निर्णय नं. २४०९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४०९ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/०८ २००१ निर्णय नं. २४०९ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. २२९५ विषय : उत्प्रेषण । निवेदक :जि.सप्तरी गा.पं. तरही वार्ड नं. ७ हाल देउरी गा.पं.वार्ड नं. ७ बस्ने अमोली साहुतेली । विरूद्ध विपक्षी :सगरमाथा अञ्चलाधीश । पू.क्षे.अ. धनकुटा । देउरी गा.पं. को प्रधानपंच । ऐ.को उपप्रधान पंच । ऐ.गा.पं. वार्ड नं. ९ को अध्यक्ष । ऐ. वडा नं.८ को अध्यक्ष । ऐ. वार्ड नं.८ बस्ने घुराई साहु तेली । ऐ. वडा नं.७ बस्ने हजारी साहू । ऐ.गा.पं.को सचिव । आदेश भएको मिति: २०४२।६।८।३ मा आफूलाई अधिकारै नभएको गुठीको विषयमा हस्तक्षेप गरी सञ्चालक समिति गठन गर्ने गरेको अञ्चलाधिश कार्यालयको निर्णय अधिकारक्षेत्र विहिन भएको हुँदा उत्प्रेषण्को आदेशद्वारा बदर हुने । (प्रकरण नं.९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्द प्रसाद सिंह विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यसप्रकार रहेछ । २. मेरो जेठा बाबुको छोरा दाजु भोलाईकी श्रीमती मेरी भाउजू झुनमा तेलिन र भूलिया तेलिनको सन्तान नभएको हुँदा धर्म कर्मको लागि जि.सप्तरी प्र.राय झुमना मौजे सोवरन पट्टिमा श्री राम जानकी मन्दिर स्थापित गरी सोको पूजारीमा म अमोलीलाई नियुक्त गरी सो नित्य पूजा आजा र साधु सन्त अभ्यागतहरूको सेवा गर्न खर्चको लागि निज भाउजूहरूले आफ्ना नाउँमा दर्ता रहेको साविक कि.नं. १२९।१३०।१३१।१३२।१३३।१३४।१३५।१३८।१२६।१२७।१२८। ४८१।४८२।४८४।८७३।१५३ समेतका ज.वि. ५–१९–० को आयस्ताबाट चलाई शेष बचेकोबाट मन्दिर मर्मतमा लगाउने शर्त राखी मिति ०२३।३।२६।१ मा दानपत्र गरी मालबाट रजिष्ट्रेशन पास गरिदिनु भएकोबाट भाउजूहरू स्वर्गीय भएपछि सो गुठीको संरक्षक र मेरा भाइ भतिजा भएको मध्ये म जेठो पुजारी र संरक्षकमा मुख्य भई नित्यपूजा आजा गर्दै आएको छु । धनीलाल साहु समेत ५ जनाले म उपर रीसइवी राखी उक्त जग्गाको ०३८ सालको धानबाली लुटपीट गरी लगेकोमा बाली दिलाई दिन सगरमाथा अञ्चलाधिशमा मौखिक निवेदन गर्दा विपक्षीहरूले उक्त जग्गाको बाली निजी काममा लगाउने गरेकोले हाल ज.वि. ४–०–० को धान काटी मन्दिरमा राखेको भनी झुठ्ठा बयान दिएछन् । उक्त धानबालीको दाँई समेत अञ्चलाधिशको आदेशबाट भएछ जो गैरकानुनी छ । विपक्षी अञ्चलाधिशज्यूबाट सो आयस्ता बैंकमा राखी नित्य पूजाआजा संचालन गर्न उल्लिखित विपक्षी नं. ३ देखि ९ सम्मका व्यक्तिहरूको एउटा कमिटी मिति ०३९।८।३ मा गठन गरिदिनु भयो जुन काम कारवाही गैरकानुनी छ । उल्लिखित रामजानकी गुठीको म निवेदक गुठियार रहेकोले मुलुकी ऐन गुठीको महलको ३ नं. अनुसार गुठियारले खान पाउने बाहेक अरु रकम कलम खाएमा वा धर्मलोप गरेको खण्डमा मात्र गुठियार कायम रहन नसक्ने व्यवस्था छ । सो अनुसार रहन नसके पनि अरुले पालो पाउने व्यवस्था छ। यसरी उपरोक्त व्यवस्था विपरीत गैरकानुनी रूपले सञ्चालक समिति गठन गरेको अ.बं. ३५ नं. ले बदरभागी छ । सो उपर पूर्वाञ्चल क्षेत्रिय अदालतले अनुमति नदिएको हुँदा यो निवेदन गर्न आएको छु । अतः विपक्षी अञ्चलाधिशको ०३९।८।२२ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेतको रिट निवे