निर्णय नं. ६०४५ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०४५ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०५/१३ २२८२ निर्णय नं. ६०४५ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४९ सालको रिट नं. ३०६४ आदेश मिति : २०५२।५।१३।३ विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ । निवेदक : नेपाल यातायात संस्थानमा सञ्चालन तथा ट्राफिक व्यवस्था विभाग अन्तर्गत सहायक तह ४ बाट गैरकानुनी तवरले अवकास प्राप्त का.जि. का.न.पा. वडा नं. २८ बस्ने वर्ष ४५ को सावित्री देवी बज्राचार्य । विरुद्ध विपक्षी : नेपाल यातायात संस्थान, केन्द्रिय कार्यालय टेकु । ऐ.ऐ संचालक समिति । ऐ.ऐ संस्थान महाप्रबन्धक कृष्ण कुमार घिमिरे । श्री ५ को सरकार निर्माण तथा यातायत मन्त्रालय,बबरमहल । यातायात संस्थान, संस्थान ऐन, २०२१ को दफा ३ अन्तर्गत गठन भएको देखिन्छ र सोही संस्थान ऐन, २०२१ अन्तर्गत सो संस्थानको संचालक समितिले सो संस्थानका कर्मचारीहरुको सेवा शर्त सम्बन्धमा समेत श्री ५ को सरकारको स्वीकृति प्राप्त गरी विनियम बनाउन सक्ने । (प्रकरण नं. ८) यातायात संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, २०४४ को परिच्छेद ९ को विनियम १ को उपविनियम (१) मा संस्थानको कर्मचारीको उमेर ५८ वर्ष पूरा भएपछि वा संस्थानमा कर्मचारीको सेवा २५ वर्ष पूरा भएपछि त्यस्तो कर्मचारीलाई संस्थानको सेवाबाट अवकाश दिइनेछ भनी मिति २०४९।८।१२ मा संचालक समितिको ६११ औं बैठकबाट तुरुन्त प्रारम्भ हुने गरी संशोधन भएको भन्ने देखिएको र श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयको प.सं. ०४९।५० च.नं. ६१ को सोही मिति २०४९।८।१२ को पत्रबाट उक्त विनियमको संशोधन स्वीकृत भएको भन्ने समेत भएबाट सो विनियममा भएको संशोधनको प्रकृया कानुन अनुरुपकै देखिन आउने । (प्रकरण नं. ८) विनियमका आधारमा अवकाश दिइएको देखिएकोले अवकाश पत्रमा सो विनियमावलीको उल्लेख नभएको भए पनि निवेदकलाई दिएको सो अवकाश पत्र गैरकानुनी भन्न मिल्ने नदेखिने। (प्रकरण नं. ८) एकै दिन अर्थात एकै मिति २०४९।८।१२ मा विनियममा संशोधन भई सोही मिति २०४९।८।१२ मा निवेदकलाई अवकाश दिने निर्णय भएकोमा पनि तुरुन्त प्रारम्भ हुने गरी विनियम संशोधन भएको हुंदा त्यसरी सोही दिनमा नै तत्काल अवकाश दिन संस्थानलाई कुनै बाधा पर्ने नहुंदा प्रशासनिक दृष्टिबाट अनुकूल हेरी अवकाश दिइने हो र सोही मितिमा अवकाश दिइएको रहेछ भने एकै दिन भएको भन्ने आधारमा मात्र पनि सो अवकाशपत्र गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ८) कर्मचारीको सेवा शर्त निर्धारण गर्ने कुरा नीतिगत विषय भएको र सोही मुताविक भइरहेको व्यवस्थाको सट्टा कर्मचारीले उमेर ५८ वर्ष वा २५ वर्ष नोकरी अवधि पूरा गरेपछि अवकाश पाउने गरी अधिकार प्राप्त संचालक समितिबाट भएको निर्णय अनुसार विनियममा संशोधन भई तत्काल लागू भएको हुंदा निवेदकलाई पूर्व जानकारी नहुन सक्छ, तर निवेदक एक जनाको हकमा मात्र सो लागू भएको नभै सम्पूर्ण कर्मचारीहरुका हकमा समान रुपले लागू भएको साथै विनियम सार्वजनिक जानकारीको लागि प्रकाशित भएपछि मात्र लागू हुन सक्ने व्यवस्था भएको नहुंदा यस्तोमा निवेदकले छुट्टै जानकारी नपाएको तथा निवेदकको हकमा मात्र भेदभावपूर्ण नीति अपनाएको भन्न मिल्ने स्थिति समेत प्रस्तुत निवेदकका हकमा देखिन नआउने। (प्रकरण नं. ८) संचालक समितिको ६११ औं बै