निर्णय नं. २४२६ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४२६ - डाँका भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०५/३१ २७६६ निर्णय नं. २४२६ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको फौ.पु.नम्बर ४४० मुद्दा : डाँका । पुनरावेदक/वादी:क्षेत्र बहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.स.राजघाट मिलिलापुर बस्ने नर बहादुर तामाङ समेत । फैसला भएको मिति:२०४२।५।३१।२ मा जाहेरीमा डाँका गरी लगे भन्ने शब्दहरू कतै उल्लेख गरी जाहेरी परेको देखिँदैन । प्रतिवादीहरु अदालतमा इन्कार भई बयान गरेको पाइन्छ । लुटपीट भएको सुनेको भनी आफ्नो बयानमा केही प्रतिवादीहरूले उल्लेख गरेको देखिन्छ । साक्षी सरजमीनका व्यक्तिहरूले लुटपीट भएको भनी बकपत्र गरेको पाइन्छ । उपरोक्त उल्लेख भएको कारण तथा वारदातको अवस्था परिस्थितिबाट प्रस्तुत मुद्दा मुलुकी ऐन चोरीको महल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. ४७) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे र विद्वान अधिवक्ता श्री रामनाथ मैनाली र विद्वान अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री चोलेन्द्र सम्शेर ज.ब.रा. उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. म.जि.स.सुन्दरपुर चुअदुपा गा.पं.वडा नं.३ मा भएको माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.समेतको घर जग्गा जमीनको रेखदेख गरी काम गर्ने कामदारमा बसी आएको यही ०३४।३।१६ को दिन अन्दाजी ११। बजेको समयमा मैले नचिनेका ३ हजार भन्दा बढी लोग्ने मानिस र स्वास्नी मानिस समेतको जवानहरू हातमा लाठी र खुकुरी समेत लिएका हुल जमातले गुमस्ता कहाँ छ साँचो कहाँ छ भनी मागे गुमस्ता १५ गते वीरगन्ज जानुभएको छ साँचो छैन भन्दा मलाई हात लातले पिटे मानिस चिन्दिन धान राखेको भकारी फोरी ढोका खोली अनाज कोठा भित्रको सरसामान झिकी कागजपत्र च्याती भाँडाकुडा समेत जसले जे भेटाउँछ लिदै अं.१ घण्टा वारदात गरी सम्पूर्ण अनाज माल सामान खसी समेत सम्पत्ति लिएर गए । विध्वंसात्मककारीहरूले लगेको बिगो किटान गर्न नसक्ने हुँदा अपराध गरेमा सजायँ गरी बिगो भराई दिने व्यवस्था गरिपाउँ भन्ने समेत क्षेत्रबहादुर कार्कीको जाहेरी । ३. लगेको बिगो म गुमस्ताको भएकोले तपसीलमा खुलाई हुलाकद्वारा पठाएको छु अपराधी पत्ता लगाई तपसीलमा लेखिए बमोजिमको बिगो तपसीलका मानिसलाई दिलाई भराई पाउँ भन्ने लोकनाथ उपाध्याय कोइरालाको दर्खास्त । ४. नानीराजा भन्ने विजय प्रताप सिंह समेतका मानिसहरू र म समेत बसी केही दिन अगाडि राय सल्लाह मिलाई सबै मानिस जम्मा भई न्या.प्रकाशबहादुर कामतका धान, गहुँ, तोरी, आलस, वदाम, कुखुरा र खसी समेतका सम्पत्ति विध्वंश गरी डाँका गरी ल्याएका हुन मैले केही पनि लिइन भन्ने समेत लिलाबहादुर कार्कीको प्रहरीमा भएको बयान । ५. ०३४।३।१६ का दिन अं.११ बजेको समयमा मा.न्या.प्रकाशबहादुरज्यू समेतको कामदका अन्न धनमाल समेतका सम्पूर्ण सामान लुटेर खानु पर्छ भनी नातीराजा समेतलाई भनेपछि नातीराजा समेतका ८।९ सय हुल जमात गई विध्वंश गरी अन्न पात सरसामान कुखुरा हाँस सुंगुर लुटेर लगे मैले अं.२ पसेरी धान लिएको थिएँ भन्ने समेत नरबहादुर ता