निर्णय नं. ०९०५ - रजिष्ट्रारबाट भएको दरपिठ आदेश बदर गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ०९०५ - रजिष्ट्रारबाट भएको दरपिठ आदेश बदर गरी पाउँ । भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०९/०५ २८७६ निर्णय नं. ७०५७ ने.का.प.२०५९ अङ्क १/२ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी सम्वत् २०५८ सालको पू.ई.नि. नं. २ आदेश मितिः २०५८।९।५।५ विषय : रजिष्ट्रारबाट भएको दरपिठ आदेश बदर गरी पाउँ । निवेदकः शरदराज सापकोटा विरुद्ध विपक्षीः लिलादेवी क्षेत्री समेत § रिट निवेदकको मिति २०५६।१०।७ मा मृत्यु भएको र निजले राखेको वारिसले मिति २०५६।८।२४ वाट पटक पटक तारिख लिएको र मिति २०५८।६।१५ को तारिखका दिन रिट निवेदन सकार गर्न रिट निवेदकका दैयादारले दिएको निवेदन अ.वं. ६२ नं. को देहाय ३ मा उल्लेखित म्याद भित्र दिएको भन्न नमिल्ने । (प्र.नं. ४) निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश सम्माननीय प्रधानन्यायाधीशको मिति २०५८।९।२ को आदेशानुसार यस इजलासमा पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदन व्यहोरा समेत अध्ययन गरी निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस समेत सुनियो । २. यसमा निवेदकका पिता धनराज सापकोटाले यस अदालतमा रिट निवेदन दायर गरी कारवाही चलिरहेको अवस्थामा पिताको मिति २०५६।१०।७ मा स्वर्गारोहण भएको र वारेस यमबहादुर क्षेत्रीले अद्यावधि तारेख लिइरहनु भएकोमा अहिले मात्र वारेस र कानून व्यवसायी मार्फत उक्त मुद्दा चलिरहेको थाहा पाएकोले अ.वं. ७० र ६२ नं. वमोजिम मुद्दा सकार गराई पाउँ भनी मिति ०५८।६।१५ मा निवेदन परेको देखिन्छ । उक्त निवेदन दरपीठ गर्दा निवेदकले कानूनले व्यवस्था गरेको म्याद भित्र मुद्दा सकार गर्न आएको नदेखिँदा माग बमोजिम मुद्दा सकार गराउन मिलेन भनी सह रजिष्ट्रारले मिति २०५८।६।१५ मा गरेको दरपीठ आदेश उपर परेको निवेदनमा यस अदालत एक न्यायाधीशको इजलासबाट रिट निवेदक धनराज सापकोटाको मृत्यु भएको मितिले अ.वं. ६२ नं. को देहाय ३ को म्याद भित्र मुद्दा सकार गर्न निवेदन परेको भन्न मिल्ने नदेखिँदा म्याद नाघी परेको निवेदनबाट सकार नगराई दरपिठ गरेको सह–रजिष्ट्रारको आदेश मनासिव ठहर गरी यस्तै विषय वस्तु समावेश भएको संवत् २०५८ सालको निवेदन नं. ७४४ को निवेदनमा अ.वं. ६२(३) को म्याद भित्र मुद्दा सकार गर्न नआएको भनि सह–रजिष्ट्रारबाट भएको दरपीठ आदेश वदर गरी मुद्दा सकार गराउने गरी यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०५८।५।१३ मा भएको आदेश सँग असहमति जनाई अ.वं. ६२ नं. को देहाय ३ को व्याख्याका सम्बन्धमा निश्चित सिद्धान्त कायम गर्न पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश बमोजिम सम्माननीय प्रधानन्यायाधीशको मिति २०५८।९।२ को आदेशानुसार प्रस्तुत निवेदन यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । ३. मुद्दाको पूर्पक्षको लागि अरुलाई वारेस नियुक्त गरेकोमा वारेस दिने व्यक्तिको मृत्यु भएमा उसका दैयादारले सो मुद्दा आफै सकार गर्न वा पहिलेको वारेस वदली अर्को वारेस राख्न पाउने कानूनी व्यवस्था मुलुकी ऐन, अदालती वन्दोवस्तको महलको ७० नं. मा गरिएको देखिन्छ। सोही महलको ६२ नं. को देहाय ३ मा मुद्दाका म्याद तारीखमा हाजिर हुनुपर्ने व्यक्ति मरी वा वौलाहा वा वेपत्ता भई म्याद तारेख गुज्रेमा मरी बौलाहा वा वेपत्ता भएको मितिले वाटाका म्याद बाहेक पैंतीस दिनभित्र निजका दैयादारले म्याद तारेख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदन पत्र दिएमा