निर्णय नं. ७०५५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०५५ - उत्प्रेषण भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/१०/०४ २७३९ निर्णय नं. ७०५५ ने.का.प. २०५९ अङ्क १/२ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री टोपवहादुर सिंह माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्वत् २०५८ सालको रि.पु.ई.नं. ........२४ आदेश मितिः २०५८।१०।४।५ विषय :– उत्प्रेषण । रिट निवेदकः कोमल ऊनी धागो उद्योग गोकर्णको प्रोप्राइटर का.जि.का. म.न.पा. वडा नं ३३ वस्ने वर्ष ४५ को कमलप्रसाद दाहाल विरुद्ध विपक्षीः श्री ५ को सरकार , अर्थ मन्त्रालय राजश्व महाशाखा वागदरवार काठमाडौं समेत § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा (३)(क) र दफा ५ अनुसार ५ वर्षको लागि आयकर छुट पाउने उद्योगले आयात गरेको कच्चा पदार्थ ऊनमा आयकर छुट दिन नमिल्ने भन्न नसकिने । (प्र.नं.१३) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्ने आएको रिट निवेदन संयुक्त इजलास समक्ष पेश हुँदा उक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ । २. निवेदक कोमल ऊनी धागो उद्योग, श्री ५ को सरकार, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं २०५२।१।८ मा प्राइभेट फर्मको रुपमा वार्षिक १,०००। मेट्रिकटन ऊनी धागो उत्पादन गर्ने लक्ष्य लिई दर्ता भै स्थापना भएकोमा उत्पादन कार्य प्रारम्भ गर्नको लागी २०५२।३।२७ देखि २०५२।५।२७ सम्म विभिन्न मितिहरुमा विभिन्न प्रतित पत्रहरुबाट कूल २४३.६७ मे.टन कच्चा पदार्थ आयात गरी २०५२।५।१० मा प्रारम्भिक उत्पादन र २०५२।५।३० देखि व्यवसायिक उत्पादन शुरु भयो । औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा (३)(क) र दफा ५ अनुसार उत्पादनमुलक साना उद्योग वर्गमा रहने गरी दर्ता भएकोले व्यापारिक उत्पादन शुरु गरेको मितिले ५ वर्षको लागि आयकर छुट पाउने कानूनी व्यवस्था अनुसार निवेदक उद्योगले आयात गरेका कच्चा पदार्थमा आयकर छुट गरी पाउन श्री कर विभाग तथा श्री सह सचिव राजश्व महाशाखा अर्थ मन्त्रालयमा निवेदन दिंदा विपक्षी राजश्व महाशाखाले उद्योग सञ्चालन मिति अगाडि गरेको कारोवारमा आयकर छुट दिन नमिल्ने भनि ०५५।६।७ मा निर्णय भएको व्यहोरा निर्णयानुसार अनुरोध छ भनि मिति २०५५।६।९ को प.सं. रा.टी.फा. ८५०५५।५६ च.नं. ३९८ को पत्रवाट गराएको जानकारी २०५५।८।११ मा प्राप्त भयो र सो निर्णयले म निवेदक उद्योगले औद्योगिक व्यवसाय ऐन, २०४९ द्वारा प्रत्याभूत गरेको सुविधा सहुलियत र छुट उपभोग गर्न नपाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११।१२ द्वारा प्रदत मौलिक हक तथा औधोगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) द्वारा प्रत्याभूत आयकर छुटको सुविधावाट वञ्चित भएको हुँदा विपक्षी श्री ५ को सरकार, अर्थ मन्त्रालय, राजश्व महाशाखाको मिति २०५५।६।७ को निर्णय उत्प्रेषणद्वारा वदर गरी विपक्षी श्री कर विभाग लाजिम्पाट तथा १ नं. कर कार्यालय काठमाडौंका नाउँमा म निवेदकले २०५२।३।२७ देखि आयात गरेको कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ख) अनुसार आयकर छुट दिनु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि समेत जारी गरी पाउँ भन्ने समेतको व्यहोराको निवेदन पत्र । ३. यसमा के कसो भएको हो ? न