निर्णय नं. २३९९ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३९९ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१३ ३१०८ निर्णय नं. २३९९ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. ११७५ विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ । निवेदक :लमजुङ चिति घर भई हाल नारायाणी अंचल अदालतमा कार्यरत डि.माधव राज विष्ट । विरूद्ध विपक्षी :माननीय मुख्य न्यायाधीश, मध्यमाञ्चल क्षेत्रीय अदालत । पर्सा जिल्ला अदालतमा कार्यरत डि.कैलाश प्रसाद भट्टराई । निजामती किताबखाना हरिहर भवन पुल्चोक । बढुवा समिति मुकाम नारायणी अंचल अदालत । रौतहट जिल्ला अदालतमा कार्यरत डि.उद्धव प्रसाद गौतम । आदेश भएको मिति:२०४२।६।१३।१ मा २०३७।३।२८ देखि स्थायी डिठ्ठा पदमा नियुक्ति भएपछि ना.सु.पदमा बढुवाको लागि उम्मेदवार हुन २०४०।३।३१ सम्म रिट निवेदक ३ वर्षसम्म डिठ्ठा पदमा काम गरी सकेको देखिन आउँछ, यस्तो स्थितिमा निजामती किताबखानाको पत्रको आधारमा तीन वर्ष पुग्ने र सो को आधारमा ना.सु.पदको लागि सम्भाव्य उम्मेदवार हुन नसक्ने भनी गरेको निर्णय कानुन विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं.१३) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः मुख्य न्यायाधीश मध्यमान्चल क्षेत्रीय अदालतको र बढुवासमितिको मिति २०४१।३।७ को निर्णयसमेत बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ : २. निवेदक २०३७।३।२८ गते बढुवा समितिद्वारा राजपत्र अनंकित द्वितीय श्रेणी डिठ्ठा पदमा बढुवा सिफारिश भएकोमा कसैको उजूरी नपरेकोले सोही मितिबाट लागू हुने गरी मिति २०३७।६।२८ मा बढुवा पत्र प्राप्त गरी मिति २०३७।३।२८ देखि नै तलब भत्ता खाएँ । उक्त बढुवा मितिले ३ वर्ष पूरा गरी बढुवा समितिमा दर्खास्त दिएकोमा प्रत्यर्थी कैलाशप्रसादले २०४० साल आषाढ मसान्तसम्म ३ वर्ष नपुगेको जिकिर लिँदै उजूरी गर्नु भऐकामा निजामती किताबखानाले ३५ दिन कटाई २०३७।५।३ बाट मात्र निवेदकको नियुक्ति डिठ्ठा पदमा कायम गरेको पत्र पठाएछ। लोकसेवा आयोगद्वारा यही विषयमा सोधपुछ भई ज्येष्ठता गणना सिफारिश निर्णय मितिबाट हुने भन्ने पत्र मिसिल सामेल छ । उपरोक्त पत्रको आधारमा निवेदकको तल्लो पदमा तीन वर्ष नपुगेको मानी विपक्षी मुख्य न्यायाधीशबाट निवेदकलाई उम्मेदवार बन्न नसक्ने भनी बढुवा समितिको निर्णय मिति २०४१।३।७ मा बदर गर्नु भएछ । यो निर्णय पछि पुनः २०४१।३।२७ मा विपक्षी बढुवा समितिले विपक्षी उद्धव प्रसादलाई बढुवा दिने निर्णय गरेछ । मिति २०४१।२।२८ मा नक्कल लिई थाहा पाएँ । ३. नि.से.नि. ३.४(४) ले राजपत्र अनंकित प्रथम श्रेणीको पदमा बढुवा हुन एक तह मुनिको पदमा तीन वर्ष नोकरी अवधि पुगेको हुनुपर्ने व्यवस्था छ । निवेदकको बढुवाको गणना २०३७।३।२८ बाट लागू हुने गरी बढुवा लिई तलब ग्रेड खाईपाई आएको हुँदा सो मितिबाट गणना गर्दा निवेदकको ३ वर्ष नोकरी अवधि पुग्दछ । नि.से.नि. अनुसार उजूरी गर्ने म्याद ३५ दिन हो यस अवधि भित्र उजूरी पर्दैन भने सिफारिश सदर भएको मानिने नियमावलीको व्यवस्था अनुसार मेरो बढुवा भएको हुँदा निजामती किताबखानाले नियम विपरीत गरेको कुनै पनि काम कारवाही मान्यताहिन हुन्छन् । बढुवा प्रथम नामावली मिति २०४०।१२।१५ मा प्रकाशित भएको छ र दोश्रो ३