निर्णय नं. २४०८ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४०८ - दर्ता बदर भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/२४ २००३ निर्णय नं. २४०८ ने.का.प. २०४२ अङक ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ४२० मुद्दा : दर्ता बदर । पुनरावेदक/वादी:नु.जि. भैरवी गा.पं.वार्ड नं. ४ पाटी पानी बस्ने बद्रीनाथ अनाथ । विरूद्ध विपक्षी/प्रतिवादी:नु.जि.मदानपुर गा.पं.वार्ड नं. २ बस्ने प्रेमराज खरेल । ऐ. चतुराले गा.पं.वार्ड नं.८ बस्ने प्रेम दिप थपलिया । फैसला भएको मिति:२०४२।६।२४ मा दर्ता भएको एकाको दर्ता बदर गराउनलाई विशेष अदालतको क्षेत्राधिकार भित्र नपरी सम्बन्धित जि.अ.को क्षेत्राधिकार भित्र पर्ने । (प्रकरण नं.१४) फैसला न्या.बब्बरप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।११।१५ को फैसलामा चित्त नबुझी वादी बद्रीनाथ अनाथको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत दर्ता बदर मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छन्। २. पूर्व दुर्गा प्रसादको खेत, पश्चिम आफ्नै खेत, उत्तर इन्द्र बहादुर राईले कमाएको खेत, दक्षिण धनराज पाण्डेको खेत, यति ४ किल्लाभित्रको काली भरा आवाबोटे भन्ने खेत १४४ मध्ये खेत ।२२ को जग्गाधनी विपक्षी प्रेमराज भएको मैले अघिदेखि साल १ को धानमुरी ९।५ को रु. १। को पाथी ३ का दरले बुझाई मोही भई खाई भोगी आएको विर्ता जग्गाको भू.सु.लागू भएपछि पनि मोहीका फाराम भरी जो.अ.नि समेत प्राप्त गरी तिरो बुझाई रसिद समेत लिएको, २०३१ सालको बाली देखि बाली बुझ्ने रसिद नदिने गरेको थियो, विर्ता उन्मूलन ऐन, २०१६ अनुसार जग्गाधनीले उक्त विर्ता जग्गाको आफ्ना नाउँमा रैकरमा परिणत गर्नु पर्ने नगरेकोले विर्ता उन्मूलन ऐन संशोधनसहित २०२४ को दफा ७ ले (ख) श्रेणीका विर्ता जग्गाहरू उक्त ऐन लागू भएको १२० दिनभित्र आफ्नो नाउँमा रैकरमा परिणत गर्नुपर्ने नगरेकोमा मोहीले आफ्ना नाउँमा दर्ता गरिपाउँ भनी मालमा दर्खास्त दिई मालबाट सूचना प्रकाशित भएपछि विपक्षी मध्येको प्रेमदिप थपलियाले ०३५।११।४ मा मालमा दिएको उजूरी निवेदनबाट मलाई झिकाएकोले हाजिर भई आफ्ना नाउँमा दर्ता लगत हुन सक्ने जिकिर सहित प्रमाण प्रस्तुत गरेकोमा यसै बीच उक्त जग्गा ०३४।१।१८ मा का.जि.बानेश्वर बस्ने रमेशराज सत्यालबाट रु. ९९ मूल्य पर्ने भनी लेखिएको छोडपत्र दाखिल गरी आफ्ना नाउँमा दर्ता गरी परिणत गर्ने भएको ०३५।१२।३।६ मा मालबाट नक्कल सारी लिँदा थाहा हुन आएकोले विपक्षी प्रेमदिप थपलियाले ०३५।१०।१० मा गराएको परिणत दर्ता बदर गरी मेरा नाउँमा दर्ता लगत गरिपाउँ भन्ने फिरादपत्र । ३. वादी दावीको ४ किल्लाभित्रको जग्गा वादीको होइन वादी दावी सारा झुठ्ठा हो । विपक्षीको वादी दावीको जग्गामा हक अधिकार नभएको र मोही समेत विपक्षी नहुँदा मैले नुवाकोट मालमा विर्ता जग्गा रैकरमा परिणत दर्ता गरिपाउँ भनी नुवाकोट मालमा दर्खास्त दिएको र सो निर्णयको आधारबाट नुवाकोट मालले जग्गामा कसैको कुनै प्रमाणको हक अधिकार छ भने उजूर गर्न आउनु भनी सूचना प्रकशित हुँदा विपक्षी समेतको उजूरी नपरी मेरो नाउँमा दर्ता भएको छ विपक्षीको नाउँमा परिणत दर्ता हुने जग्गा भए उजूरी गर्न सक्नु पर्नेमा नसकेबाट समेत विपक्षीको फिराद दायर हुन सक्दैन मलाई विर्ताबाट रमेशराज सत्यालले गरिदिनु भएको छोडपत्रको आधारबाट जग्गा दर्ता परिणत गरेको छु । विपक्षीको छोडपत्र उपर उजूर नहुँदा छोडपत्र कायम रहेको अवस्थामा छोडपत्रबाट सिर्