निर्णय नं. २४२२ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४२२ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१६ २०३८ निर्णय नं. २४२२ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. २२६५ विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :सप्तरी जिल्ला धनगढी गा.पं.वडा नं.२ बस्ने शंकर शाह । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय सप्तरी । जिल्ला सप्तरी धनगढी गा.पं.वडा नं.२ बस्ने भूल कुनवती शाह । फैसला भएको मिति:२०४२।७।१६।६ मा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुनसक्ने भन्ने व्यवस्था गरेको नपाइने । (प्रकरण नं. १२ र १३) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षी तर्फबाट :विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय सप्तरीको मिति २०४१।१।१३ को निर्णय बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. निवेदकको नाममा दर्ता रहेको जिल्ला सप्तरी धनगढी गा.पं.वडा नं.२ अन्तर्गतको कि.नं.१४२ के जग्गा विगहा ०–५–१।२ विगहा उत्तरतर्फबाट कमाई मोहीको ४ नं.जो.अ.नि.समेत मेरा पतिले प्राप्त गर्नु भई मेरो पतिले कुत बुझाई आउनु भएकोमा सर्वेमा मोही दर्ता गराउन निजबाट छुट भएको र पति स्वर्गवास भएको हुँदा विपक्षी नं.२ ले म जग्गाधनीलाई कुत बुझाई भर्पाई समेत गरिदिनु भएको २०३९ सालको कुत गा.पं.कार्यालयमा छ उक्त जग्गाको मोही भएकोले मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने विपक्षी नं.२ को विपक्षी नं.१ को कार्यालयमा परेको दावीको निवेदनपत्र । ३. विपक्षी नं.२ र निजको पति उक्त कि.नं.१४२ को जग्गा विगहा ०–५–१।२ को साविक जग्गाधनीहरू मुसहरू चौधरी त्यसपछि निजको छोरा अनिरुद्धको पालादेखि मोही होइन । वादी लेखमा उल्लेख गरेको क्षेत्रफलको जग्गा अर्को कि.नं.को हो कि.नं.१४२ को जग्गा म स्वयंले जोतकोड गरेकाले सो जग्गामा विपक्षी मोही नभएकोले वादी दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तरपत्र । ४. २ नं.अनुसूचीबाट मृतक कंचनशाह तेली मुसहरी चौधरीको ०–१०–० मोही देखिएको। निवेदिकाको भागबाट कि.नं.१४२ को पश्चिम उत्तरबाट ०–५–१।२ मोहियानी हकको दावी गरेको र कागजात तथा प्रतिवादीको बयानबाट कि.नं.१४२ मुसहरको छोरा अनिरुद्रबाट विपक्षीले २०३७।३।२० मा पारीत गरी लिएको र कि.नं.२५० को ०–५–७ निवेदिकाले कमाएको भन्ने कुरा विपक्षीले समेत मन्जूर गरेको देखिएको हुँदा नामसारी हुन नपर्ने वा वादी मोही होइन भन्ने प्रमाण जिकिर लिन नसकेको । २०३५ सालको कुत बुझाएको भर्पाई २०३५।९।९।२ मा सनाखतबाट समेत विपक्षीले मलाई होइन भन्न नसकेबाट उक्त कित्ताको निवेदिका मोही हुँदा दर्ता नामसारी गरिदिने निर्णय मिति २०४१।१।१३ मा भूमि सुधार कार्यालय सप्तरीबाट भयो । उक्त विवादित जग्गा कि.नं.१४२ मा विपक्षीका पतिले मोहियानी कमाएको छैन । भू.सु.का.बाट विपक्षीलाई दिइएको २०४०।२।२५ को मोहियानी हकको प्रमाणपत्र कि.नं.१४२ को कतै उल्लेख छैन। प्रत्यर्थी उक्त जग्गाको मोही भएको भए सर्भे नापी हुँदा जग्गा नाप जाँच ऐन, २०१९ दफा ६ बमोजिम मोहियानी भएको कुरा प्रमाणित भएको लेखाउनु पर्नेमा सो समेत लेखाउन सकेको छैन। विपक्षी नं.२ को पति मोही नै नभएकोले दफा ८(३) र नि