निर्णय नं. २४०६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४०६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/१९ २०३६ निर्णय नं. २४०६ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४२ सालको रिट नं. १५१३ विषय : उत्प्रेषण । निवेदक :जिल्ला धनुषा कुर्था गा.पं.वडा नं. ९ बस्ने सत्यनारायण मण्डल धानुक । विरूद्ध विपक्षी :जिल्ला भूमि सुधार कार्यालय धनुषाका का.मु.भूमि सुधार अधिकारी । जिल्ला धनुषा जनकपुर नगर पंचायतवडा नं.२ बस्ने पद्म कुमारी राणा । आदेश भएको मिति:२०४२।५।१९।४ मा ९० प्रतिशत भन्दा घटी कुत धरौट राख्ने मोहीलाई अधिकारप्राप्त अधिकारीले निवेदकलाई मोहीबाट निष्काशन गरी बाली समेत भराई दिने गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं.१०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री लोकभक्त राणा उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. जिल्ला धनुषा कुर्था गा.पं.वडा नं. ९ को कि.नं. १७४, १५६, १८९ र कि.नं. १४९ को चार कित्ता जग्गा निवेदकका बाबु हरिमण्डल धानुकका नाममा मोहियानी कायम भई निज मरी निजको छोरा निवेदक सत्यनारायण मण्डलले कमाई आएकोमा २०४० सालको कुतबाली ९० प्रतिशत भन्दा कम राखेकोले उजूर परी कारवाही हुँदा मोही निष्काशन गरी कुतबाली भरी पाउने ठहर्छ भनी जिल्ला भूमि सुधार कार्यालय धनुषाले गरेको निर्णय उपर यस अदालतमा प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ । ३. जग्गाधनी पद्मकुमारी राणाका नाममा रहेको जिल्ला धनुषा कुर्था गा.पं.वडा नं. ९ को कि.नं. १७४, १५६, १८९ र १४९ समेत ४ कित्ता जम्मा विगहा १–१७–१६ जग्गा मोहीको हैसियतले कमाई आएको छु । सो जग्गाको २०४० सालको कुतबाली २८ मन १४ शेरको प्रचलित दर भाउले जम्मा रु. २२८५।५६ भएकोमा २०३९ सालको धानबालीमा सुखाजर्ति परी ७० प्रतिशत मालपोत मिनाहा भए अनुसार म मोहीले पनि मिनाहा पाउनु पर्ने र ३० प्रतिशत मात्र जग्गाधनीलाई बुझाउनु पर्नेमा २०३९ सालको हुने कुतबालीको ३० प्रतिशतले हुने रु. ८६१।३३ दाखिल गर्नु पर्नेमा १२९१।७९ बढी दाखिल हुन गएकोले २०४० सालको कुतबालीमा अघिल्ला सालको बढी दाखिला रकम रु. १२९१।७९ कट्टा गरी बाँकी रहेको रकम रु. ९९३।७७ निवेदन साथ कुत धरौट राखेको थिएँ । २०४९ सालमा सुखाजर्ता नभएको र २०३९ सालको कुतबाट २०४० सालको धरौटी पूरा हुने हैन तसर्थ बाली भराई मोही निष्काशन गरिपाउँ भनी विपक्षीले दावी लिएकोमा मोही निष्काशन हुन नपर्ने कुराको जिकिर लिई प्रतिउत्तर फिराएका थिए । कुत भराई मोही निष्काशन समेत गराई दिने गरी भू.सु.का. धनुषाबाट निर्णय गरियो । २०३९ सालको कुतबालीमा २०४० सालको जोडी बुझाउन पाउने हो होइन भन्ने कुराको निर्णय गर्नु पर्नेमा सो निर्णय गरिएको छैन । धनुषामा २०३९ सालमा सुखाजर्ति परी ७० प्रतिशत मालपोत मिनाहा भएको कुरा राजपत्रमा समेत उल्लिखित छ । ऐनका म्यादभित्र कुत धरौट राखेकोमा २०३९ सालको कुत कटाउन नपाउने भन्ने कुरामा भू.सु.का.ले मलाई जनाउ दिएन । जनाउ पाएको भए कुत वापत रकम दाखिला गर्ने थिएँ । ९० प्रतिशत भन्दा कम धरौट राखेको अवस्थामा मोही निष्काशन हुने अवस्था म मा लागू हुने हैन । तसर्थ संविधानद्वारा प्रदत्त मौलिक हकमा हनन् भएकोले धारा ७१ बमोजिम उत्प