निर्णय नं. २४१५ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४१५ - अंश दपोट भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१४ २२६५ निर्णय नं. २४१५ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं. ७६४ सम्वत् २०४१ सालको विविध नम्बर ९५ मुद्दा : अंश दपोट । पुनरावेदक/प्रतिवादी:बारा जिल्ला फत्तेपूर गा.पं.वडा नं. २ बस्ने देवदत्त पन्त । विरूद्ध निवेदक/वादी: काभ्रेपलाञ्चोक जिल्ला पञ्च कुमारी गा.पं.वडा नं. ३ बस्ने रोहिणी प्रसाद पन्त । वागमती अञ्चल काभ्रेपलाञ्चोक जिल्ला हाल विर्ता देउराली गाँउ पंचायत वडा नं.६ बाटो गैर बस्ने रोहिणी प्रसाद उपाध्याय । विरूद्ध विपक्षी/प्रतिवादी: काभ्रेपाञ्चोक जिल्ला पञ्चकुमारी गाउँ पञ्चायतको हाल ना.अं.बारा जिल्ला फत्तेपूर गा.पं.वार्ड नं. २ बस्ने देवदत्त उपाध्याय समेत । फैसला भएको मिति:२०४२।६।१४।२ मा अंशबण्डाको २१ नं. को आधारमा वादी दावी लाग्न नसक्नेमा त्यस्तो दावी भएको फिरादपत्रबाट तहकिकात इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने । (प्रकरण नं.१३) पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री चूडामणि राजसिंह मल्ल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् । प्रतिवादीहरू मध्ये नागेश्वर मेरा पिता र जसोदा मेरी आमा तथा जमुना भाउजू र देवदत्त दाजु हुनुहुन्छ । विपक्षी प्रतिवादी र म समेतका बीचमा २०२०।८।५ मा घरसारमा बण्डापत्र खडा भई ऐ. चैत्र २७ गते का.प.मालमा रजिष्ट्रेशनमा बण्डापत्र भएको थियो । बण्डा हुनुभन्दा अगाडि पर्सा माल मार्फत क्रमश २०१९।६।२९ मा र २०२०।६।२२ मा २ कित्ता जग्गा देवदत्तका नामबाट लिएका रहेछन । हाल नापीमा बारा जिल्ला पिपरा सिमरा गा.पं.वडा नं. २ को कि.नं. १०१ मा जग्गा विगहा १–९–० विपक्षी देवदत्तका नाममा दर्ता भएको रहेछ । सगोलको अंशियारका नाममा खरिद गरेको जग्गा सबै अंशियारहरूमा बण्डा गरी लिनु दिनु गर्नु पर्नेमा नदिई दबाएकोले प्रचलित मोल रु. ६०८०। पर्ने कि.नं. १०१ को उक्त ज.वि. १–९–० जग्गा अंशबण्डाको २१ नं. बमोजिम मैले मात्र खान पाउने गरी मेरो हक कायम गरिपाउँ भन्ने फिरादपत्र । २. हामीहरूका वृद्ध उमेर भएकोले सबै अंशियार जम्मा गराई २०२० सालमा ५ बण्डा लगाई गरिदिए पछि आफू आफूले भोगचलन गरिआएका छन् । अंशबण्डा गर्दा वादी र प्रतिवादी मध्येका देवदत्त समेतले हामीहरूका नाउँमा यो यति जग्गा छन् भनेका र छोरा हरूले के कति जग्गा छोडेका छन् । हामीहरूले खोजी पनि नगरी हामीहरूको जिम्माको सम्पत्ति बण्डा गरिदिएको दावीको जग्गा हामीहरूले खरिद गरेको र दर्ता गराएको छ, भन्ने वादीले लेखेको देखिएन । हामीले भोगचलन समेत नगरेको सो जग्गा अंश नदिई दपोट गर्‍यो भन्ने फिराद दावी लेखाईबाट झुठ्ठा देखिएको छ, भन्ने समेतको नागेश्वर उपाध्याय र जसोदादेवी उपाध्याय समेत २ जवानको एउटै प्रतिउत्तरपत्र । ३. वादी र प्रतिवादी मध्येका देवदत्त समेतले मलाई अंश मार्ने प्रयास गरेको हाल मात्र थाहा हुन आयो । अंशबण्डा हुन भन्दा अगाडि वादीले पनि प्रशस्त जग्गा लिई भोगचलन गरिआएका रहेछन् मलाई ससुरा नागेश्वरले अंश दिनु भएको र वादीलाई मैले अंश दिन पर्ने र दिएको समेत छैन । त्यस्तो जग्गा मैले दपोट गरेको छैन झुठ्ठा फिराद गरेका हुन् भन्न