निर्णय नं. २४०५ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४०५ - हकसफा भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/०७ २४६७ निर्णय नं. २४०५ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ६०० मुद्द : हकसफा । पुनरावेदक/वादी:भोजपुर बास्तिम गा.पं.वार्ड नं. ४ बस्ने तिलक बहादुर राई । विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने पथ्थरमान राई । फैसला भएको मिति:२०४२।५।७ मा हकसफा गर्ने सम्बन्धमा लेनदेन व्यवहारको ११ नं. मा व्यवस्था भए अनुरूप नजिकको हकवालाले किनेकोमा सन्धिसर्पन पर्ने भए पनि टाढाका हकवालाले निखन्न पाउँदैन भनी प्रष्ट किटानी व्यवस्था भएको पाइने । (प्रकरण नं.१३) पुनरावेदक/वादीतर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञ रत्न तुलाधर विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री प्रकाश बस्ती उल्लिखित मुद्दा:ने.का.प. भाग २० अङ्क ४ निर्णय नं. ११४५ चित्रकुमारी मुडवरी विरुद्ध पद्मकुमारीको फैसलामा सिद्धान्त प्रतिपादन भएको । फैसला न्या.बब्बरप्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रिय अदालतको ०४०।१२।१।४ को फैसलामा कानुनी त्रुटि हुँदा उक्त फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी तिलकबहादुर राईको यस अदालत समक्ष पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्चसमक्ष पेश हुनआएको प्रस्तुत हकसफा मुद्दाको संक्षिप्तविवरण निम्नप्रकार छ । २. म तिलक बहादुरको बारी साँध पश्चिम मेरै बारी साँध पूर्व बखतकुमारको बारी डिल, दक्षिण पूर्णबहादुरको बारी डिल उत्तर यति चारकिल्ला भित्रको बिजन माना ।१।४ मध्ये विजन ।।६ को तिरो रु. ।६६ पैसा लागेको बलजित प्रेमबहादुर जिम्माको मेरो बाबु मनशेरले अंश पाई मेरा काइला बाबु जमानशेर अंश नहुँदै मरेका बाबु मनशेरले भतिजा बलबहादुरलाई अंश दिएको रु. २०००। को ०३६।१२।२८।५ मा विपक्षी पथ्थरमानलाई मेरा काकाको छोरा भाइ बलबहादुरले राजीनामा पारित गरेको कुरा ०३७।१।१४ गते थाहा पाएको बिक्री भएको बारी मेरो घर जग्गामा साँध जोरिएकोले हकदार समेत हुँदा हकसफा गरिपाउँ भन्ने समेत वादी । ३. वादीमा लेखिएका विजन ।।६ को जग्गा दर्तावाला भक्तवीर खास मेरा सहोदर बाजे हुन् उनै बाजेका छोरा माइला मेराबाबु हुन् जग्गा बेच्ने बाबु काइला हुन् यो वादी पनि खास मेरै भाइ नाताका हुन् म नजिकको हकवाला भनी मेरा नाउँमा उजूरी साथको थैली दर्खास्तवाला नजिक र म टाढाको हकदार होइन समान हकदारले राखेको थैली मैले बुझी लिन नपर्ने भन्ने समेत प्रतिवादी । ४. वादी प्रतिवादी दुबै दाजुभाइ भएको र प्रतिवादी जेठा नजिकको हकदार देखिनाले लेनदेन व्यवहारको ११ नं. ले हकसफा गरिदिनु पर्ने ठहर्दैन भन्ने समेत भोजपुर मालको ०३७।६।१४ को फैसला । ५. लेनदेन व्यवहारको ११ नं. ले सन्धीसर्पन पर्नेले निखन्न पाइने कानुनी उल्लेख भएको तिलकबहादुरको साँध पश्चिम भन्ने पारित तमसुकमा लेखिए पछि सन्धिसर्पन पर्ने हकदार हुँदा शुरू फैसला उल्टाई थैली र पारित दस्तूर निजलाई बुझाई हकसफा गरिपाउँ भन्ने वादीको पुनरावेदन । ६. बलबहादुरबाट पथ्थरमानले ०३६।१२।२८ मा रु. २०००। मा पारित गरिलिएको कि.नं. ६२ को जग्गाको थैली धरौट पथ्थरमानले बुझी लिई तिलकबहादुरको जग्गा निखनी दिने ठहर्छ भन्ने प्र.जि.अ.भोजपुरको ०३९।६।५।३ को फैसला । ७. समान्तर हकवालाको विवादरहितको तथ्यलाई वास्तै नगरी विपक्षी नजिकको हकवाला ठहराई जिल्ला कार्यालय भोजपुरले गरेको फैसला गम्भीर कानुनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने पथ्थर