निर्णय नं. ६०४० - हक कायम लेखत बदर दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०४० - हक कायम लेखत बदर दर्ता बदर दर्ता भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०२/०८ २६३६ निर्णय नं. ६०४० ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०४८ सालको दे.पु.नं. ४१० फैसला मिति : २०५२।२।८।२ मुद्दा : हक कायम लेखत बदर दर्ता बदर दर्ता । पुनरावेदक/प्रतिवादी: जि.सप्तरी गा.वि.स. हर्दिया वडा नं. ४ बस्ने बच्चेलाल चौधरी । विरुद्ध प्रत्यर्थी/वादी: ऐ.ऐ. बस्ने रविलाल चौधरी । अंश मुद्दामा अंशियारका नाउंमा कायम रहेको सम्पत्ति मात्र बण्डा लाग्ने हुन्छ र सोही सम्पत्तिको तायदाती दिएको मात्र सदर कायम रहन सक्ने । (प्रकरण नं. १५) आफ्नो हक जिम्मामा नरहेको र दर्ता नै राजीनामाबाट अरुको कायम भई आफ्नो हक जिम्मा र दर्ता टुटी सकेपछि त्यस्तो सम्पत्तिलाई तायदातीमा देखाई बण्डा हुने गरी भएको फैसलाले राजीनामा गरी लिने बच्चेलालको हकमा अंश मुद्दाको निर्णयको विषय हुन नसक्ने । (प्रकरण नं. १५) प्रस्तुत मुद्दाको विषय लिखत बदर रहेको र अंश मुद्दा पर्नु पूर्वको मुद्दा भएको र अंश मुद्दामा पुनरावेदक प्रतिवादी पक्ष नरहेको अवस्थामा निजको हक जान सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १५) बकसपत्रबाट पाएको जग्गा सगोलको सम्पत्तिबाट बढे बढाएको हो भन्ने कुराको प्रमाण कुनै गुजार्न सकेको देखिएन । यस अवस्थामा अंशबण्डाको १८ नं. ले बकसपत्र पाएको जग्गा भोली चौधरी र लगत वतियाको निजी आर्जनको सम्पत्ति मान्नु पर्ने र त्यस्तो सम्पत्ति आफूखुश गर्न पाउने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री सतीशकृष्ण खरेल प्रत्यर्थी वादी तर्फबाटःX अवलम्बित नजिरःX फैसला न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकाले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. म वादीले स्वास्नी कालगतिले अघि नै परलोक भएकोले २०४४ साल माघ महिनामा अर्को विवाह गरी एक मात्र भान्सामा नमिल्ने भएकोले अचल सम्पत्ति साफ सगोलमै राखी आयस्ता वाडी खाने गरी २०४४।११।१५ मा भिन्द भाग भै भिन्दै घर बनाई गुजर बसर चलाई आएको छु । छोरा बुहारीले तपाईको हक अंशको जग्गाहरु समेत बिक्री गरी लिएको छ भनी प्रमाणका मानिसहरुले भन्दा मिति २०४५।३।१५ गतेमा र मिति २०४५।३।१९ गतेमा स.मा.पो.का. बाट पारीत राजीनामाहरुको प्रमाणित नक्कल लिई हेर्दा थाहा पाएको छु । एकाघर संगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ भनी लेनदेन व्यवहार महलको १० नं. मा कानूनी व्यवस्था रहे भएकोले त्यस अवस्थामा छोराबुहारीले मेरो मञ्जुरी नलिई कानुन विरुद्ध मेरो हक अंशको जग्गा समेत बिक्री गरी दिएकोले अन्याय मर्कामा परी कानुनको शरण लिई लेनदेन व्यवहार महलको १० नं. बमोजिम फिराद गर्न आएको छु । प्रतिवादीहरुलाई यस अदालतबाट झिकाई म सँग जोडी मेरो तपसीलको साक्षी प्रमाणहरु बुझी प्रतिवादी छोरा बुहारीले मेरो हक अंशको जग्गा समेत बिक्री गरी दिएकोले गा.पं. हर्दिया वडा नं. ४ कि.नं. २७५ के ०–२–० जग्गा मध्ये आधी ०–२–१० र ऐ.ऐ. कि.नं. २५५ के ०–५–१० जग्गा मध्ये आधी ०–५–१५ र ऐ.ऐ. वडा नं. ७ख कि.नं. ४४ के ०–१०–९ मध्ये आधी ०–५–४.१/२ जग्गा र ऐ.ऐ. वडा नं. ४ कित्ता नं. १९२ के. ०–५–१२ जग्गा मध्ये आधी ०–२–१६ र ऐ.ऐ. कि.नं. २३४ के. ०–१–९ मध्ये आधी ०–०–१४.१/२ जग्गा र