निर्णय नं. २४१८ - अधिकार प्रेक्षायुक्त उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४१८ - अधिकार प्रेक्षायुक्त उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/२१ २०४५ निर्णय नं. २४१८ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं.१७७६ विषय:अधिकार प्रेक्षायुक्त उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक :का.जि.का.नगर पंचायतवडा नं.२१ ।३२५ ठमेल बस्ने हेटौंडा सिमेन्ट उद्योग लि.को तह पाँचको वरिष्ठ सहायक उज्वल नरसिंह राणा समेत जना ८८ । विरुद्ध विपक्षी :हेटौंडा सिमेन्ट उद्योग लि. हेटौंडा । श्री ५ को सरकार,उद्योग विभाग,त्रिपुरेश्वर । श्री ५ को सरकार,अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा,वागदरवार । हेटौंडा सिमेन्ट उद्योग लि.हेटौंडा मार्फत हाल ऐ. मा कार्यरत हरिहर भक्त शर्मा । ऐ.मार्फत ऐ. मा हाल ऐ.मा कार्यरत नरेन्द्र शर्मा । ऐ.मार्फत हाल ऐ. मा कार्यरत दिपमान श्रेष्ठ । ऐ.मार्फत हाल ऐ. मा कार्यरत अर्जुन देव सिंह परमार । ऐ.मार्फत हाल ऐ.मा कार्यरत गणेश प्रसाद दाहाल । ऐ. मार्फत हाल ऐ. मा कार्यरत गोविन्द लाल श्रेष्ठ । ऐ.मार्फत हाल ऐ.मा कार्यरत श्याम प्रसाद उपाध्याय । ऐ.मार्फत हाल ऐ.मा कार्यरत लक्ष्मी बहादुर राजभण्डारी । ऐ.मार्फत हाल ऐ.मा कार्यरत नन्दसिंह साउद । आदेश भएको मिति:२०४२।६।२१।२ मा सम्भाव्य हकको प्रचलन गराउने माध्यम रिट क्षेत्र होइन । (प्रकरण नं. १२) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना र श्री मुकुन्द रेग्मी र विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. हामी निवेदकहरू प्रत्यर्थी हेटौंडा सिमेन्ट उद्योग लि.को सेवामा विगत वर्षहरूदेखि विभिन्न तह तथा पदहरूमा कार्यरत रही आएका छौं । हामी निवेदकहरू सेवामा रहेको प्रत्यर्थी उद्योगले संस्थामा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त स्वीकार गरेको छ र हामी निवेदकहरूको नियुक्ति उक्त सामान्य सिद्धान्तमा दर्शित कार्यविधि र प्रकृया अपनाइएको छ । हामी निवेदकहरू मध्ये सबैले नै आफू बहाल रहेको पदमा नियुक्ति तथा बढुवा हुनको लागि उक्त सामान्य सिद्धान्तमा निर्धारित न्यूनतम योग्यता हासिल गरे पश्चात निर्धारित प्रकृया र कार्यविधि अनुरुप नियुक्ति र बढुवा पाएका छौं । तर यसै बीच खारेज गरिएको धान चामल कम्पनीको विभिन्न तहका कर्मचारीहरूलाई पनि सरुवा गर्न तय गरिएको रहेछ । उक्त निर्णय र परिपञ्च अनुसार सेती महाकाली धान चामल कम्पनीबाट १ जना, सगरमाथा धान चामल निर्यात कम्पनीबाट ४ जना, मेची धान चामल कम्पनीबाट १ जना, जनकपुर धान चामल कम्पनीबाट १ जना, नारायणी धान चामल निर्यात कम्पनीबाट १ जना, र कोशी धान चामल निर्यात कम्पनीबाट १ जना, समेत गरी जम्मा ९ जना कर्मचारीहरूलाई विभिन्न तह र पदमा हामी निवेदक सेवारत प्रत्यर्थी उद्योगमा सरुवा गरिएको रहेछ, यस बारेमा प्रत्यर्थी उद्योगले ०४०।७।८ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको रहेछ । लोकसेवा आयोगद्वारा तयार गरिएको सामान्य सिद्धान्तमा नि