निर्णय नं. २४१६ - उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४१६ - उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१८ १९७१ निर्णय नं. २४१६ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं.१५४६ विषय :उत्प्रेषण लगायत उपयुक्त रिट आज्ञा वा पुर्जी जारी गरिपाउँ । निवेदक :जि.पर्सा भीखमपुर गा.पं.वा.नं.२ बस्ने रामजीवन राउत कुर्मी । विरुद्ध विपक्षी :जि.पर्सा पीपरा घोडे डौडा गा.पं.वा.नं.५ बस्ने मोती लाल राउत कंकर । जि.पर्सा ऐ.ऐ गा.पं. बस्ने मती सनी सेनुवाईन । ऐ.ऐ बस्ने राम अशिष साद सेनुवार । ऐ.ऐ बस्ने अन्हीया देवी केवटनी । भूमि सुधार कार्यालय पर्साका श्री भूमि सुधार अधिकारी महन्त झा । आदेश भएको मिति:२०४२।६।१८।६ मा मोही नामसारी गरिपाउँ भनी दावी लिई परेको निवेदन र प्रत्यर्थी जग्गाधनीहरूको मोही लगत कट्टा गरिपाउँ भन्ने छुट्टा छुट्टै परेको निवेदनहरूको छुट्टा छुट्टै मिसिल खडा गरी छुट्टा छुट्टै निर्णय गर्नु पर्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाटः विद्वान अधिवक्ता सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय पर्साको मिति २०४१।५।२७ को निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जि.पर्सा वीरचीवर्वा गा.पं.वा.नं.६ बस्ने राधेमहतो चाइको नाउँमा दर्ता भएको जि.पर्सा पिप्रा घोडदौड गा.पं.वा.नं.४ कि.नं.१३२ को १–१–० जग्गा निवेदकको पिता प्रेमधारी राउत कुर्मी कानुनी मान्यता प्राप्त मोहियानी हकको, मोही भई उक्त जग्गा जोत कमोद गर्दै आएको थिएँ। उक्त कि.नं.१३२ को १–१–० जग्गा मध्ये ०–७–१० जग्गा प्रतिरक्षी नं.१ को पिता रघु राउत कंकरले खरीद गरी राजीनामा पारित गराउन भएको जसको कित्ताकाट भई कि.नं.२७९ कायम भएको । प्रतिरक्षी नं.२ ले ०–५–० जग्गा राजीनामा पास गराई लिएको जसको कित्ताकाट भई कि.नं. २८२ कायम भएको त्यस्तै प्रतिरक्षी नं. ३ ले राजीनामा पास गराई लिएको ०–२–१० जग्गाको कित्ता काट भई कि.नं.२८१ कायम भएको र प्रतिरक्षी नं.४ ले पनि ०–४–१२ जग्गा खरीद गरी राजीनामा गराई लिएकोमा कित्ता काट भई कि.नं.२९६ कायम हुन गएको साथै निज प्रतिरक्षीहरूले राजीनामा गराई लिएको उक्त जग्गाहरूको जग्गाधनी दर्ता प्रमाण पूर्जाको मोही महलमा म निवेदकका पिता पे्रम धारी राउत कुर्मीको नाम समेत उल्लेख भएको छ । पिता पे्रमधारी राउत मिति २०३९।१२।१५ मा स्वर्गवास हुनुभएको र हाल उक्त कि.नं.१३२ को जग्गा मध्ये राधे महतोबाट प्रतिरक्षीहरूले खरीद गरेको हुँदा उक्त जग्गाको मोही पिता स्वर्गवास भइसक्नु भएकोले भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिम मोही हक र दायित्व निजको सगोलको छोरा म निवेदक राम जीवन राउत कुर्मी भएकोले मोही कायम गरिपाउँ भनी भिखनपुर गा.पं.को सिफारिश सहित भू.सु.का.पर्सामा मिति ०४१।२।४ मा निवेदन दिएको । स।थै उक्त जग्गाको मोही स्व.पे्रमधारीले २०२३ सालमा मोही छोडपत्रको कागज लेखी मिति २०२३।९।२८ गतेमा गा.पं.सहितको सूचना सिफारिश साविक ज.ध.राधे महतोलाई प्राप्त भइसकेको हुनाले मोहीको लगत कट्टा गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिरक्षीहरूले भू.सु.कार्यालय पर्सामा निवेदन दिनुभयो । जि. पर्सा पिप्रा घोडदौड गा.पं.को मिति २०४१।३।२३ को पत्रानुसार