निर्णय नं. ६०२० - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०२० - उत्प्रेषणयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५२/०२/०३ २७०३ निर्णय नं.:६०२० ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०५१ सालको रिट नं. : ३६७३ आदेश मिति : २०५२/२/३/४ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक :जि. भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ५ को तत्काल गुठी संस्थान केन्द्रीय कार्यालयमा अधिकृत नवौं तह शाखा प्रमुख पदमा कार्यरत कृष्ण मुरारी शर्मा । विरुद्ध विपक्षी :गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौं । गुठी संस्थान,संचालक समिति । गुठी संस्थानको का.मु. प्रशासक दामोदर प्रसाद ढकाल । सर्वोच्च अदालतबाट मिति २०५०/१०/१० मा गुठी संस्थान सञ्चालक समितिको मिति २०४९/१/१४को निवेदकलाई नवौं तहको पदबाट दरबन्दी कटौती गरी अवकाश दिने गरेको निर्णय त्रुटीपूर्ण मानी बदर गरिएपछि निवेदकले बहाल गराई पाउँ भनी मिति २०५०/११/६ मा गुठी संस्थानमा र मिति २०५०/१२/१ मा अध्यक्ष, गुठी संस्थान सञ्चालक समितिमा निवेदन दिएकोमा सो निवेदनहरु उपर कुनै कारवाही गरेको देखिँदैन । अदालतको फैसला अनुसार निवेदकलाई साविक पदमा बहाल गराउनु पर्नेमा सो नगरी अदालतको फैसला बमोजिम निवेदकले आफ्नो पदमा बहाल हुन पाउने अधिकारबाट वञ्चित गर्ने उद्देश्य लिई निवेदक उपर प्रवृत्त भावना (Bias and Malafide) राखी गुठी संस्थान सञ्चालक समितिले निवेदक बहाल रहेको पद खारेज गर्ने निर्णय गरेको देखिने । (प्र.नं. ९) निवेदकलाई हाजिर नै नगराई दायित्व पूरा नगरेको अवस्थामा दरवन्दी कटौती गरी अवकाश दिन मिल्ने नदेखिने । (प्र.नं. ९) निवेदकको हकमा प्रवृत्त भावना लिई नवौं तहको पद समेत खारेज गरी अवकाश दिने गरेको विपक्षी गुठी संस्थान सञ्चालक समितिको मिति २०५१/१/१६ को निर्णय औचित्यविहिन र त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई साविक नवौं तहको पदमा बहाल गरी कानून बमोजिम गर्नु भनी विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालयको नाममा परमादेश जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री मातृका प्रसाद निरौला विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री देवेन्द्र मैनाली अवलम्बित नजीरःX आदेश न्या. रुद्र बहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म निवेदक २०३२ साल देखि गुठी संस्थानको सेवामा शाखा अधिकृत देखि नोकरी शुरु गरी २०४० सालमा अधिकृत स्तर द्वितीय श्रेणीमा बढुवा भई काम गर्दै आएको र पछि तह व्यवस्था लागू हुँदा नर्वौ तह कायम भई गुठी संस्थानको इमान्दार, दक्ष र कर्तव्यनिष्ठ कर्मचारीको रुपमा कार्यरत थिएँ । मिति २०४९/१/१५ मा प्रत्यर्थी गुठी संस्थानबाट अचानक अवकाश दिएको भन्ने पत्र प्राप्त हुन आएको र के आधार तथा कारणबाट अवकाश दिएको हो सोको निर्णयको नक्कल माग्दा समेत दिइएन । गैर कानूनी दुरासययुक्त धारणाले अवैध सञ्चालक समितिले गरेको सो पद खारेजी सम्बन्धी निर्णय र सोको आधारमा दिइएको पत्र समेत विरुद्ध यसै सम्मानित अदालत समक्ष रिट निवेदन प्रस्तुत गरेकोमा प्रत्यर्थीको निर्णय समेत झिकाई रित नपुगी बसेको सञ्चालक समितिको बैठकले निवेदकलाई अवकाश दिने गरेको उक्त मिति २०४९/१/१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर भएपछि संस्थानको सेवामा पूर्ववत कायम गरी हाजिर हुन पाउन मिति २०५०/११/६ मा गुठी संस्थानमा