निर्णय नं. ४७६९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७६९ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: मंसिर अंक: ८ फैसला मिति :२०५०/०६/१२ २३८२ निर्णय नं. ४७६९ ने.का.प. २०५० (ख) अङ्क ८ संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह २०४८ सालको रिट नं. १७६१ आदेश मिति: २०५०।६।१२।३ निवेदक : जि. मोरङ वि.न.पा. वडानं. १२ घर भई रघुपति जुट मिल्स लिमिटेडको का.मु. सातौं तहको पदबाट वर्खास्त गरिएको वर्ष ४४ को नरेन्द्र तुलाधर । विरुद्ध विपक्षी : महाप्रबन्धक, रघुपति जुट मिल्स लिमिटेड विराटनगर समेत । विषय : उत्प्रेषण । (१) रिट निवेदक सु. नन्दगोपाल राजभण्डारी विरुद्ध श्री ५ को सरकार मार्फत उपसचिव रुप लाल न्यौपाने खाद्य तथा कृषि मन्त्रालय समेत भएको उत्प्रेषण विषयको रिट निवेदनमा कानून द्वारा प्रष्ट किटानी अधिकारी विना निर्णयको मिति भन्दा अघि देखि लागू हुने गरी वर्खास्त गर्न नपाउने –नि.नं. ८६८ ने.का.प. २०३१ पृष्ठ ३६५) भन्न सर्वोच्च अदालत फुल बेञ्चबाट मिति २०२९।३।२४।६ मा निर्णय भई पश्चातदर्शी असर (Retrospective Effect) पर्ने गरी निर्णय गर्न नमिल्ने भन्ने सिद्धान्त प्रतिपादन भई यद्यपी कायम रहेको देखिन्छ । रिट निवेदकलाई पश्चातदर्शी असर पर्ने गरी वर्खास्त गर्न पाउने गरी कानूनले अधिकार प्रदान गरेको समेत देखिन आएन । निवेदकलाई निलम्बन रहेको मिति २०४६।४।२८ देखि लागू हुने गरी २०४७।८।१२ मा अवकास दिएको निर्णय सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तको सर्वथा उल्लंघन गरी गरेको देखिन आएकोले उक्त मिति २०४७।८।१२ को वर्खासीको निर्णय तथा तत्सम्बन्धी सम्पूर्ण कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । रिट निवेदकलाई मिल्दो पदमा बहाल गराई काममा लगाउनु भनी विपक्षी रघुपति जुट मिल्स लिमिटेडको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त प्रष्ट हुँदा हुँदै त्यसको विपरित निर्णय गर्नु सर्वथा अनुचित भएको तर्फ पनि रघुपति जुट मिल्स लिमिटेडको ध्यान आकृष्ट गरिन्छ । (प्र.नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा । विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर । अवलम्बित नजीर: सु.नन्दगोपाल राजभण्डारी विरुद्ध श्री ५ को सरकार मार्फत उपसचिव रुपलाल न्यौपाने खाद्य तथा कृषि मन्त्रालय समेत भएको उत्प्रेषण विषयको रिट निवेदनमा –नि.नं. ८६८ ने.का.प. २०३१ पृष्ठ ३६५ मा प्रतिपादित सिद्धान्त । आदेश का.मु.प्र.न्या. सुरेन्द्र प्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएका प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. म विपक्षी लिमिटेडमा ०२२।०२३ सालमा सेवा प्रवेश गरी सातौं तहमा कार्यरत रहेको अवस्थामा मिति ०४६।४।२८ गते निलम्बन राख्दै रघुपति जुट मिल्स लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०४५ को नियम ७(४) को (४)(९) को कसूरमा किन वर्खास्त नगर्ने भनी पहिलो स्पष्टीकरण माग गरियो । त्यसपछि २०४६।९।१६ मा नियम ७(४) को ४ र (९) को अभियोग उल्लेख गर्दै दोश्रो स्पष्टीकरण माग गरियो । त्यसको समेत स्पष्टीकरण पेश गरेको थिए । ०४७।८।१२ मा प्रत्यर्थी संचालक समितिको बैठकबाट मलाई भविष्यमा कम्पनीको सेवाको लागि अयोग्य ठहरिने गरी निलम्बन मिति देखि लागू हुने गरी पदबाट वर्खास्त गरियो । सो बर्खासी निर्णय उपर पुनरावेदन दिएकोमा शुरुको निर्णय यथावत रहने गरी ०४८।६।२४ मा निर्णय भयो । उपरोक्त बमोजिम निलम्बन भएको मिति दे