निर्णय नं. ७०५९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०५९ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/११/०९ २९९९ निर्णय नं. ७०५९ ने.का.प.२०५९ अङ्क १/२ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५७ सालको रि.पु.ई.नं. ...... १७६ आदेश मितिः २०५८।११।९।५ विषयः– उत्प्रेषण समेत । निवेदकः का.जि.का.म.न.पा. वडा नं. ११ थापाथली स्थित दि युनाइटेड मिसन टु नेपालको अख्तियार प्राप्त ऐ का एजुकेशन डाइरेक्टर स्टीफेन मार्टिन विरुद्ध विपक्षीः का.जि.का.म.न.पा. वडा नं. २१ गल्खुपाखो वस्ने कृष्णप्रसाद न्यौपाने समेत § दि युनाइटेड मिसिन टु नेपाल प्रचलित नेपाल कानून वमोजिम अधिकार प्राप्त निकायमा दर्ता भएको कानूनी व्यक्तित्व प्राप्त संस्था हो भन्न नसकिने । § संविधान एवं कानून वमोजिम हक अधिकारको दावी गर्नको निमित्त संविधान एवं कानून वमोजिमको सक्षम प्राकृतिक वा कृतिम व्यक्तित्व हुन जरुरी हुन्छ । कानूनको दृष्टिमा सक्षम व्यक्तिले मात्र हक अधिकारको दावी गर्न सक्तछ । जसको व्यक्तित्व नै स्पष्ट छैन त्यस्तो लाई कानूनले मद्दत गर्न सक्तैन । § संविधान अन्तर्गतको हक अधिकारको दावी गर्नको निमित्त संवैधानिक व्यवस्था अन्तर्गत कानूनी वा प्राकृतिक व्यक्तित्व रहे भएको तथ्य स्पष्ट रुपमा सिद्ध गर्नुपर्ने हुन्छ । कानून वमोजिम मान्यता प्राप्त नभएको तथा प्राकृतिक व्यक्तित्व पनि नभएको कुनै संस्था व्यवहारतः क्रियाशील नै रहे भएको भए पनि कानूनको दृष्टिमा कुनै अस्तित्व नै नभएको मान्नु पर्ने हुँदा त्यस्तो समूहलाई संविधान एवं कानूनी हक अधिकारको अधिकारीको रुपमा स्वीकार गर्न नमिल्ने । (प्र.नं.१२, १३) निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाटः विव्दान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक, विव्दान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विव्दान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडे अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको रिट निवदनमा संयुक्त इजलासवाट आदेश हुँदा संयुक्त इजलाशका माननीय न्यायाधीशहरु वीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम पूर्ण इजलाशमा पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :– २. बिपक्षी कृष्णप्रसाद न्यौपानेलाई संझौता वमोजिम सेवाकालीन छात्रवृत्ति (In service scholarship मा अध्ययन गर्न पठाइएकोमा निज अध्ययन पुरा गरि फर्केपछि पहिलाको स्थानमा कामकाज गर्न नगएको, छात्रवृत्तिको रकम फिर्ता नगरेको तथा रोजगार सम्बन्धी संझौता उल्लंघन गरेकोले सन् १९९३ नोभेम्वर ९ मा पत्र दिई निष्काशन गरेकोमा निजले २०५०।९।११ मा श्रम विभागमा उजुरी गरी निजलाई निष्काशन गरेको र पदोन्नतिलाई गलत भनि निवदकले गरेको कार्यलाई वदर गरी ऐन नियम वमोजिम तलव भत्ता र सुविधा दिनु भनि सो विभागले निर्णय गरि पठाएको थियो । श्रम विभागको उक्त निर्णय श्रम ऐन, २०४८ को दफा ८३ को उपदफा १, २, ३, ४ र ५ वमोजिमको कार्यविधि पुरा नगरी श्रम कार्यालयमा जानु पर्नेमा सोझै विभागमा गएको हुँदा क्षेत्राधिकारको अभावमा श्रम विभागले गरेको निर्णय वदर गरि पाउँ भनि पुनरावेदन अदालत पाटनमा निवेदकले पुनरावेदन दायर गरेकोमा सो अदालतले श्रम विभागको निर्णय वदर गरि उक्त फाईल श्रम कार्यालयमा पठाई दिएको थियो । यसरी फाइल प्राप्त भएपछि श्रम कार्यालयले वि