निर्णय नं. ६०४१ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०४१ - मोही नामसारी भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०१/०४ २३२९ निर्णय नं. ६०४१ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४९ सालको दे.पु.नं. ५०३ आदेश मिति : २०५२।१।४।२ मुद्दा : मोही नामसारी । पुनरावेदक/प्रतिवादी: जिल्ला सिरवरियारपट्टि गा.वि.स. वडा नं. १ बस्ने दुलिचन यादव । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. हनुमाननगर गा.वि.स. वडा नं. ५ बस्ने जहरिवती कोइरिन । मोहीको आधारभुत प्रमाण २ नं. अनुसूची र ३ नं. स्थायी प्रमाणपत्र हुने । (प्रकरण नं. १४) जग्ग धनीत्व हस्तान्तरण गर्न लिखतमा मोही नाम उल्लेख नगर्दैमा मोही हक नजाने। (प्रकरण नं. १४) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सतिश कृष्ण खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री अमर थापा अवलम्बित नजिरःX फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतको क्षेत्राधिकार भित्र परेको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. साविक जग्गा धनी भागवत महतो भई हाल विपक्षी जग्गा धनीहरुले खरिद गरी लिएको जग्गा गा.पं. हनुमान नगर वा.नं. ५ क कि.नं. २१२ को ०–३–१५ बाट कित्ताकाट भै हाल कि.नं. ३११ को ०–१–१५ रुकमणिका नाउँमा कायम हुन आएको र कि.नं. ३१२ को ०–२–० जग्गा सोनेलालका नाउँमा कायम हुन आएको र वा.नं. ५ क कि.नं. २४४ को ०–१८–९ बाट कित्ताकाट भै हाल कि.नं. ३१३ को ०–१०–० निज मोहीको श्रीमतीका नाउँमा दर्ता भएको र कि.नं. ३१४ को ०–७–० जग्गा दुलिचनका नाउँमा र साविक जग्गा धनी भागवत महतोको नाउँमा कि.नं. २४७ को ०–३–१७ र वा.नं. ८ कि.नं. २०५ को ०–३–१३ समेतका जग्गामा लोग्ने ठकहर मोही भै कमाई राखेको मोहीको प्रमाणपत्र समेत पाई सकेको ०३१ सालमा लोग्ने परलोक भई सकेकोले मेरो पति नाउँको मोही जग्गा मेरा नाउँमा नामसारी गरी पाउँ भन्ने समेत निवेदन उजुरी । ३. विवादित जग्गा ०३४।४।२५ गते रामरतनबाट खरिद गरे देखि आजसम्म मैले नै जोती भोगी आएको छु । मैले खरिद गरी लिँदा ज.ध.द.प्र. पुर्जामा विपक्षीको पतिको नाउँ मोही महलमा उल्लेख थिएन । मोही भए मौका मै आई प्रमाण देखाई म मोही हुँ भन्नु पर्ने केही नगरी चुप बसी ०४५ सालमा मोही नामसारी गरी पाउँ भन्ने निवेदन दिएका छन् । मैले खरिद गरेको उक्त ०–७–० जग्गा प्र. भागवतका नाउँमा दर्ता थियो, सो जग्गा मैले रामरतन सँग खरिद गरेको हुँ । विपक्षीले उक्त जग्गा कहिले पनि मोहीको हैसियतले जोती कमाई आएको नहुँदा विपक्षीको माग दावी अनुसार मेरो नाउँको उक्त ०–७–० जग्गाको विपक्षीका नाउँमा मोही नामसारी भै मोही प्रमाणपत्र निजले पाउने हैन भन्ने समेत व्यहोराको प्र.दुलीचन यादवको प्रतिउत्तर पत्र । ४. वादीले देखाएको उक्त जग्गाको विपक्षीका पति मोही थिएनन् र निजले सो जग्गा कहिले पनि मोहीको हैसियतले कमाएको थिएन । निजको शेषपछि निवेदकले पनि उक्त जग्गा कहिले जोती कमाएको छैन । विपक्षीले सो जग्गा जोती कमाएको भए मैले उक्त कि.नं. २४४ को ०–१७–० जग्गाबाट ०–१०–० जग्गा झिंगुर साहुलाई बाँकी ०–७–० जग्गा रामरतनलाई बिक्री गरेको ततपश्चात ०–७–० जग्गा हाल दुलिचनले लिएकोमा जग्गा धनीहरु बदलिँदा प्रमाणपत्रमा ज.ध.हरुको नाउँ बदलाई लिनु पर्ने साथै मौका मै नामसारी गराई लिनु पर्ने समेत केही नगरेको कूत बुझाएको भर्पाई समेत लिनु पर्ने केही गरेको नहुँदा उक्त जग्गामा निजको मोही छैन होइन । ५. झुठ्ठा दावीबाट विपक्षीका नाउँमा मोही नामस