निर्णय नं. २४०२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४०२ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०४/१८ २२८४ निर्णय नं. २४०२ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ५५९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:डिल्लीराम उपाध्यायको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी: लुम्बिनी अंचल गुल्मी जिल्ला कुरकोट बग्ला गा.पं.वा.नं. ४ बस्ने मनी कुमारी पन्थी । फैसला भएको मिति: २०४२।४।१८।६ मा आफूले जिउँदो बच्चा मार्नमा संयोग पारिदिएको मृतकको जिउमा हात हालेको जस्ता कार्य गरेको देखिँदैन । यस्तो अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको इन्साफ केही उल्टी गरी प्र.लाई आफूले जन्माएको बच्चा ज्यान मार्नमा मतलबमा पसेको ठहर्‍याई ज्यानसम्बन्धी महलको १७(३) अन्तर्गत ३ वर्षको कैदको सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव नै देखिने । (प्रकरण नं.१३) पुनरावेदक/वादी तर्फबाट: विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा प्रत्यर्थि प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला उपर चित्त बुझेन भनी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ। २. मेरी भाइ बुहारी मनी कुमारीले भाइ विदेश भारतमा गएको अवस्थामा गाउँकै दुर्गाप्रसाद पन्थीको करणीबाट रहन गएको गर्भ ०३७।२।२७ मा गतेको दिन निज दुर्गाप्रसादले दिएको औषधी खाई पतन गराइछन् । सो कुरा मनि कुमारीबाट सोधपुछ गर्दा थाहा पाएकोले पतन गराइएको लाश निज मनिकुमारीलाई यसै दर्खास्त साथ दाखिल गरेको छु भन्ने समेत डिल्लीराम उपाध्यायको जाहेरी दर्खास्त । ३. ०३५ सालको फाल्गुण महिनामा मेरो लोग्ने रामलाल भारत जानु भएकोले म घरमा नाबालक छोराछोरीसँग बसी आएकी थिएँ । त्यस्तैमा गाउँका दुर्गाप्रसादसँग प्रेम बसी करणी लेनदेन भइरहेको गर्भ पतन गराउने उद्देश्यले दुर्गाप्रसादले दिएको औषधी खाई मैले ज्यूँदै जातक छोरा पैदा गरेको हुँ । निज दुर्गाप्रसादले सो छोरालाई घाँटीमा च्यापी मारेका हुन् मैले मन्जूरी दिएकी हुँ । जाहेरवालाले पेश गरेको लाश मैले पैदा गरेको कर्तव्य गरी मारेको लाश हो भन्ने समेत व्यहोराको मनीकुमारी पन्थीको ततिम्बा सहितको बयान । ४. मनीकुमारीको पोल बमोजिम मैले निजको गर्भ पतन गराउन कुनै औषधी मनीकुमारीलाई खुवाउन भनी दिए दिलाएको छैन र मैले दुर्गाप्रसादलाई लुकाए मराएको पनि छैन भन्ने व्यहोराको चसु गिरीको प्रहरीमा भएको बयान कागज । ५. दुर्गाप्रसाद र मनीकुमारीले ज्यूँदो जन्मेको बच्चा कर्तव्य गरी मारेमा शंका लाग्दछ भन्ने समेत अधिकांश सरजमीनको लेखाई भएको सरजमीन मुचुल्का । ६. मनिकुमारीको बयानबाट पोलिएको चेतु गिरीलाई यस ज्यानसम्बन्धीको कुनै पनि अपराध ठहरिने काम कुरो गरे गराएको नदेखिँदा निजलाई हाजिर जमानीमा छाडिएको र दुर्गाप्रसादले ज्यूँदो जन्मेको बच्चालाई घाँटी च्यापी मारेको समेत हुँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम र मनिकुमारीले मार्नमा मन्जूर भई बच्चा समेत दिएको हुँदा ज्यानसम्बन्धीको १३(४) बमोजिम सजायँ हुन तथा पक्राउ नभएका दुर्गाप्रसादलाई अदालतबाट कानुन बमोजिम हुन समेत अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन । ७. ०३५ सालदेखि लोग्ने भारत सिलाङमा नोकरी गरेको हुँदा छोराछोरी सहित बसिरहेको अवस्थामा ०३६ सा