निर्णय नं. २४१४ - बन्दी–प्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४१४ - बन्दी–प्रत्यक्षीकरण भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/०७ ३०३८ निर्णय नं. २४१४ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं. १५७२ विषय : बन्दी–प्रत्यक्षीकरण । निवेदक :नु.जि.गाउँ खर्क गा.पं.वडा नं. ७ वोल गाउँ बस्ने उक्त पञ्चायतका प्र.पं.नसिर तामाङको हकमा ऐ. ऐ. बस्ने निजको छोरा अशोक तामाङ । विरूद्ध विपक्षी :जिल्ला प्रहरी नायव उपरीक्षक कार्यालय, हनुमानढोका, काठमाडौं । अंचल प्रहरी उपरीक्षक,कार्यालय मुकाम हनुमानढोका काठमाडौं । प्रहरी महानिरिक्षक दिल बहादुर लामा मुकाम प्रहरी प्रधान कार्यालय,नक्साल,काठमाडौं। आदेश भएको मिति:२०४२।६।७।२ मा भए गरेको कारवाहीमा भिन्नता देखिन आएकोले सो नजीर लागू हुन सक्ने स्थिति देखिन आएन । (प्रकरण नं.१२) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुसिल कुमार पन्त विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः संविधानको धारा ७१ अन्तर्गत बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी यस बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ । २. प्रत्यर्थी मध्येको प्रहरी महानिरीक्षक र मेरा पिता समेतको जिल्ला एकै भएको कारणबाट आगामी चुनावमा निजको भनाई मुताविकको व्यक्तिलाई समर्थन नगर्ने देखि व्यक्तिगत रीसइवीबाट आफ्नो पदको दुरूपयोग गरी निजले गाउँघरमा त्रासको वातावरण फैलाउन लागेको कुरा गाउँघरमा प्रष्ट नै छ । यसै क्रममा मेरो पिता गाउँको प्र.पं.हुनुको साथै विभिन्न विकासका पूर्वाधार खडा गर्ने योजनाहरूमा सक्रिय भई लागी रहनुभएको सोही क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटित लघु जल विद्युत योजनाको लागि आवश्यक सामान लिन काठमाडौं आएको अवस्था पारी मिति ०४२।५।११ गते काठमाडौं चावहिलबाट प्रत्यर्थी नं. ३ को आदेश बमोजिम २ र १ बाट खटी आएका प्रहरी जवानले पक्राउ गरी प्रत्यर्थी नं. १ को कार्यालय हनुमानढोकामा बन्दी बनाई राखेका छन् । यसरी बन्दी बनाउनुको पछि के कारण छ भनी बुझ्न खोज्दा सो बारेमा केही जानकारी पाउन सकिएन । साथ साथै मेरो पिताजी अस्वस्थ भएबाट निजको औषधी उपचार गर्न बरु म आफैं खर्च गर्छु भन्दा खर्च लिइयो तर उपचार भएन र सो थुनाको कारण बुझ्न मैले कानुन व्यवसायी अधिवक्ता सुसिलकुमार पन्तलाई मुकरर गरी पठाउँदा निजले प्रत्यर्थी नं. १, २ का कार्यालय प्रमुखहरूलाई भेट्दा समेत थुनेको हो भेट्न दिँदैनौ अरु केही थाहा छैन भन्ने जस्तो जवाफ प्राप्त हुन आई प्रहरीले मेरो पिताको नेपालको संविधानको धारा १०, ११ को हकमा आघात परेकोले अधिकार सम्पन्न व्यक्तिले आफ्नो अधिकारको व्यक्तिगत फाइदाको लागि प्रयोग गर्ने कुरामा प्रहरी तन्त्र चलाई मेरो पितालाई गिरफ्तार गरी आज १५ दिन भइसक्दा पनि कुनै पुर्जी नदिने, कतै अधिकारप्राप्त अधिकारी समक्ष प्रस्तुत नगर्ने र रोजेको कानुन व्यवसायीसँग सरसल्लाह गर्न नदिने आदि गरी देहायको संविधान कानुनको कुनै मर्यादा नराखी शक्ति प्रयोग गरी दबाउने कुल्चने प्रयास भएको र मेरो पिताजीलाई शारीरिक यातना समेत प्रशस्त मात्रामा दिई आफ्नो राजनैतिक फाइदा पदको आधारबाट गर्ने कुचेष्टा प्रत्यर्थी नं. ३ ले सोची सो कुरा प्रत्यर्थी नं.१ र २ मार्फत प्रयोग गराई मेरोपितालाई गैरकानुनी रूपले थुनामा राखेको उक्त गैरकानुनी थुनाबाट मुक्त गराई संविध