निर्णय नं. २४२४ - टिकटको रुपैंया दिलाइ पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४२४ - टिकटको रुपैंया दिलाइ पाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०५/२३ २०५५ निर्णय नं. २४२४ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ३९७ मुद्दा : टिकटको रुपैंया दिलाइ पाउँ । पुनरावेदक/वादी: का.जि.कान्तिपथमा स्थापना भएको शाहि नेपाल वायु सेवा निगमको तर्फबाट शा.ने.वा.नि.का निर्देशक ल.पु.जि.नकवहिल बस्ने गङ्गा बहादुर श्रेष्ठ । विरुद्ध विपक्षी/वादी:सिद्धार्थ ट्राभल्स टुर्स प्रा.लि.काठमाडौं का.जि.कान्तिपथ । ऐ.का संचालक का.जि. कालीकास्थान ब्लक नं. ७१/२३६ बस्ने सोमन संशेर ज.ब.रा । ऐ.ऐ का मन मोहन सम्शेर ज.ब.रा. । ऐ.ऐ का.जि.का.नगर पंचायतवडा नं.२७ भेडासिंङ बस्ने राजेन्द्र प्रसाद तिव्रेवाला । ऐ.ऐ बस्ने निरन्जन कुमार तिव्रेवाला । ऐ.ऐ बस्ने शरण रत्न स्थापित । फैसला भएको मिति:२०४२।५।२३।१ मा ऐनले नै स्पष्ट रुपमा अधिकारक्षेत्रको निर्धारण गरेको भन्दा बाहेकको मुद्दा जिल्ला अदालतले शुरु कारवाही किनारा गर्ने अधिकारक्षेत्र प्रयोग गरी हेर्न पाउने नै देखिन्छ । (प्रकरण नं. १९) पुनरावेदक वादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षी वादी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा. उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. विपक्षी सिद्धार्थ ट्राभल्स एण्ड प्रा.लि.ले शा.ने.वा.नि.सँग बिक्री गर्न टिकटहरू प्राप्त गरी बिक्री समेत गरेको जम्मा रु. २,४०,१०६।१६ को टिकटहरू बिक्री गरी सो रकम विपक्षीले राखेको बैंक डिपोजिट समेत कट्टा गर्दा रु.१,७८,७३७।८७ पैसा विपक्षीले बुझाउनु पर्ने सो नबुझाएको हुँदा बुझाउनु पर्ने उपरोक्त रकमहरू १,७८,७३९।८७ लेनदेन व्यवहारको ६ नं.अनुसार सयकडा १०।– सम्म भरी पाउने हुनाले फिराद गर्दा सम्मको सयकडा १०।– ले ब्याज रु.८,४३७।६८ र साँवा रु १,७८,७३९।८७ समेत जम्मा रु.१,८७,१७७।५५ फैसला र भरी पाउँदाको मिति सम्मको व्याज समेत विपक्षहरूबाट यस निगमलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादीको फिराद कम्पनी ऐन, ०२१ बमोजिम भएको हो । कम्पनीलाई मार्च, १९७९ मा लेख्नु भएको पत्रमा कम्पनीले स्वीकार गरे पछि ६ अप्रील १९७९ मा सम्म फिर्ता प्राप्त गरेको हो विपक्षीले दावी लिएको बिक्री रकम पनि मिल्दैन । फिरादमा रु.५०,०००। भन्दा माथिको दावी छ जबकी रु.५०,०००।– भन्दा माथिको रकमको टिकट दिइने छैन भन्ने शर्त रहेको छ । करार ऐन, ०२३ को दफा १८ अनुसार बाँकी रकम देखिँदा साथ उजूर गर्नुपर्ने कारण हुन आएको छ । ३ महिना नाघेपछि करार ऐनले नालेश गर्ने अधिकार नै छैन । यसरी फिराद नै कानुन विपरीत हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मनमोहन ज.ब.रा.को प्रतिउत्तरपत्र । ५. मिति ०३५।१२।३ मा नै हामीले उक्त कम्पनीको संचालकबाट नै राजीनामा दिएको ०३५।१२।२४ मा स्वीकृति भएको हाम्रो नाममा दर्ता भएको शेयर पनि थुम्टेन गुरुड्डका नाउँमा नामसारी भएको र हाम्रो नाममा नाफा नोक्सान कुनैमा पनि हक नभएको हुनाले ०३५।१२।२४ को लिखतबाट हाम्रो कुनै सम्बन्ध छ