निर्णय नं. २४२१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४२१ - अंश भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१६ २३१० निर्णय नं. २४२१ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव २०४१ सालको दे.पु.नं. ६४८ मुद्दा : अंश । पुनरावेदक/वादी: तनहुँ जिल्ला बन्दीपुर गा.पं. वार्ड नं. ३ घर भई हाल चितवन जिल्ला भरतपुर नगर पञ्चायत वार्ड नं.३ बस्ने रवि कुमार प्रधान । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने केदारकुमार प्रधान । फैसला भएको मिति: २०४२।७।१६।६ मा घर जग्गाहरू आफ्नो–आफ्नो नाममा ७ नं.लगत भरेको बिक्री व्यबहार गरेको नापीमा दर्ता गरेको समेत प्रमाणहरूबाट वादीका बाबु छँदै अघि नै अंशबण्डाको ३० नं.बमोजिम अंशबण्डा भई छुट्टा छुट्टै भोग दर्ता व्यवहार गरेको भन्ने देखिन आयो । यस स्थितिमा अंश पाउनु पर्छ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२) पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाः फैसला न्या.धनेन्द्र बहादुरसिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।५।२१।५ को निर्णय उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : २. विष्णु कुमारका २ श्रीमती मध्ये जेठी मानकुमारी तर्फबाट २ छोरा जन्म भएकोमा जेठा मेरा बाबु उत्तरकुमार कान्छा विपक्ष केदारकुमार, कान्छी पुतलीदेवी तर्फका श्यामकुमार, यमुनाकुमार, उज्जैनकुमार र मणीकुमार समेत ४ भाइ छोरा जायजन्म भएको सोही बमोजिम बण्डा लगाई २०१२ सालमा बन्दीपुर मालबाट बण्डा पारित भएको छ भन्ने सुनेको छु । बाबा २०२२ सालमा परलोक हुनुभयो विपक्ष कान्छा बाबुले पालन पोषण गरी हुर्काउनु भयो । यही २०४० साल भाद्र २२ गते मेरा बाबु तर्फको अंश दिनु होस भन्दा नदिएकोले फिराद दर्ता हुँदाका अघिल्ला दिनसम्मको चल अचल श्रीसम्पत्ति फाँटवारी लिई २ भागको १ भाग मेरो तर्फको अंश दिलाई पाउँ भन्ने फिराद दावी । ३. मैले विपक्षीलाई अंश दिनु पर्ने होइन । वादीका पिताजी तथा मेरा दाजु उत्तमकुमार जीवित छँदाकै अवस्था २०१६ साल फाल्गुण १५ गते घरसारमा नरम गरम मिलाई चल अचल बण्डा गरी आफ्नु–आफ्नु भाग भोगचलन तिरो गरी आएको हो । २०२९ सालमा सर्वे नापजाँच हुँदा विपक्ष वादी रवीकुमारका नाउँमा बन्दीपुर आदर्श गा.पं.वार्ड नं. ३ (क) कि.नं.२३२, २३४ वार्ड नं.३ (ग) कि.नं.४१, ४३ मा दर्ता गरी स्वयं विपक्षीले ज.ध.प्र.पूर्जा लिई भोगचलन गरी आएका छन् । अंश छुट्टी सकेको दाजुको छोरा यो वादीलाई मैले अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादीले बाबु उत्तमकुमार निजको आमा र केदारकुमार २०१६ सालमा भिन्न भएका हुन् भनी प्रतिवादीका साक्षीहरूले बकी लेखाई दिएको समेतबाट अंशबण्डाको ३० नं.अनुसार अघि नै अंश भइसकेको प्रमाणित भइसकेको देखिँदा अंश पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने मिति ०४०।१२।१७ को चितवन जिल्ला अदालतको फैसला । ५. अ.बं.१३९ नं.बमोजिम दिलकुमारीलाई बुझी इन्साफ गर्नु पर्नेमा सो समेत नबुझी अंश छुट्टिएको ठहर गरी गरेको फैसला बदर गरी फिराद दावी बमोजिम अंश दिलाई पाउँ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ । ६. भूमिसम्बन्धी ऐनमा व्यवस्था भएबमोजिम १, ७, ४ नं.बमोजिमका फारामहरू भरी दाखिल गरेको भनी