निर्णय नं. ७०५४ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०५४ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/११/२३ २६५१ निर्णय नं.७०५४ ने.का.प.२०५९ अङ्क १/२ विशेष इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री टोपवहादुर सिंह संवत २०५५ सालको रिट नं...... ३५५२ आदेश मितिः २०५८।११।२३।५ विषयः–उत्प्रेषण समेत । निवेदकः जिल्ला रुपन्देही सिलौटिया गा.वि.स. वडा नं. २ घर भई हाल वनस्पति विभाग प्राकृतिक सम्पदा विकास महाशाखामा रा.प.तृ. इन्जिनियरिङ सेवा केमिष्ट्री समूहमा कार्यरत सहायक वैज्ञानिक अधिकृत धर्मात्मालाल श्रीवास्तव विरुद्ध विपक्षीः श्री प्रतिनिधिसभा ऐ.को सचिवालय सिहंदरवार समेत § संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा संचालन भएकै कारणले मात्र उद्योग मन्त्रालय अधिनस्थ परियोजनामा काम गरेकोलाई अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भन्न नमिल्ने । § काजमा रहेको अवधिलाई वढुवाको प्रयोजनका लागि अंक गणना गर्न नमिल्ने भन्ने जिकिर स्वीकारयोग्य नदेखिंने । (प्र.नं. १६) निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी, विव्दान अधिवक्ता श्री युवराज कोइराला अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(१) र (२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छः २. म निवेदक २०३४।१।१० देखि खाद्य अनुसन्धान शाखाको गुण नियन्त्रण तथा स्तर निर्धारण उपशाखाको रा.प.अनं. प्रथम श्रेणीको प्राविधिक पदमा स्थायी नियुक्ति भई उद्योग मन्त्रालयको २०४०।१।९ को निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा केमेष्ट्री समूह रा.प. तृतीय श्रेणीमा वढुवा भई हालसम्म कार्यरत रहेको छु । मैले रसायनशास्त्रमा एम.एस सी. गरेको र आयोजना तर्जुमा तथा विश्लेषण विषयको तालीममा प्रथम श्रेणीको प्रमाणपत्र प्राप्त गरेको छु । लोकसेवा आयोगको विज्ञापन नं. ३३।०५३।५४ अनुसार रा.प.द्धितीय श्रेणीमा वढुवाको लागि दरखास्त पेश गरेकोमा मिति २०५५।३।२९ को गोरखापत्रमा प्रकाशित समान्य प्रशासन मन्त्रालयको वढुवा सम्वन्धी सूचनामा विपक्षी चक्रपाणी न्यौपाने समेतका व्यक्तिहरुको नाम प्रकाशित भएको रहेछ । उक्त सूचनामा मेरो नाम समावेश नभएकोले सो वढुवा सिफारिश उपर निजामती सेवा ऐन, २०४९ को दफा २४(२)(४) एवं निजामती सेवा नियमावली, २०५० को नियम ८३(१) अनुसार उजुरी गरेको थिएँ । मेरो उजूरीमा विपक्षी चक्रपाणी न्यौपाने आफ्नो सेवामा हाजिर नरही गयल रहेको जिकिर लिएको थिएं । विपक्षी लोकसेवा आयोगले मिति २०५५।९।१६ मा निर्णय गर्दा निज विपक्षी २०५१।४।१७ देखि १० महिना सम्म उद्योग मन्त्रालयवाट संचालित पल्युशन कन्ट्रोल मेनेजमेन्ट प्रोजेक्टमा स्थानीय कन्सलटेन्टको रुपमा काजमा कार्यरत रहनु भएको स्वीकार गरी निजलाई अन्तर्राष्ट्रिय संघ संस्थामा काम गरेको भन्न नमिल्ने भनि मेरो उजुरी जिकिर पुग्न नसक्ने र उजुरी झुठ्ठा ठहरिएको भनि मैले प्राप्त गरेको कूल अंकमा २ अंक कट्टा गर्न सो को अभिलेख राख्नु भन्ने समेत व्यहोराको निर्णय भयो । विपक्षी चक्रपाणी न्यौपाने उक्त अवधिमा युनिडो अन्तर्गतको प्रोजेक्टमा काजमा कार्यरत रहेको भन्ने कानून वमोजिमको आधार छैन । श्री ५ को सरकारको कर्मचारी अन्तर्राष्ट्रिय संघ संस्थामा काज पठाउने कानूनी व्यवस्था नभएकोले त्यस्तो अवधिको मूल्यांकन गरी अंक प्रदान गरी वढुवा गरिएको कार्य त्रु