निर्णय नं. २४१७ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४१७ - सवारी ज्यान भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/२० २२२९ निर्णय नं. २४१७ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं.३९६ मुद्दाः सवारी ज्यान । पुनरावेदक/वादी:प्र.ह.द्वारिका सिंहको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:ज.अं.२५ नं.बस चालक अब्दुल मजिद । फैसला भएको मिति:२०४२।६।२०।१ मा सवारी ऐन, २०२० को दफा ५१ को बर्खिलाफ सवारी हाँकेको भन्ने देखिएकोबाट ज्यानसम्बन्धीको ६ नं.अनुसार कैद महिना दश र जरिवाना रु.२५०।– सजायँ हुने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको र मोटरसाइकल क्षती भएबापत क्षतिपूर्ति रु.३,९२२।३१ भरी पाउने ठहराएको सम्म इन्साफ मनासिव ठहर्छ । क्रिया खर्च बापत सवारी ऐन, २०२० को दफा ५४(१) (क) बमोजिम दुईहजार रुपैयाँ भराउनु पर्ने । (प्रकरण नं. १९) पुनरावेदक, वादीतर्फबाट: विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. २०३५।७।२५ गते बिहान ७.१५ बजे ज.अं. २५ नं.को बस राजमार्ग रोडमा मोटरसाइकलमा धक्का लागी २ जवान सवार घाइते भएको छ भन्ने खबर पाई घटनास्थलमा आई घाइतेहरूलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको कुरा अनुरोध छ भन्ने समेत प्र.ह.द्वारिका सिंह श्रेष्ठको प्रतिवेदन । ३. अस्पतालमा भर्ना भएका २ जना मध्ये नाम थाहा नभएको १ जवानको मृत्यु भएको भन्ने बारेको प्र.शेरबहादुर श्रेष्ठको प्रतिवेदन । ४. जनकपुरबाट राजविराज जान भनी जाँदा म भन्दा अगाडि एउटा बस जाँदै थियो । मैले साइड मागेँ बसले साइड दियो अगाडि बढ्दै थिएँ मेरो अगाडिबाट मोटरसाइकल आइरहेको देखेँ । अली स्पीडमा थियो । गाडीमा ब्रेकले काम दिएन । देब्रे मोडमा बस भएकोले दाइने मोड्मै लैजाँदा बसको अगाडिको दायाँ पट्टीको बम्पडले मोटरसाइकलमा ठक्कर लाग्न गई मोटरसाइकलमा आएका दुवै व्यक्ति घाइते भए । मेरो बस खेतमा गई रोकियो । सोही चोटबाट अस्पतालमा भर्ना भएका १ जना मंगलमानको मृत्यु भएको हो भन्ने अब्दुल मजीदले प्रहरीमा गरेको कागज । ५. ढल्केवरबाट जनकपुर जान भनी साथी मंगलमानलाई राखी मोटरसाइकल हाँकी ल्याएको थिएँ दुइवटा बस सडकबाट पछिल्लो अघिल्लो बसलाई उछिन्ने प्रयास गर्दै आइरहेका थिए । मलाई देखेपछि अघिल्लो बसले साइड दियो पछिल्लो बस एकासी फुत्त निस्क्यो र पूर्वतिर हानियो मोटरसाइकल रोकियो फुत्त निस्केको बस हामीनिर आइरहेको देखेपछि म बेहोस भएँछु अस्पतालमा आई सकेपछि मोटरसाइकल समेत क्षतीग्रस्त भएको थाहा भयो भन्ने समेत व्यहोराको कृष्णबहादुर अधिकारीको बयान । ६. जनकपुरबाट वीरगञ्ज जाँदै थिएँ । ज.अं.२५ नं.को बसले मुजेलीया देखि मेरो पिछा गर्दै आइरहेको थियो साइड मागेको थिएन । मेरो अगाडि बयलगाडा बिस्तारै जाँदै र अगाडिबाट एउटा मोटरसाइकल आउँदै थियो । पछिल्लो बसले मलाई ओभरटेक गर्दा बस र मोटरसाइकलको ठक्कर लागेछ । आवाज सुनी मोटर रोकी हेर्दा दुर्घटनामा परेको मोटरसाइकलमा आएका व्यक्तिहरू घाइते भएकोले अस्पतालमा ल्याई प्रहरीलाई खबर गरिदिएको हुँ । मैले निजलाई दिएको थिएन मेरो बस ५०।५५ को रफ्तारमा थियो भन्ने समेत व्यह