५।३।२१ मा दिएको निवेदनपत्र । ३. डल्लु गा.वि.स. वडा नं. २ कि.नं. ४५ को क्षेत्रफल १–२–२ समेत जग्गा दर्ता गरी पाउँ भनी आमा आसा माया महर्जननी आफ्ना कालगतिले ०३२ सालमा परलोक भएकोले निजको हक खाने छोरी म तुल्सीमाया मात्र भएकोले उक्त जग्गा स्वयम्भु मौजे हा.नं. १५९ र १६० भिडाई दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा पाउँ भन्ने समेत व्यहोराको तुल्सीमाया महर्जननीको मिति २०४२।१२।१ को निवेदन । ४. का.जि. स्वयम्भु गा.वि.स. वडा नं. २ कि.नं. ४५ को क्षेत्रफल १–२–२ समेत तुल्सीमाया महर्जनले दर्ता गरी पाउँ भनी निवेदन गरी रहेकोमा आमा रत्नमाया महर्जन ०४२ साल फाल्गुण महिनामा परलोक भएकोले उक्त जग्गा म निवेदक वसनारायण महर्जन र म तुल्सी माया महर्जन समेतले निवेदक र पुन नाराणय महर्जनका नाउँमा एकलौटी नामसारी दर्ता गरी जग्गा धनी प्रमाणपुर्जा दिएमा मञ्जुर छ भनी हक दावी छाडी दिएको मिति २०४६।१।१६ को निवेदनपत्र। ५. उक्त कि.नं. ४५ को जग्ग पुन नारायण महर्जनका नाउँमा एकलौटी दर्ता गरी नामसारी गरी दिएमा मेरो मञ्जुर छ भनी नाति महर्जनले हक दावी छाडी दिनु भएको ०४७।४।२४ को निवेदन । ६. म निवेदक पुन नारायण र तुल्सीमायाका बीच कुनै किसिमको नाता पर्ने अपरिचित व्यक्ति हुन । उक्त कि.नं. ४५ को जग्गा हकवाला हकदार म पुन नारायण १, आमा रत्नमाया १, भाइ बस नारायण १, जेठो बाबुका छोरा नाती महर्जन १, समेत ४ जनाको अधिकार भएको उक्त जग्गा हामीहरुको साझा हो पछि तुल्सीमायाले पनि म निवेदकको नाउँमा हक दावी छाडी दिएकी र दाजु भाइले पनि कार्यालयमा आई मेरा नाउँमा एक लौटी दर्ता नामसारी गरी दिनु भनी मञ्जुरनामा दिएको हुँदा म निवेदक पुन नार