निर्णय नं. २४०३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४०३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/१० २३३२ निर्णय नं. २४०३ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २१५४ विषय : उत्प्रेषण । निवेदक :धा.जि.केवलपुर गा.पं.वार्ड नं. ३ वितलव बस्ने मंगलनाथ कवर । विरूद्ध विपक्षी :धादिङ जिल्ला कार्यालयका प्रमुख जिल्ला अधिकारी । धा.जि.केवलपुर गा.पं.वार्ड नं.२ को उप प्रधानपञ्च खेम नाथ कोइराला । ऐ.ऐ वार्ड नं.४ बस्ने जुन कवरनी । आदेश भएको मिति:२०४२।५।१०।२ मा आफ्नो अधिकार भन्दा बाहिर गई गरेको धादिङ जिल्ला कार्यालयको काम कारवाही मुलुकी ऐन अ.बं. ३५ नं. समेतले अनधिकृत देखिन आएकोले रिट निवेदकलाई मृतक ठुलीको कृया गर्नेछु भन्ने समेत जिल्ला कार्यालय धादिङबाट गराएको कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः प्रमुख जिल्ला अधिकारी धादिङबाट भएको मिति २०४०।८।२५ को कागज बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. मंगलनाथ कवर मेरा बाबु हुन् । श्रीमती ठूली कवरनी मेरी आमा हुन् । २०४०।४।१९ गते आमा ठूली परलोक भएकोमा जेठा बाबु समेत प्रपञ्चबाट निज बाबुले कृया गर्न नमानी भागेकोले आमाको कृया गराई पाउँ भनी केवलपुर गा.पं.का प्रधानपञ्चका नाउँमा जुन कवरनी परेको निवेदनपत्र विपक्ष मध्येका उप–प्रधानपञ्चका आदेशबाट धादिङ प्रमुख जिल्ला अधिकारी समक्ष चलान भएको । ३. विपक्ष प्रमुख जिल्ला अधिकारीबाट म निवेदकलाई झिकाई कुटपीट गरी ठूली भन्ने मेरो आइमाई श्रीमती हो म कृया गरेर पञ्चहरूलाई थाहा दिन्छु भन्ने व्यहोराको ०४०।८।२५ को कागज गराई मलाई फुर्सद दिइयो । ४. विपक्ष ठूली नमर्दै गाउँ समाज प्रकाश नआएको सोको कतै उजूर समेत नभएको अवस्थामा लोग्ने स्वास्नी नाता कायम गराउने अधिकारै नभएको धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले मलाई अनधिकृत तवरबाट गराएको कागज अ.बं. ३५ नं. विपरीत भएको भई मेरो संवैधानिक हकमा असर परेको हुँदा उक्त संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र । ५. विपक्षहरूबाट लिखिन जवाफ मगाई पेश गर्नु भन्ने सिंगल बेञ्जको ०४१।१।११ को आदेश । ६. गा.पं.मार्फत पर्न आएको जुन कवरनीको निवेदनबाट दुवै थर राखी छलफल गर्दा दुवै थर मिल्ने मनसाय भई निवेदिका जुन कवरनी मेरी छोरी हुन् निज छोरी जुन कवरनी पनि न्वारन नगरेको हुँदा न्वारान गराई दिनेछु र ठूलो कवरनी मेरी श्रीमती हुन् । निजको काजकृया मैले नगरेको हुँ तापनि अब तुरुन्त गरी पञ्चायतलाई जानकारी दिनेछु भनी निज मंगलनाथ कवरले २०४०।८।२५ गते आफ्नो मन्जूरी साथ कागज गरी गएको हो । शारीरिक यातना दिई कागज गरी गएको होइन । शारीरिक यातना दिई कागज नगराएको भई रिट निवेदन झुठ्ठा हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रमुख जिल्ला अधिकारी धादिङको लिखिन जवाफ रहेछ । ७. विपक्षी रिट निवेदक जुन कवरनीको पिताजी हुनुहुन्छ । मैले तथ्य कुराको सिफारिश गरी पठाएको हुँदा कुनै गल्ती तथा कानुनी अपराध गरेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत उप–प्रधानपञ्च खेमनाथ कोइरा