निर्णय नं. ७०५८ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०५८ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/११/२३ ४२१० निर्णय नं.७०५८ ने.का.प.२०५९ अङ्क १/२ पूर्ण इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५८ सालको रि.पू.ई.नं. .....२६ आदेश मितिः २०५८।११।२३।५ विषयः– उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २९ लैनचौर वस्ने अधिवक्ता बिजयकुमार बस्न्यात समेत विरुद्ध विपक्षीः काठमाडौं महानगरपालिकाका प्रमुख केशव स्थापित समेत § करारमा उल्लेखित शर्तका व्यवस्थाले सार्वजनिक हक हितमा असर पुर्याउने हुन्छ भने सो विषयमा अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट क्षेत्रबाट हेर्न मिल्ने § नेपालको राष्ट्रिय सम्पदाको रुपमा रहेको ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक महत्व समेत वोकेको भिमसेन स्तम्भ (धरहरा) र सुन्धारा क्षेत्रको संरक्षण गर्ने अधिकार नगरपालिका ऐन, २०४८ ले नगरपालिकालाई नै प्रदान गरेकोले नगरपालिकाको सो अधिकार महानगरपालिकाका प्रमुखले प्रयोग गर्न नमिल्ने । § महानगरपालिकाका प्रमुखलाई भिमसेन स्तम्भ (धरहरा) र सुन्धारा क्षेत्रको जग्गा क्याफे सहित वियरवार, सोभेनियर सप, फ्लावर सप, कम्यूनिकेशन सेन्टर, खुला थिएटरमा Classical Concert इत्यादि निर्माण तथा संचालन गर्न संझौता गर्ने अधिकार नहुने । (प्र.नं. २२ देखि २५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरु श्री हरिकृष्ण कार्की, श्री प्रकाशमणि शर्मा, श्री नैनविनोद न्यौपाने, श्री कमलनयन पन्त, श्री भोजराज ऐर र श्री गंगासागर खत्री विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान उप न्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेत, विद्वान अधिवक्ताहरु श्री वलराम के.सी., श्री सुशिलकुमार पन्त, श्री वद्रिनाथ शर्मा अवलम्वित नजिरः आदेश न्या.अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः २. विपक्षी नं. २ र विपक्षी नं. ४ का वीच यही २०५५।२।२८ का दिन काठमाडौं महानगरपालिकाको संरक्षणमा रहेको सुन्धारा क्षेत्रको उद्यान र क्याफे निर्माण संचालन गर्न संझौता पत्र भएको रहेछ । उक्त संझौता पत्रका शर्तहरुमा सुन्धारा क्षेत्रको पूर्वमा हुलाक, पश्चिममा दुर संचारको क्षेत्रीय कार्यालय, उत्तरमा टक्सार विभागको पर्खालको क्षेत्रलाई ४ किल्लाभित्र समाविष्ट गरी करिव २५ हजार स्क्वायर फिटको जग्गामा ब्लक ए.वि.सी. र इ. मा विभाजन गरी उक्त क्षेत्रभित्र क्याफे सहित वियरवार, सोमेनियर सप, फ्लावर सप, कम्यूनिकेशन सेनेटर, खुल्ला थिएटर र रेष्टुरा निर्माण गरी संचालन गर्न विपक्षी नं. ४ सँग संझौता करारनामा मिति २०५५।२।२८ मा भएको जानकारी हुन आयो । सो संझौता पत्रको दफा ३ को (ख) मा उक्त क्षेत्र प्रयोग गरे वापत दोश्रो पक्ष अर्थात विपक्षी नं. ४ ले प्रथम पक्ष विपक्षी नं. १ र ४ लाई नोभेम्वर १९९८ बाट मासिक रु. १०,०००।– शुल्क बुझाउने साथै उक्त क्षेत्रमा प्रवेश शुल्क वापत रु.२।– उठाइने व्यवस्था गरी उक्त क्षेत्र संचालन गर्न दश वर्षको अवधि दिएको पाइन्छ । यसरी का.म.न.पा. प्रमुख केशव स्थापित र साइड वाकर्स ट्रेडर्स (प्रा). लि. का सञ्चालक संजिव तुलाधर वीच भएको उक्त मिति २०५५।२।२८ को संझौताको आधारमा हाल उक्त क्षेत