निर्णय नं. २४१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१५ २०२१ निर्णय नं. २४१९ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको रिट नं. १७८५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.सर्लाही जव्दी गा.पं.वा.नं. ५ बस्ने मान बहादुर कार्की । विरुद्ध विपक्षी :भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय, सर्लाही । जि.स.जब्दी गा.पं. वा.नं.५ बस्ने मुखलाल खां थारु । आदेश भएको मिति:२०४२।७।१५।५ मा दावी नै नभएको कुरामा प्रत्यर्र्थी भू.सु.का.सर्लाही आफैंले मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने भनी गरेको प्रत्यर्थि भूमि सुधार कार्यालय सर्लाहीको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय सर्लाहीको मिति ०४१।७।२६ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. जि.स.जब्दी गा.पं.वा.नं.६(क) कि.नं.२६ को ज.वि.१–७–८ को म निवेदक मोही हुँ जग्गाधनी मुखलाल खाँ थारु हुनुहुन्छ । २०३९ सालको बालीमा विपक्षीले बेदखली गरेकोले निवेदन गरेकोमा ०३९।११।१२ का दिन बेदखली नठहर्ने भनी निर्णय भयो ०४० सालको बाली म आफैं लगाई भोगेको थिएँ । ०४१ सालको धानबाली लगाउने बेलामा विपक्षीले पुनः बेदखली गरेको हुँदा उजूर गरेको थिएँ । विपक्षीले ०२७ सालदेखि म आफैंले कमोद गरी आएको छु भन्ने प्रत्युत्तर दिनु भएकोमा प्रत्यर्थी कार्यालयबाट सरजमीनले जग्गाधनीले खरीद गरेदेखि कमोद गरी आएको बाली बुझाएको भर्पाई नभएको यस अघि पनि बेदखली ठहर नभएको भन्दै बेदखली नठहर्ने र मोहियानी हक समेत समाप्त हुने भनी ०४१।७।२६ मा निर्णय गरेको छ । ३. मोही बेदखलको उजूरमा मोही बेदखली कै विषयमा सीमित रहेर निर्णय हुनुपर्नेमा विवाद भन्दा पर गएर मोही हक समाप्त हुने गरी गरेको निर्णय न्यायिक परिपाटी एवं प्रतिपादित सिद्धान्त विपरीत छ । कानुनले तोकेबमोजिम बाहेक जवरजस्ती मोहीलाई निष्कासन गर्न मिल्दैन। मेरो मोही हक जग्गामा विपक्षीले बेदखल गरेमा सावितै रहेको अवस्थामा विपक्षीलाई सजाँय मलाई क्षतिपूर्ति नदिने गरेको भू.सं.ऐन, ०२१ को दफा ३२– १(क)(ख) को प्रत्यक्ष त्रुटि भएको छ। सरजमीनको आधारमा मेरो मोही हक जान सक्दैन कुत बुझाएको भर्पाई यस मुद्दाको आधार बन्न सक्तैन । अतः उत्प्रेषणको आदेश जारी गरी निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीसँग लिखिन जवाफ लिई पेशगर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको ०४१।१०।१२ को आदेश । ५. उक्त जग्गा ०२७ सालमा मेरो हकमा आएको देखि अवछिन्न मैले जोत भोग गर्दै आएको छु । ०२७ सालमा विपक्षी स्वयं भू.सु.का.समक्ष गई छोडपत्रको निवेदन दिएका हुन् । बेदखलीको दावी झुठ्ठा हो । मोही हक छोडपत्र गर्न निवेदन दिएको हैन भनी रिट निवेदनमा जिकिर लिन नसकेबाट स्पष्ट छ । कार्यालयको कारणले लगतकट्टा नहुँदैमा मेरो हकमा प्रतिकूल असर पर्ने होइन बेदखल नठहराउने र मोही लगत कट्टा गर्ने भू.सु. का.को निर्णय कानुन अनुकूल छ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मुखलाल खाँको लिखिन जवाफ । ६. मोहीबेदख