निर्णय नं. २४१० - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४१० - ज्यान भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०३/०७ २४१७ निर्णय नं. २४१० ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ५७२, ६२६ सम्वत् २०४१ सालको फौ.सा.नं. ८२ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी: जिल्ला पाल्पा गा.पं. वराङदी वा.नं.६ खरिपानी घर भै हाल जिल्ला कार्यालय कारागार शाखा पाल्पा तानसेनमा कैदमा बसेको चंखे भन्ने मुक्तिराम घिमिरे । जिल्ला पाल्पा वराङदी गा.पं.वा.नं.४ सिल्टुङ डाडा घर भै हाल कारागार शाखा पाल्पामा थुनामा रहेका गणेश प्रसाद भट्टराई । ऐ. वा.नं.६ नारडांडा घर भै ऐ मा थुनामा राहेकी कान्ति कुमारी बस्याल । विरूद्ध विपक्षी/वादी:कान्ति कुमारीको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।३।७ मा सासू बुहारी बीच मनमुटाव भई व्यवहारिक कारणले मारी देउसम्म भनेको घटनास्थलमा उपस्थित नरहेको अवस्था देखिँदा प्र.लाई १३(४) बमोजिम सजायँ गर्दा चर्को हुने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं.२१) फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला उपर प्रतिवादी मुक्तिराम घिमिरे समेतको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा पुनरावेदन जिकिर निम्न प्रकारको रहेछ । २. मेरो सासू गौरा बस्याल्नी ०३७।२।६ का दिन छोरीको घर मधेशतर्फ जानु भएको ०३७।२।७ गते म तानसेन आउँदा सो दिन उहाँ फर्की आउँदा सितलपाटीमा भेट भई घर जानु भन्दा साँझपख आउँछु भन्नु भएकोले म घर आई खाना पकाई कुरेको थिएँ । नआएबाट अन्त वस्नु भयो होला भनी सुतँ । आज बिहान तानसेन दुध लाने गाउँले मानिसले वडा नं. ४ मा पर्ने रामेको बारीमा घोप्टो पारी राखेको छन् भनेबाट गई हेर्दा मृत अवस्थामा देखि सोधपुछ गर्दा ०३७।२।७ का रात गाउँकै चंखे भन्नेसँग अं.८ बजेको समयमा गाउँतर्फ सासू गएको भन्ने सुनेको हुँदा निजले कर्तव्य गरी मारेको शंका लाग्दछ । पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०३७।२।८।४ को जि.प्र.का. पाल्पामा दिएको जाहेरी दर्खास्त । ३. जाहेरवालाले मेरो सासूले घरका सामान सबै बेच्दै रक्सी खाने जुवा खेल्ने गरी सकेकोले तिमीले सासू गौरीलाई मार मैले लगाएको सुनका माडवारी दिन्छु भनेकोले ०३७।२।७ गतेका दिन म र गणेशबहादुर भई चुत्रा भञ्ज्याङ तानसेनको रमाइलो बारी जोती अं. ६ बजे मैले जुवा गणेशले हलो बोकी चुत्रा भञ्ज्याङ बजारमा आउँदा रक्सी पसल अगाडि खगराज गौरा उभिएकी थिइन । गणेश त्यही गयो । म चिनी किन्न गई चिनी पाई रु. १। को मिश्री किनी चारैजना गयौं । खगराज घरतिर लागे । हामी ३ जना रक्सी पसलमा गई एक एक मोहरको रक्सी लिई चुत्रा भञ्ज्याङबाट केही तल झरी गणेशले गौरालाई आज मार्नैपर्छ भनी रक्सी किन्न रु. ३। दिएकोले रु. ३। बोकी राखी छेलुङको पसलबाट देखाएको शिशीमा रक्सी लिई गई तीनै जनाले खायौं । गौरा व्यहोस भएपछि गौराको शरीरबाट गणेशले रूपैयाँ झिकी रु. ३०। मलाई दिई पर्खालबाट तल खरबारीमा धकेली देखाइएको सेतो पछ्यौराले घाँटीमा सुर्के गाँठो पारी कस्यो र केही बेर पछि गाँठो मैले फुकाई हलो जुवा बोकी घरतिर हिड्यौं । केही तल झरेपछि गणेशले मेरो पकेट रूमाल छुटेछ । तिम्रो चप्पल साटिएछ भनेबाट मैले चप्पल बाटा मुनि Çयाकी दिएँ र जाहेरवालीको घरमा हामी दुवै भई गौरालाई मारेको कुरा भनी घरतर्फ लाग्यौं भन्ने समेत व्यहोराको प्र.चंखे भन्ने मुक्तिराम घिमिरेको मौकाको