निर्णय नं. २४०७ - कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४०७ - कीर्ते भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१६ २२७२ निर्णय नं. २४०७ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ५६९ मुद्दा : कीर्ते । पुनरावेदक/वादी:भ.पु.जि.दुवाकोट गा.पं.वडा नं. ४ बस्ने राम प्रसाद न्यौपाने । ऐ.ऐ बस्ने राम प्रसाद न्यौपाने । विरूद्ध विपक्षी/प्रतिवादी : जि.इलाम फिकल गा.पं.वडा नं. २ बस्ने देवकी नेपाल । ऐ.ऐ बस्ने अर्तिमाया नेपाल । जि.झापा पाराखोपी हाल अर्जुन ध्वज गा.पं.वडा नं.२ बस्ने मोहन बहादुर पाण्डे । ऐ.ऐ बस्ने हरि बहादुर ढकाल । ऐ.ऐ बस्ने तोप कुमारी थापा । फैसला भएको मिति: २०४२।६।१६।४ मा जीवितै रहे भएपछि र उक्त अधिकृत वारेसनामालाई स्वीकार गरेपछि उक्त वारेसनामा कीर्ते जालसाजी हो भन्ने समेत हकदैया नभएको भनी गरेको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं.११) पुनरावेदक/वादीतर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल र विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।६।२० को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. हामीहरूको बुढी आमा ललित कुमारी तोप कुमारीको लोग्ने नेत्रजंगको घरमा भान्छे काम गरी आउनु भएको, त्यस बखत नेत्रगजंगका माहिला छोरा वेदजंगबाट झापा जिल्ला मौजाको जग्गा विगहा २५ घरसारमा राजीनामा गरिदिएको सो राजीनामा २०२३।१।२३ मा पास समेत भई ललितकुमारीको हक भएको सो जग्गा अन्याय मध्येको मोहनबहादुरलाई उहाँको नाउँबाट जग्गा विगहा १०।९ राजीनामा गरिदिनु भएको सो लिखत पास गरिदिने नदिने कुरा सोधपुछ नगरी ललितकुमारीको नाउँमा पास गराई पाउँ भनी नालेश गर्नु भएछ । अंक र अक्षर सचिएको भनी पास हुन नसक्ने भनी अन्तिम निर्णयबाट जग्गा खान पाइएन भनी अन्याय मध्येकी अतिमाया नेपालले मरिसकेको ललितकुमारी हुँ भनी ललितकुमारीको सट्टा अतिमाया दिने मोहनबहादुर लिने गरी अधिकृत वारेसनामा कीर्ते गरी अपराध गरेको मिति ०३३।७।३० गतेले कीर्ते कागजका १८ नं. को हदम्याद २ वर्षभित्र वारदात भएको काठमाडौं जिल्लामा हुनाले फिराद गर्न आएको छु । कीर्ते गर्ने र सो कार्यमा सहयोग गर्ने समेतलाई कीर्ते कागजको ७ नं. ले सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. जग्गामा राजीनामाबाट र दर्ताबाट समेत हक पुग्ने का.जि.डिल्लीबजार बस्ने ललितकुमारीको हक समाप्त गरी आफूलाई फाइदा उठाउने उद्देश्य भई हाम्रो बुढी आमा ललितकुमारीको जग्गा हो भनी जिकिर लिएको सारा जालसाजी कानुन विपरीतका कुरा हुन् । डिल्लीबजार बस्ने ललितकुमारी विष्टले आफ्नो हक अधिकारको अधिकृत वारेसनामा दिएको विपक्षीहरूले जुन संज्ञा दिएको छ, बिलकुल झुठ्ठा हो । हामीहरुको बुढी आमासँग १०।९ विगहा जग्गा राजीनामा दिएको भनी वादीहरूले प्रस्तुत गर्नु भएको छ सो सबै कुरा झुठ्ठा हो मैले जग्गा डिल्लीबजार बस्ने ललितकुमारी विष्टसँगै राजीनामा गरिलिएको हुँ । विपक्षीहरूको फिराद झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.मोहनबहादुरको प्रतिउत्तरपत्र । ४. वादीहरूले २०२९ सालमा मरी सकेको बुढी आमाको नाउँबाट कीर्ते वारेसनामा खडा गराए भनी गरेको दावी तर्कहिन छ । मोहनबहादुरलाई अधिकृत वारेसनामा का.जि.का.नगर पंचायतवडा