निर्णय नं. ७०५६ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०५६ - जालसाजी भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०७/२८ ३७७८ निर्णय नं. ७०५६ ने.का.प.२०५९ अङ्क १/२ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत २०५७ सालको फौ.पु.ई. नं..... १४ फैसला मितिः २०५८।७।२८।३ मुद्दाः– जालसाजी । पुनरावेदक प्रतिवादीः काठमाडौं जि. काठमाडौं महानगरपालिका वडा नं.२० वस्ने पूर्णमुनि ताम्राकार समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ. ऐ. वडा नं. १९ यटखा वस्ने रत्न भन्ने रत्नकाजी ताम्राकार § विवादित जग्गा प्रतिवादीहरुले दर्ता गराएको जानकारी पाइसकेकोमा नक्कल लिई थाहा पाएको भन्ने अवस्था नहुने । § २०३९ र २०४० सालमा भए गरेको कार्यमा मिति २०४४।१०।११ मा फिराद परेकोलाई हदम्याद भित्रको भन्ने अवस्था नदेखिने । (प्र.नं.१४) पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री शंभु थापा प्रत्यर्थी वादी तर्फबाटः विव्दान अधिवक्ताहरु श्री वद्रिप्रसाद शर्मा, श्री प्रकाश वस्ती र श्री लोकभक्त राणा अवलम्वित नजिरः ने.का.प. २०५५, अ.क ११, नि.नं. ६६२५, पृष्ठ ६३६ फैसला न्या.हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासको मिति २०५७।९।३ को फैसलामा माननीय न्यायाधीशहरुको रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. मेरो साख्यै बाजे नन्द तमोटका नाउँमा मौजा लाजिम्पाटको यटखा २२८ नं. पोता २०२२।३।१६।४ मा हा.नं. ४३१ मा हाल मोही नन्द तमोट का.इ यटखा बहाल भन्नेमा पादेपा रो. ६ जनिई दर्ता भएको र सर्भेको नापीमा समेत सोबाट भिडि का.जि.का.न.पं. वडा नं. २२ च.कि.नं. ३२ क्षेत्रफल १–८–०, धनहर सिम मोही रामकृष्ण प्रजापती, ऐ. कि.नं.३४ क्षेत्रफल १५२ धनहर सिम मोही पुनकाजी प्रजापती ऐ. कि.नं. ३५ क्षेत्रफल ०४० ऐ.कि.नं. ३६ क्षेत्रफल १८०, ऐ. कि.नं. ३७ क्षेत्रफल १८१ कि.नं. ४१ को क्षेत्रफल ०६२, ऐ.कि.नं ४२ क्षेत्रफल १११३, ऐ. कि.नं. १४ क्षेत्रफल ०–८–२ थान सिं दश नारायण प्रजापती का.इ टंगाल, ऐ. कि.नं. १५ क्षेत्रफल १–१४–३ धान दोयमको मोहीमा ऐ. कायम भई कित्ता नं. को व्यहोरामा भुलबाट विपक्षी मध्येका पुर्णमणी ताम्राकार तिरो तिरी जोती आएको भनि लेखाएतापनि कैफियत महलमा का. माल दोश्रा हा.नं. ४३१ मौजा लाजिम्पाट पोदेपा ६।४४१४।६४ नन्द तमोडका नाउँको भन्ने र जग्गाधनीको नाम थर वतनको महलमा दर्तावाला नन्द तमोट परलोक भई निजको हक खाने नाति पूर्णमणी ताम्राकार भनि लेखाइएको व्यहोराबाट समेत मेरो बाजे नन्द तमोटका नाउंको दर्ताको खलाबाट भिडी सर्भे नापीमा उल्लेखित कित्ताहरु कायम भएको हो । उक्त कित्ताहरुमा विपक्षीहरुको हक लाग्ने तथा पुग्ने होइन । त्यस्तोमा काठमाडौं नगर पंचायत वडा नं. २० बाट सिफारिश माँग गर्दा नन्द तमोटका हक खाने हामी दुई दाजुभाई मात्र हौं भन्ने व्यहोराको झुठ्ठा निवेदन दिई सोही आधारमा कि.नं. १४ र १५ दर्ता गराई जालसाजी कार्य गरेकोले यो फिराद गर्न आएको छु । तसर्थ मिति २०३९।६।१३ मा सिफारिश लिएको कार्य समेत जालसाजी हुँदा विपक्षीहरुलाई ऐ. को १० नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. जेठा बाजे नन्द तमोटका हामीहरु हक खाने हकदार भएको हुँदा सोही अनुरुपको नाता प्रमाणका जि.का. काठमाडौंबाट प्राप्त गरी रै.प. एवं जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम नाप नक्सा हुँदा प्र. मध्येका पुर्णमुनिको नामम