निर्णय नं. २४०४ - अदालतको अपहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४०४ - अदालतको अपहेलना भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/२३ २५०८ निर्णय नं. २४०४ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ५३२ मुद्दा : अदालतको अपहेलना । पुनरावेदक/प्रतिवादी:जि.बझाङ चैनपुर गा.पं.वा.पं.१ बस्ने ऐ. गा.पं.को सचिव गणेश बहादुर सुनार। विरूद्ध विपक्षी/वादी:पुष्पराज के.सी.को जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।५।२३।१ मा न्यायाधीशको काम, कर्तव्य र आचरणको, चरित्रमा आघात पर्ने गरी सार्वजनिक रूपमा बोल्ने, लेख्ने अथवा पम्पलेटिङ गर्ने कार्यले अदालतको मानहानी हुँदैन भन्नु युक्तिसंगत हुन आउँदैन । (प्रकरण नं.१५) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः सु.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलामा चित्त बुझेन उक्त फैसला उल्टाई इन्साफ पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. बझाङ जिल्ला अदालतको भवन निर्माण वस्तुस्थिति बुझ्न जानु भएका सु.पश्चिमाञ्चल क्षेत्रीय अदालतका का.मु. मा.मु.न्या.ज्यू र बझाङ जि.अ.का जि.न्या. गोपालप्रसाद शर्मा सहित इन्साफ कर्ता न्यायाधीशज्यू र अदालतको मान मर्यादा इज्जत प्रतिष्ठामै आँच आउने गरी जनतामा अदालत प्रति अनास्था देखाउने गैरकानुनी कुराहरू लेखी लेखाई बझाङ चैनपुर गा.पंंको शिवालय नजिक साहु देवीभक्तको घर भित्तामा पर्चा टाँसिएको देखियो यस्तो लेखी कसले टाँस गर्‍यो भनी खोज पत्ता लगाई बुझ्दा मिति २०४०।१०।६।७ का दिन बझाङ चैनपुर गा.पंं. बस्ने अभिकर्ता रामप्रसाद खत्रीको घर कम्पाउण्डमा बसी चैनपुर गा.पं.का प्र.पं.वृखराज समेत जना करिव २४ जना भेला भई बैठक गरेका रहेछन् । निजहरू मध्येबाट पम्लेटिङ टाँस टसाएको बुझिन आएकोले आवश्यक कानुनी कार्यवाहीको निमित्त पम्पलेट थान ३ साथै राखी प्रतिवेदन गरेका छौं भन्ने पुष्पराज के.सी.समेत जना ५ को प्रतिवेदन । ३. न्याय गुमाउन पैसा कमाउन क्षेत्रीय न्यायाधीशज्यू बझाङ किन पदार्पण गर्नु भो ? आमजनताको खुल्ला उजूरीमा त यस्तो इन्साफ १–२ जना झगडियाहरूको कस्तो इन्साफ गर्नु हुन्छ होला । खोलानाला बीचमा रहेको छ भने सोही खोलानाला आधारबाट सीमाना छुट्याइन्छ भने ऐन कानुन विपरीत हुन जान्छ । बीचमा नदी बगेको देख्दा देख्दै केवल चैनपुर एउटै हुन्छ भन्नु मूर्खता र अन्याय हो । क्षेत्रीय न्यायाधीशज्यू तपाईं श्री ५ को लालमोहरियाको कदर गर्ने कि जि.न्या.गोपालको लोभ मोहमा लाग्ने । क्षे.न्या. भएर संविधानमा उल्लेख भएको कुरा नचुक्नु होला । गोपालको साक्षी नबुझ्नु होला भन्ने समेत व्यहोरा क्षे.न्या.ज्यूलाई गरेको सूचना । ४. मैले पम्पलेट लेखेको र लेखाएको पनि छैन पम्पलेटमा लेखिएका शब्दहरूबाट अदालत र न्यायाधीशको मर्यादामा भएको असर पर्ने र अनास्था फैलाउन सक्ने खालको थियो भन्ने समेत व्यहोराका गोरखबहादुर सुनारको बयान । ५. अदालतप्रति पूर्ण आस्थाछ । पुर्जी अर्दली धर्मराजले नदिएकोले मैले बुझेन । २०३९।१०।९ बाट अदालतको प्राड्डणमा बयान दिन उपस्थितछु । ०३९।१०।६।७ मा गा.पं.चैनपुरको सचिव भएकोनाताबाट सो मितिमा गा.पं.मा आमसभा भएकोले सोही सभामा थिएँ सो बैठकमा अदालतको भवन सम्बन्धमा छलफल भएको कुरामा मु.न्या.ज्यूमा विदितै छ । ०३९।१०।११ गतेको हकमा चलानी भएका कागजहरूको हस्ता मेरो हो