निर्णय नं. २४१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१६ २२५७ निर्णय नं. २४१२ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १५६२ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.पर्सा वसडिलवा गा.पं.वडा नं. ८ रत्नपुर बस्ने हुकुम मियाँ । विरूद्ध विपक्षी :भू.सु.का. पर्साका भू.सु.अ. । पर्सा जि.वि.नगर पंचायत वडा नं.१० बसने नुर कुमारी पाण्डे । आदेश भएको मिति:२०४२।६।१६।४ मा मोही सम्बन्धी हक भू.सं.ऐन, २०२१ को दफा २६(१) ले व्यवस्था गरे बमोजिमको शर्तको अधीनमा रही प्राप्त हुने भोगाधिकार हो । मोहीको मृत्युपछि निजको मोही सम्बन्धी हक समाप्त हुन्छ र दफा २६ (१) ले गरे मुताविकको प्रकृया पूरा गरेपछि यो हक निजको पति, पत्नी वा छोराहरूमा पुनः स्थापना हुने हो । यस्तो हकलाई स्वतः पति, पत्नी वा छोराहरू मध्येमा सर्ने हक हो भन्न मिल्दैन । (प्रकरण नं.११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री बलि राम कुमार र विद्वान अधिवक्ता श्री शम्भु थापा । उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४१।७।२८ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : मेरा नामको गा.पं.बसडिलवा वार्ड नं. ८ कि.नं. १८३ ज.वि. २–३–१० र ऐ. कि.नं. ३१ ज.वि. ०–११–१० समेतको मोहीमा प्रतिवादी लालुमियाँ अन्सारी भएको निज लालुमियाँ परलोक भइसकेको निजको स्वास्नी छोरा धुमन मियाँ समेत परलोक भई निजको अरु छोरा छोरी सन्तान नहुँदा धुमन मियाँले हुकम मियाँ अरुको छोरालाई गोद लिएको थिए, निज हुकुम मियाँले स्व. मोही लालुमियाँको नाति हुँ । मोही हक मलाई प्राप्त हुनुपर्छ भनी मैले लगाएको बालीमा खिचोला समेत गरिरहेको हुँदा यो निवेदन गरेको छु । स्व. मोहीको नातिको नाममा मोही नामसारी हुन सक्ने व्यवस्था नभएको र स्व.लालुमियाँका पत्नी र छोराहरू नभएबाट मरुवा मोहीको लगत कट्टा गरिपाउँ भन्ने नुरकुमारी पाण्डेको भू.सु.का.मा परेको निवेदन । ३. मेरो बाजे लालुमियाँ ०३० सालमा स्वर्गीय हुनु भयो निज लालुमियाँको छोरा धुमन मियाँको हक हुन गई पिता धुमन मियाँले उक्त जग्गा जोत कोड गरिआएकोमा निज धुमन मियाँ पनि ०३७।४।१५ मा स्वर्गीय भएपछि म धुमन मियाँले उक्त जग्गा कमाई वादी नुरकुमारीले मलाई भर्पाई दिनु भएको छ । लालुमियाँ स्व.भई निजको परिवारमा एक मात्र छोरा धुमन मियाँ हुनुभएकोमा उहाँ पनि स्वर्गीय भई उहाँको म एक मात्र छोरा परिवारमा भएबाट मेरो उक्त जग्गामा पूरा हक लाग्दछ । म मोही लालुमियाँको नाति हुँदा मलाई भर्पाई दिनु होस् भन्दा निज वादी नुरकुमारीले यो खिचोला गर्‍यो भनी गरेको उजूरी झुठ्ठा हुँदा उजूरी खारेज गरिपाउँ । भूमिसम्बन्धी ऐन, २०२१ मा भएको व्यवस्थाले मोहीको छोराहरूमा मोहियानी क्रमशः सर्ने कानुनी व्यवस्था भएको र ०३८ सालको भर्पाई पनि मसँग भएकोले मेरा नाममा मोही कायम हुने हुँदा र यो भन्दा पहिले वादीले गरेको उजूरी डिसमिस गराएको समेत हुँदा यो उजूरी खारेज गरिपाउँ भन्ने हुकुम मियाँको भू.सु.का. मा परेको प्रतिउत्तरपत्र । वादीको नामको गा.पं.वसडिलवा वार्ड नं. ८ कि.नं. १८३ ज.वि २–३–१० र कि.नं. ३१ ज.वि ०–११–१० को मोहीमा लालुमियाँ अन्सारी