निर्णय नं. २४२७ - परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४२७ - परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/०६ २४३३ निर्णय नं. २४२७ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १५९३ विषय : परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :राजकपिज सेन्टर न्यूरोड काठमाडौंको प्रोप्राइटर का.जि.का.नगर पंचायतवडा नं.२ टंगाल गैरिधारा बस्ने श्रीमती समिता राजभण्डारी । विरुद्ध विपक्षी :श्री ५ को सरकार, उद्योग मन्त्रालय, धरेलु तथा ग्रामीण उद्योग विभाग, काठमाडौं । श्री ५ को सरकार,अर्थ मन्त्रालय,भन्सार विभाग,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय,काठमाडौं । अर्थ मन्त्रालय,कर विभाग,लाजिम्पाट । आदेश भएको मिति:२०४२।६।६।१ मा औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० को खण्ड (ख) को (१) ले यन्त्र पैठारी गरेकोमा १ प्रतिशत भन्सार महसूल लाग्ने व्यवस्था गरेको र उक्त दफाको खण्ड (घ) को देहाय (३) ले यन्त्रको पैठारीमा विक्रीकर नलाग्ने व्यवस्था गरेको पाइन्छ । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भन्सार कार्यालयको कुनै निर्णय भए त्यसलाई बदर गरी परमादेशको आदेश समेत जारी गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. निवेदक फोटो कपि उत्पादन गर्ने घरेलु उद्योग फर्म हो, यस फर्मको दर्ता घरेलु तथा ग्रामीण उद्योग विभागले २०४०।२।२० मा गरेको हो । कर कार्यालय काठमाडौंबाट निवेदकलाई आयकर दर्ता प्रमाणपत्र २०४०।३।१७ मा प्रदान गरियो । दर्ता बमोजिम काम चालु गर्नको लागि निवेदक जेरोक्स मोडेल आर.एक्स.१०३५ को प्लेन पेपर कपी अर्स मेशिन थान २ मात्र कुल अमेरिकी डलर रु.४,७००। र नेपाली रुपैयाँ ६,६२०।– मा आयात गर्नको लागि आयत इजाजत पत्र श्री ५ को सरकार वाणिज्य विभागबाट प्राप्त गरेको थिएँ । घरेलु तथा ग्रामीण उद्योग विभागले विपक्षी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा विपक्षी कर विभागलाई उक्त आयातमा औ.व्य.ऐन, ०३ को दफा १० अनुसार १ प्रतिशत भन्सार महसूल लिई बिक्री कर छूट गरी दिन हुनका लागि २०४०।२।२७ को निर्णयानुसार २०४०।४।१५ को पत्रद्वारा अनुरोध गरेको थियो । निवेदकले औ.व्य.ऐन अनुसार उक्त मेसीन आयात गर्न परिवत्र्य विदेशी मुद्राको सटही सुविधा समेत पाएको थिएँ । निवेदकको अडर मुताविक सिंगापुरबाट उक्त जेरोक्स मेशीन विपक्षी अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएपछि विपक्षी भन्सार कार्यालयले १ प्रतिशत भन्सार महसूल लिई बिक्री कर छूट दिन भन्सार विभागको निकासा चाहिने कुरा गरेको थियो । विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागले २०४१।३।५ को पत्रद्वारा समेत विपक्षी भन्सार विभाग र कर विभागलाई उक्त आयातित मेशीनको लागि औद्योगिक व्यवसाय ऐनको सुविधा पाउनु पर्ने भन्ने व्यहोरा अवगत गराएको थियो, अर्थ मन्त्रालय राजस्व महाशाखाले समेत औद्योगिक व्यवसाय ऐनको सुविधा प्रदान गर्न कर विभागबाट २०४०।१२।३० मा पत्र लेखेको थियो । मेशीनको भन्सार महसूल तिर्ने म्याद समय समयमा सकिँदा औ.व्य.ऐनको सुविधा घरेलु तथा ग्रामीण उद्योग विभागको ०४०।४।१५ को पत्रानुसार गरिपाउँ भनी विपक्षी भन्सार कार्यालय र विभागलाई