निर्णय नं. २४२५ - प्राचिन मूर्ति चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४२५ - प्राचिन मूर्ति चोरी भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०५/२७ २७७४ निर्णय नं. २४२५ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४० सालको फौ.पु.नं. ५१७ मुद्दा : प्राचिन मूर्ति चोरी । पुनरावेदक/प्रतिवादी:ल.पु.जि.सुनाकोठी गा.पं.वडा नं.६ उटुटोल बस्ने कृष्ण गोपाल महर्जन । विरुद्ध विपक्षी/वादी:श्री ५ को सरकार (जिल्ला प्रहरी कार्यालय ल.पु.) फैसला भएको मिति:२०४२।५।२७।५ मा प्राचिन स्मारक संरक्षण ऐन, ०१३ को दफा १३ को उपदफा (१) मा पुरातत्व सम्बन्धी या कलात्मक वस्तु नेपाल अधिराज्यबाट विदेश निकाशी गर्न तथा नेपाल अधिराज्य भित्र एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न हुँदैन भन्ने लेखिएको पाइन्छ । (प्रकरण नं. २६) पुनरावेदक,प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना विपक्षी,वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहःन्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. ०३७।९।२३ गते बिहान ल.पु.नगर पंचायतभिमसेन स्थान अगाडिको मन्दिरको ढोका निर गई हेर्दा गणेशको मूर्ति चोरी गरी लगी सकेको रहेछ । प्राचिन र पुरातात्विक हुँदा प्रहरीद्वारा पत्ता लगाई कानुन बमोमिज गरिपाउँ भन्ने ०३७।९।२६ को सानो भाइ नापित समेतको जाहेरी । ३. सुराक लगाउँदै गरेको बखत ०३८।८।१ मा कृष्णगोपाल महर्जन, योसिचा महर्जन, हाफुचा अवाले समेत ल.पु.भिमसेन अगाडिको भट्टीको बाहिर बसी मूर्ति चोरी गर्न सफल भए पनि बिक्री गर्न नसकेकोमा अफसोच गरी रहेको अवस्थामा फेला परेकोले पक्राउ गरी दाखिल गरेका छौं भन्ने बा.अं.प्र.अपराध अन्वेषण समूहका प्र.ना.नि.भैरवबहादुर बोगटी समेतको ०३८।८।१।२ को प्रतिवेदन । ४. मिति ०३७।९।१३ गते योसिचा महर्जन समेत हामी दुवै मिली सल्लाह गरी ०३७।९।२७ गते रातको १२।।,१ बजे पाटन भिमसेन स्थान अगाडि मणी गणेशको ढलौटले बनाएको ६ हात भएको सिरमा मुकुट लगाएको सँुढ भएको अन्दाजी २ फीट उचाई भएको मूर्ति चोरी घरमा राख्यौं । उक्त मूर्ति बिक्री गर्न ग्राहक खोज्दा २, ३ महिनासम्म फेला नपरेको म घर बनाउने काममा जाँदा कृष्णगोपालसँग मूर्ति बिक्री गर्ने ग्राहक खोजी देउ भन्दा २, ३ दिनपछि क्यामरा ल्याई मूर्तिको फोटो खिची लगे । मूर्ति बागमतीको किनारमा गाडी हात २ सुँढ १ पाता १ भाँचिएको पूर्णलालको घर नजिक खरीको बोट मुनि गाड्यौं भन्ने समेत हाकुचा अवालेको प्रहरीमा भएको बयान । ५. पाटन भिमसेन स्थान अगाडिको मणिकुमार गणेशको मूर्ति चोरी गर्न हाकुचा अवालेसँग सल्लाह गरी २०३७।९।२३ गते राती म र हाकुचा समेत भई चोरी गरी हाकुचाको घरको छिँडी मुनि राखी म आफ्नो घर गएँ । १, २ महिना पछि हाकुचाले कृष्णगोपाल महर्जनसँग बिक्रीको लागी मानिस खोज्न सल्लाह गरेको छ भनी भनेको २, ३ दिन पछि कृष्णगोपालले क्यामरा लिई मूर्तिको फोटो लिएपछि हाकुचा र मैले मूर्तिलाई बागमती नदी संखमूलको पुल मुनि गाड्यौं । छुट्टी रहेको हात सुँड र पाता पूर्णलालको बारीमा गाडयौं भन्ने समेत योसिंचा महर्जनको प्रहरीमा भएको बयान । ६. ०३७ साल माघतिर भिमलाल महर्जनले भेटी एउटा मूल्यवान कुरा छ सो बिक्री गर्ने सम्बन्धमा तिमीले काम गर्छाै भनी सोधेको थियो । मैले माल हेर्नु प