निर्णय नं. २४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१५ २१६५ निर्णय नं. २४२९ ने.का.प. २०४२ अङ्कज ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १३२५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.धनुषा तुलसियाही जब्दी गा.पं.वा.नं.८ बस्ने झौली साहू सुडी । विरुद्ध विपक्षी :जि.धनुषा तुलसियाही जब्दी गा.पं.वार्ड.नं.५ बस्ने जुमराती मोमिन । भू.सु.का.धनुषाको भूमि सुधार अधिकारी । आदेश भएको मिति:२०४२।६।१५।३ मा २ नं.अनुसूचीमा जग्गावालाको नाम फरक भए पनि हाल दर्तावाला निजकै परिवार भित्रको व्यक्ति भएको जग्गाको स्वामित्व सरेर गए पनि मोही हकमा कुनै असर नपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.का.धनुषाको मिति ०४१।२।७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७२ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जि.धनुषा तुलसियाही जब्दी गा.पं.वार्ड नं. ९ कि.नं. ४४ को ०–२–१६ धुर वा.नं. ८ कि.नं. १७८ को ०–१–२ कि.नं. १६७ को ०–२–११ जग्गा म निवेदकका नाउँमा दर्ता भई सदा सर्वदा देखि म आफैंले जोतभोग गर्दै आएको छु । उक्त जग्गा समेतमा मोहियानी हकको प्रमाणपत्र पाउँ भनी म निवेदक समेत उपर ०३८ सालमा भू.सु.का.धनुषामा निवेदन दिएकोमा श्री अधिकारीज्यूबाट ०३८।१२।१२ गते वादी दावी पुग्न नसकी खारेज हुने ठहरी निर्णय भएको कुरा लोप गरी प्रतिरक्षीले मकसुदन साहुको नाउँ दर्ता रहेको ०–१५–० जग्गाको ४ नं.जो.अ.नि.हराएको २ नं.अनुसूचीको नक्कल पेश गरी म निवेदकको नाउँमा दर्ता रहेको जि.धनुषा तुलसियाही जब्दी गा.पं.वा.नं. ९ कि.नं. ४४ को ०–२–१६ वा.नं. ८ कि.नं. १७९ को ०–१–२ कि.नं. १६७ को ०–२–११ जग्गामा मोहियानी हकको प्रमाणपत्र पाउँ भनी भू.सु.का.धनुषामा ०४०।२।९ गते निवेदन दिनु भएकोमा उक्त जग्गा म आफैंले जोतभोग आवाद गर्दै आएको छु । प्रतिरक्षीले कहिल्यै पनि जोतेको छैन भन्ने समेत लिखित प्रतिवाद गरेकोमा भू.सं.ऐन, ०२१ को दफा २५ को उपदफा १ बमोजिम मोही कायम हुने ठहर्‍याई पुनः २०४१।२।७ गते भू.सु.अधिकारीले निर्णय गर्नु भयो । ३. प्रतिरक्षीको मोहियानी हक कायम नहुने भनी ०३८।१२।१२ मा भएको पहिलो निर्णय अन्तिम छँदै पुनः सो निर्णयलाई बदर गर्ने अधिकार ऐनले प्रदान गरेको छैन । अधिकारक्षेत्रको अतिक्रमण गरी ०४१।२।७ मा मोहियानी हक ठहर्ने निर्णय गर्नु भएको अ.बं. ३५ नं.ले निष्कृय छ। एउटै कुरामा दोहोरो निर्णय हुँदा प्राङन्याय सिद्धान्त तथा अ.बं. ८५ नं.को विपरीत गरेको ०४१।२।७ को निर्णय कानुनी त्रुटिपूर्ण छ । विवादित जग्गाको २ नं.अनुसूची प्रकाशित भएको छैन । एकपटक २ नं.अनुसूचीको मूल्याङ्कन गरी मोही कायम नहुने ठहर भइसकेपछि त्यही प्रमाणलाई आधार बनाई निर्णय गरेको अ.बं. १८५।१८९ नं.तथा प्रमाण ऐनको दफा ५४ को विपरीत छ । एकाको २ नं.अनुसूचीको आधारमा अर्काको जग्गामा मोही कायम गर्न मिल्दैन । अतः उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरी ०४१।२।७ को निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूसँग लिखिन जवाफ लिई पेश गर्नु भन्ने समेत ०४२।२।१५ को सर्वोच्च अदालत सिंगल बेञ्जको आदेश । ५. ०३८ सालको खारेजी निर्णयबाट मेरो मोहियानी हक लोप भएक