निर्णय नं. २४२३ - उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४२३ - उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०७/१८ २०८२ निर्णय नं. २४२३ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ को रिट नं. १५७९ विषय : उत्प्रेषणयुक्त परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.दाङ रामपुर गा.पं.वार्ड नं.७ नयाँ गाउँ बस्ने शोभाराम पाण्डे । विरुद्ध विपक्षी :गाउँ न्यायिक समिति रामपुर गा.पं.कार्यालय दाङ । जिल्ला पञ्चायत न्यायिक समिति जि.पं. कार्यालय दाङ १ जिल्ला दाङ रामपुर गा.पं. वार्ड नं. ७ बस्ने द्रोणचार्य पन्त १ ऐ.ऐ बस्ने राम बहादुर मल्ल १ ऐ.ऐ बस्ने वेद प्रसाद कुँवर १ ऐ.ऐ बस्ने माधव घिमिरे १ ऐ.ऐ बस्ने कृष्ण प्रसाद पाण्डे १ ऐ.ऐ बस्ने रुद्र बहादुर डागी १ ऐ.ऐ वडा नं. ६ बस्ने लिलाधर धिताल १ ऐ.ऐ बस्ने रमेश बहादुर राउत १ ऐ.ऐ बस्ने तुलसी राम घिमिरे १ ऐ.ऐ बस्ने तिलक राम भण्डारी १ ऐ.ऐ बस्ने शिव कुमार रिजाल १ ऐ.ऐ वडा नं.७ बस्ने बालचन्द्र पाण्डे १ ऐ.ऐ बस्ने राम चन्द्र पाण्डे १ ऐ.ऐ बस्ने माधव पाण्डे १ ऐ.ऐ बस्ने दिला राम भट्टराई १ ऐ.ऐ बस्ने हुजे सुनार १ ऐ.ऐ बस्ने गुरु प्रसाद सुनार १ आदेश भएको मिति:२०४२।७।१८।१ मा वादी दावी भन्दा अलग कुराको निर्णय गरेको जि.पं.न्यायिक समितिको निर्णय प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः जिल्ला पञ्चायत न्यायिक समितिको मिति ०४१।६।३० को समेतको निर्णय बदर गरी पाउं भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. विपक्षी मध्येका बालचन्द्र तथा रामचन्द्रका पिता विष्णुप्रसादले अघि म समेतकाउपर कुलो काटिदियो भन्ने विषयको मुद्दा दिएकोमा चरंगे दहको पानी नयाँ गाउँलाई नै अपर्याप्त हुँदा मोहनी कोटमा विष्णुप्रसादले पानी लान नपाउने ठहरी ०१२।६।७ मा नेपाल प्रधान न्यायालय सिंगल बेञ्जबाट फैसला भई अन्तिम भई रहेकोमा सो चरंगेदहको पानी मोहनीकोटसमेतमा सिंचाई गर्नेगरी ०३७।७।२१ मा विपक्षीहरूले मिलापत्र गरेकोबाट नयाँगाउँ मौजाका म समेतका जग्गाधनीलाई मर्का पर्ने हुँदा सो मिलापत्र बदर गरिपाउँ भनी विपक्ष रामपुर गा.पं.मा फिराद दिएकोमा विपक्षमध्येका बालचन्द्र र दिलाराम भट्टराई २ जनाको मात्र अनियमितरुपमा बयान भई अन्य प्रतिवादीहरूले म्यादै गुजारी बसेका थिए । निज बालचन्द्र र दिलारामले २०१२।६।७ मा प्रधान न्यायालयबाट मोहनी कोटले पानी नपाउने ठहर भएपछि चरंगेदहको पानी पहलहबाट दुवै मौजाले सिंचाई योजनाले चरंगे दहमा पक्कि बाँध बाँधी एक मोहडा पानी नयाँ गाउँतर्फ र एक मोहडा पानी मोहनी कोटतर्फ सिंचाई गर्ने योजनाबाट व्यवस्था भएकोमा पहलहबाट पानी बाँकी आएकोमा ०३७ सालमा खिचोला भएबाट गाउँँ पञ्चायतमा निवेदन दिँदा ०३७।७।२१ मा मिलापत्र भई मिलापत्र अनुसार पानी पटाई आएको हो भन्ने समेत झुठ्ठा कुराहरू समेत दर्शाई बयान गरेको । ३. विपक्षी गाउँ न्याय समितिले मिलापत्र अनुसार आधा आधा पानी बाँड्दा बुका मौजालाई मर्का नपर्ने भएकोले मिलापत्र बदर नगर्ने भनी ०४०।५।२७ मा फैसला गरे उपर मेरो पुनरावेदन परेकोमा विपक्ष जिल्ला पञ्चायत न्यायिक समितिबाट नेपाल प्रधान न्यायाल