निर्णय नं. २४०१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४०१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०४/०८ २१९१ निर्णय नं. २४०१ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं.२२९० विषय : उत्प्रेषण । निवेदक :जिल्ला बाँके नेपालगञ्ज सदर लाइन स्थित कनौडिया इन्टरप्राइजेज फर्मको प्रो.ऐ. बस्ने सन्तोष कुमार कनौडिया । विरूद्ध विपक्षी :महा निर्देशक, कर विभाग, काठमाडौं । कर कार्यालय,नेपालगनज । आदेश भएको मिति:२०४२।४।८।३ मा उल्लिखित कानुनी व्यवस्था अनुसारको प्रकृया पूरा गरी नगरेकोमा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.७) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षीहरूको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ । २. विपक्षी कर कार्यालयमा आ.व. ०३७।०३८ वैशाख आषाढको कारोबारको आय विवरण दिँदा विभिन्न शीर्षकमा खर्च भएको रकमको उल्लेख गरी जस्तै गोदाम बहाल रु. १२०००। ब्याज रु. ९५००। तलब मन्जूरी ३०,०००। असूल नहुने असामी रु. ३५००। नेशनल ट्रेडिङको महलमा अरुलाई दिएका आउट कमिशन दिएको रु. ७५,०००। चाइनिज माल सामान टुटफुट ८०००। ने.ट्रे. बाट आफ्नो गोदामसम्म माल ल्याउन ठेला भाडा ,०००। बिजुली महसूल ३,०००। अतिथि सत्कार रु. ६,०००। गरी जम्मा रु. १,५५,०००। र नगर पञ्चायत कर कट्टी रु. ७९६९।३ समेत उल्लेख गरी विवरण दिएको । २०४०।१।९ मा पर्चा खडा गरी खूद आई रु. २,०५,७८१। कायम गरी त्यसमा आयकर रु. ७७,१४०।५० तथा जरिवाना रु. ५९०२।०८ समेत गरी जम्मा रु. ३,०४३।१ निर्धारण गरी अग्रीम तिरेको कट्टा गर्ने गरी २०४०।१।९ मा कर निर्धारण गरेको । सो उपर ऐनको ०३४(२) अनुसार कर विभागमा निवेदन गरेकोमा भारतीय कपडाको खूद आयको प्रतिशतमा बृद्धि गर्नु पर्नेमा सन्तोषजनक आधार नदेखिएकोले गत वर्ष सरहकै प्रतिशतले कायम गर्नु पर्ने सन्तोषजनक आधार नदेखिएकोले सो गत वर्ष सरहकै आय कायम गर्ने भन्ने हदसम्म कर निर्धारण बदर हुने ठहर्छ भनी २०४०।१२।१ मा निर्णय गरेको । कर निरीक्षकको प्रतिवेदन अनुमानितसम्म भएकोलाई प्रतिवेदनलाई नै आधार बनाई खूद आय निश्चित गर्ने निर्णय गर्दा सबूद प्रमाण र तथ्य समेतको विवेचना गरी तथ्यपूर्ण प्रतिवेदन हो भन्ने ठहर गरेपछि मात्र आधार स्वरूप ग्रहण गर्नुपर्ने सो नगरी स्थानीय कपडा खरिदतर्फ रु. ६,६६,१६७। तथा स्थानीय कपडा बिक्रीतर्फ रु. ६,५९,७६७। बढी अङ्क कायम गरी पर्चा गरेको सो पर्चा अनुसार आयकर निर्धारण गरेको । प्रतिवेदनमा स्थानीय पैठारी रु. ६ लाख भन्ने उल्लेख भएको देखिन्छ तर उक्त रकम स्थानीय खरिद दर पैठारी दुबै हो भने कति स्थानीय खरिद हो र कति पैठारी हो अलग–अलग नखुलेको त्यस्तो प्रतिवेदनलाई पुष्टि गर्ने आधार केही देखिँदैन । त्यही प्रतिवेदन कायम गरेको त्रुटि हो, त्यसैलाई नै करिव समर्थन गर्ने गरी विपक्षी कर विभागले गरेको पर्चा तथा आयकर निर्धारण आदेश हचुवा भई गैरकानुनी फैसला भएको छ । आयकर ऐन (संशोधनसहितको) ऐन, २०३१ को दफा ३३(१) तथा दफा २(च) मा भएको कानुनी व्यवस्था अनुसार आय निश्चित गर्ने अधिकृतबाटै निर्धारण आदेश हुनुपर्नेमा अर्को अधिकृतबाट निर्णय भएको पनि गैरकानुनी छ । ऐनको दफा ३४(४) अनुसारको सूचन