निर्णय नं. २४२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१५ २०६२ निर्णय नं. २४२० ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको रिट नं. १७८४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक : जि.सर्लाही जब्दी गा.पं.वार्ड नं.५ बस्ने मान बहादुर कार्की । विरुद्ध विपक्षी : भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय,सर्लाही । जि.सं.जब्दी गा.पं. वा.नं.५ बस्ने मुखलाल खाँ थारु । आदेश भएको मिति : २०४२।७।१५।५ मा मोही बेदखली गरे भन्ने मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने ठहर्छ भनी गरेको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत विपक्ष तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.का.सर्लाहीको ०४१।७।२० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जि.सर्लाही जव्दी गा.पं.वार्ड नं. ६ (ख) कि.नं.४५ को ज.वि.०–१०–८ को म मोही हुँ। विपक्षी चन्द्र प्रसाद जग्गाधनी हुनुहुन्छ । ०३९ सालको बालीमा विपक्षीले बेदखली गरेकोले निवेदन गरेकोमा ०३९।११।१२ का दिन सजाँय नपर्ने निर्णय गरे पनि ०४० सालको बाली लगाई भोगेको ०४१ सालको धान लगाउने बेला बेदखल गरेको हुँदा विपक्षी कार्यालय समक्ष उजूर गरेको थिएँ । विपक्षीले ०२९ सालमा भैरवप्रसादसँग खरीद गरी लिएपछि म आफैंले कमोद गरी आएको छु भन्ने प्रतिउत्तर दिनु भएकोमा प्रत्यर्र्थी कार्यालयले बेदखली नठहर्ने र मोहियानी हक समेत समाप्त हुने निर्णय गरेको छ । ३. मोही बेदखलीको उजूर परेकोमा त्यसमा सीमित रही निर्णय हुनुपर्नेमा दावी भन्दा पर गएर मोही हक समाप्त हुने गरी गरेको विपक्षी कार्यालयको निर्णय न्यायिक परिपाटी एवं प्रतिपादित सिद्धान्त विपरीत छ । कानुनले तोकेबमोजिम बाहेक जबरजस्ती निष्कासन गर्न मिल्दैन । मेरो मोही हकको जग्गामा विपक्षीले बेदखल गरेमा सावितै रहेको अवस्थामा विपक्षीलाई सजाँय एवं मलाई क्षतिपूर्ति नदिने गरेको भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३२–१ (क) र (ख) को प्रत्यक्ष त्रुटि छ । सरजमीनको आधारमा मेरो मोही हक जान सक्दैन । यस मुद्दामा कुत बुझाएको भर्पाई नभएको भन्ने असान्दर्भिक छ । पहिला बेदखली नठहरेको अर्को सालको बेदखलीको लागि आधार बन्न सक्दैन । उत्प्रेषण वा आज्ञा, आदेश जारी गरी ०४१।७।२० को निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर । ४. विपक्षीसँग लिखिन जवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको ०४१।१०।१२ को आदेश । ५. जग्गा खरीद गरेदेखि हालसम्म जग्गाधनीले नै जोतकोड गरेको सबूद प्रमाणबाट ठहरिन आएकोले यति लामो अवधिसम्म जग्गाको कमोद नगर्ने मोहीलाई मोही कायम राखी रहन समेत नमिल्ने हुँदा मोही बेदखली नठहराई मोही निष्कासन गरेको यस कार्यालयको निर्णयबाट निवेदकको हक हनन् नभएकोले रिट खारेज गरिपाउँ भन्ने समेत भू.सु.का. सर्लाहीको लिखिन जवाफ । ६. भू.सु.का.सर्लाहीको निर्णय कानुन अनुकूल छ । विपक्षीले जग्गा कहिल्यै कमाएको छैन । विवादको जग्गामा प्रत्यर्र्थीले घडेरीको रुपमा प्रयोग गरी आएको छ । कानुन बमोजिम गरिएको सरजमीन बदर गराउन सकिएको छैन । ०३९ सालको मोही बेदखली गरेको नदेखिएको ठहर गरेको निर