निर्णय नं. २४३१ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४३१ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/३० २६४७ निर्णय नं. २४३१ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १६४६ विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला नुवाकोट सिकारवेसी गा.पं. वार्ड नं.६ घर भै हाल डि.एस.पी.कार्यालय बसन्तपुरमा नजरवन्द राखिनु भएको नुवाकोट जिल्ला अमर ज्योती माध्यामिक विद्यालय खरानीटारका प्रधान अध्यापक गणेश पण्डित क्षेत्रीको हकमा एकाघरको छोरा राजकुमार पण्डित क्षेत्री । विरुद्ध विपक्षी :माननीय गृहमन्त्री श्री जोगमेहर श्रेष्ठ गृह मन्त्रालय । अंचलाधीश,वागमती अंचलाधीश कार्यालय, काठमाडौं । प्रमुख जिल्ला अधिकारी,जिल्ला कार्यालय काठमाडौं। जिल्ला प्रहरी निरिक्षक जिल्ला प्रहरी कार्यालय,काठमाडौं । आदेश भएको मिति:२०४२।६।३०।४ मा आदेश दिने अधिकार सह अञ्चलाधिशलाई भएकै पाइन्छ, नजरबन्द राख्नु पर्ने पूर्वावस्थाको आधारमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ को उपदफा (१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न जरुरी सम्झी भन्दै सोही ऐनको दफा १२ बमोजिम नजरबन्द राख्ने निर्णय गरी थुनामा राखेकोलाई गैरकानुनी थुनामा राखेको भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ताश्री वासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट :विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अनुसार बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. मेरो पिता गणेश पण्डित, नुवाकोट जिल्ला स्थित अमर ज्योति माध्यामिक खरानीटारमा प्रधान अध्यापक पदमा बहाल हुनुहुन्छ, पिताजीले उक्त विद्यालयमा ०२९ सालदेखि अध्यापन कार्य शुरु गर्नु भएको हो र ०३० सालमा प्रधान अध्यापकको कार्यभार समाल्नु भएको हो । राष्ट्रिय शिक्षा संगठनको निर्माण कालदेखि नै पिताजी त्यसमा सकृय रही आउनु भएको विगत कालमा शिक्षण संगठनको केन्द्रीय उपाध्यक्ष पनि रही आउनु भएको थियो । ०४२ आषाढ ९ गते राती ९ बजे केही प्रहरीहरू आई पिताजीलाई एक्कासि खरानीटारको आफ्नो डेराबाट पक्राउ परेको जानकारी दिई घिसार्दै लगे । पक्राउ परेको भए कानुन बमोजिम पुर्जी दिनु पर्ने वैधानिक प्रश्न उठाउँदा उल्टो गाली गर्दै कुटपीट गर्दै कहाँ लगे थाहा भएन । कसैको आदेश र निर्देशनमा प्रहरीहरूले त्यस किसिमको गैह्र कानुनी पक्राउ थुनछेक गर्ने हिम्मत गरेका हुन्, सम्बन्धित निकायहरूसँग सम्पर्क राखी जानकारी प्राप्त गर्ने प्रयास गरिएको हो । तर कहिं कतैबाट कति कारणले त्यस किसिमको पाशविक तरिकाबाट पिताजी माथि आक्रमण गरिएको हो थाहा हुन सकेको छैन । संविधानको धारा ११ को उपधारा (३) ले कानुन व्यवसायीसँग सल्लाह लिने र निजद्वारा पुरपक्ष गर्ने अधिकारबाट वंचित गरी संवैधानिक हकबाट मेरो पिताजीलाई व्यतित गरी वंचित गरिएको छ साथै संविधानको धारा ११ को उपधारा (७) उल्लंघन भएको स्पष्ट छ । संविधानको धारा १०(१), ११(१) द्वारा वैयक्तिक स्वतन्त्रता सम्बन्धी मैलिक हक अधिकारबाट मेरा पिताजीलाई वंचित गरिएको हुँदा सो संवैधानिक हक अधिकार प्रचलनको लागि संविधानको धारा ७१ अन्तर्गत वन्दिप्रत्यक्षीकरणको आदेश जारी गरी विपक्षीहरूको गैह्र