निर्णय नं. २३९८ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३९८ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१३ २५८१ निर्णय नं. २३९८ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १५१२ विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ । निवेदक : का.जि.का.न.पं.वडा नं. ७ चावेल भगवान थान बस्ने मान बहादुर तापीको हकमा निजकी श्रीमती कान्छी तामाङ्ग । विरूद्ध विपक्षी :बागमती अञ्चल प्रहरी कार्यालय, हनुमानढोका, काठमाडौं । गौशाला प्रहरी लाईन,गौसाला । जिल्ला कार्यालय,काठमाडौं। आदेश भएको मिति:२०४२।६।१३।१ मा सार्वजनिक सुरक्षा ऐन अन्तर्गत सोही ऐनको दफा ३(१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न निवेदकलाई नजरबन्दमा राख्ने आदेश दिई थुनामा रहेकोलाई गैरकानुनी थुनामा राखेको भन्न सकिने स्थिति नहुने । (प्रकरण नं.१४) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञ रत्न तुलाधर विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः बन्दी–प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. ०४२।४।२७ गते बेलुका ६ बजेको समय ३, ४ जना मानिस आई हामीहरू गौशाला प्रहरी लाइनबाट आएको तपाईलाई बा.अं.प्रहरी का.बाट बोलाउनु भएकोछ जानुपर्छ भनी मेरो लोग्नेलाई घरबाट लिई गए । सो दिन देखि लोग्ने घर फिर्ता पठाएको छैन । भेटघाट गर्न नदिएकोले बाध्य भई निवेदन गर्न आएकोछु । बिनाकारण थुनी राखेकोछ । भेटघाट गर्न दिएकोछैन । कुनै थुनुवापुर्जी दिइएकोछैन । कुनैअदालतको स्वीकृति लिएको पनि छैन । अ.बं. १२१ नं. विपरीत छ । नेपालको संविधानको धारा ११(१)(६)(७) को विपरीत छ । बन्दी–प्रत्यक्षीकरणको रिट जारी गरी मेरो लोग्नेलाई गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भन्ने रिट निवेदन जिकिरछ । ३. विपक्षीसँग लिखित जवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालतसिंगल बेञ्चको ०४२।५।१०।२ को आदेश । ४. निवेदकका पति मान बहादुर तामाङलाई यसकार्यालयबाट पक्राउ गर्नुपर्ने कारण केही नभएकोले पक्राउ गरी थुनामा राखेकोसमेत छैन । जि.का.काठमाडौंको मिति ०४२।४।३० को पत्रसाथ निजका नाउँको नजरबन्द आदेश पुर्जी समेत प्राप्त हुन आएकोले सोही मितिमा पक्राउ गरी ०४२।४।३१ गते निजको नाउँमा नजरबन्दआदेश पुर्जी तामेल भएको बुझिन आएकोले निज निवेदिकाले यस कार्यालयउपर झुठ्ठा लान्छना लगाई दिएको रिट निवेदन खारेज हुन अनुरोध छ भन्नेसमेत बा.अं.प्रहरी कार्यालयको लिखित जवाफ । ५. गौशाला प्रहरी लाइनले लिखित जवाफ पेश नगरी गुजारेको रहेछ । ६. जि.का.काठमाडौंसँग लिखित जवाफ लिने भन्नेसमेत स.अदालत डिभिजन बेञ्चको ०४२।५।२८ को आदेश । ७. निवेदिकाले पति मान बहादुर तामाङले शान्ति सुरक्षामा खलल पुग्ने काम गरे गराएबाट निजलाई रोक्न जरुरी भएकोले सार्वजनिक सुरक्षा ऐन, ०१८ को दफा ३ को उपदफा (१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट निजलाई रोक्न जरुरी भएकोले सोही ऐनको दफा १२ बमोजिम श्री ५ को सरकारबाट मिति ०२८।३।७ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचनाद्वारा प्रदान गरिएको अधिकार प्रयोग गरी निज मान बहादुर तामाङलाई थुनामा राख्नु भनी ०४२।५।५ मा आदेश गरी पठाई थुनामा राखेको हो रिट खारेज गरिपाउँ भन्ने समेत प्र.जि.अ.जिल्ला कार्