निर्णय नं. ६०२२ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०२२ - लिखत बदर भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/०१/१८ २७९२ निर्णय नं. : ६०२२ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५१ सालको दे.पु.नं. : २०७१ फैसला मिति : २०५१/१/१८/२ मुद्दा : लिखत बदर । पुनरावेदक/प्रतिवादी:सुर्खेत जिल्ला वीरेन्द्र नगर नगरपालिका वडा नं. ५ बस्ने गणेश प्रसाद गैह्र । विरुद्ध प्रत्यर्थी/वादी:दैलेख जिल्ला डाँडा पराजुल गा.वि.स. वडा नं. ५ बस्ने कृष्ण बहादुर शाही । ऐ.ऐ बस्ने कृष्ण बहादुर शाही । ऐ.ऐ बस्ने बाल कुमारी शाही । ऐ. बस्ने प्रेम बहादुर शाही । ऐ. बस्ने खगेन्द्र बहादुर शाही । प्रतिवादी रण बहादुरको नाममा दर्ता भएको जग्गा निजको निजी आर्जनको हो भनी जिकिर लिन सकेको र अन्य हक श्रोतबाट प्राप्त भएको भन्ने सबूद समेत दिन सकेको देखिदैन । पिता माता भाईहरु सगोलमा छंदाछंदै अंश वण्डाको १९ नं. छोराले विक्री गरेकोमा आकिर्षित हुने नदेखिने । (प्र.नं. १३) पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री एकराज भण्डारी । विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या. ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत सुर्खेतको मिति २०५०/८/८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको पुनरावेदन समेतको संषिप्त तथ्य यस प्रकार रहेछ । २. विपक्षी मध्येका रण बहादुर शाही हामी कृष्ण बहादुर बाल कुमारीका छोरा र हामी प्रेम बहादुर खगेन्द्र बहादुर दाजु हुन हामीहरुका बीचमा अंशवण्डा भएको छैन । हामी कृष्ण बहादुर बाल कुमारीले सगोलको आर्जन कमाईबाट विपक्षी रण बहादुरका नाउँमा सुर्खेत साविक कटकुवा गा.पं. वडा नं. ४ हाल वी.न.पा. वडा नं. ५ मा पर्ने कि.नं. ६३३ को ज.वि. ०–६–२३४ जग्गा खरीद गरी राखेका थियौ घरको मुख्य व्यवहार गर्न बाबु म फिरादी कृष्ण बहादुर हुँदाहुँदै उक्त जग्गा मेरो र अरु अंशियारको मञ्जुरी नलिई आफूखुस गर्न नपाउने जग्गा मध्ये पूर्व दक्षिण तर्फको ०–२–० मुल्य रु. ६०,०००/– मा गणेश प्रसाद गैरेलाई मिति ०४८/६/१ मा राजिनामा गरी दिएकोले लेनदेन व्यवहारको १० नं. को म्याद भित्र फिराद गरेका छौं ६ अंशियार हुँदा ४ भागको लिखत बदर गरी हाम्रा नाउँमा दा.खा. दर्ता गरी पाउँ भन्ने कृष्ण बहादुर समेत जना ४ को फिराद पत्र । ३. कारोबार चलाउन आवश्यकता भएकोले प्र.मध्येका गणेश प्रसाद गैरेलाई जग्गा राजीनामा गरी दिएको हुँदा मञ्जुरी पनि नलिएको कारणबाट यो उजुर गरेको हुँदा झुठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र. रणबहादुर शाहीको प्रतिउत्तर पत्र । ४. दाता रण बहादुर शाहीका नाउँमा दर्ता भएको सुर्खे वीरेन्द्र नगर न.पा. वडा नं. ५ को कि.नं. ६३३ को ज.वि. ०–६–२३४ मध्येबाट मैले पूर्व दक्षिण तर्फ ज.वि. ०–२–० जग्गा मिति ०४८/६/१० मा पारित गरी लिएको हुँ सो जग्गा अंशवण्डाको १९ (२) नं. बमोजिम आफूखुस गर्न पाउने भएको हो लिखत बदर हुने होइन भन्ने समेत प्र. गणेश प्रसाद गैरेको प्रतिउत्तर पत्र । ५. प्र. रणबहादुरको दैलेख मूल घर भै सुर्खेतमा जग्गा खरिद गरी बसेकोले सो ठाउँको निज मुख्य हुने हुँदा ०–६–२३४ मध्ये आधा भन्दा घटी ०–२–० मात्र प्रतिवादी गणेश प्रसादलाई विक्री गरेको कानून सङ्गत नै हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०५०/१/७ को सुर्खेत जिल्ला अदालतको फैसला । ६. सुर्खेत जिल्ला अदालतबाट मिति २०५०/१/७ मा लिखत बदर नहुने ठहर्याई भएको फैसलामा चित्त बुझेन दावी बमोजिम लिखत बदर गरी पाउने भन्ने समे