निर्णय नं. ७०६० - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६० - लेनदेन भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/११/२३ ४७२३ निर्णय नं. ७०६० ने.का.प.२०५९ अङ्क १/२ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५७ सालको दे.पु.ई.नं........ ६९ फैसला मितिः २०५८।११।२३।५ मुद्दाः–लेनदेन । पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २३ ताहाचल बस्ने सीताराम तिमिल्सिना विरुद्ध विपक्षी वादीः ऐ.इचंगु. नारायण गाउँ विकास समिति वडा नं. ७ बस्ने भक्तबहादुर तामाङ § करारको लिखत भन्दा अलग्गै वैना रकमको लेनदेन सम्वन्धी लिखतको विषयमा प्रस्तुत फिराद पर्न आएको देखिएवाट करारको लिखतको शर्त सम्वन्धमा फिराद परको मान्न नमिल्ने। § वैना कागज अन्तर्गतको विषयमा पनि करार ऐन, २०२३ वमोजिम नालेस गर्नुपर्ने भन्न मिल्ने नहुंदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद गरेकोलाई अन्यथा भन्न नमिल्ने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री मुरलीप्रसाद शर्मा विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ताव्दय श्री शंभु थापा तथा श्री इश्वरी भटृराई अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. विपक्षी अन्यायवाला सीतारामले ग्रिण्डलेज वैंकको ऋणमा लिएको ना.अ.ख. ४८८४ र ना.अ.ख. ४८८९ का दुई रात्री बसहरु म फिरादीलाई विक्री गर्ने प्रस्ताव ल्याएकोले निजको विश्वासमा परी उक्त बसहरुको मूल्य रु.२४,००,०००। कायम गरी १ वर्ष भित्रमा किस्तावन्दीमा मूल्य चुक्ता गर्ने शर्तमा रु.४,००,०००। (चारलाख) म फिरादीवाट लिई मिति २०५०।३।९ मा वैनावट्टा कागज समेत भएको थियो । विपक्षीले ग्रिण्डलैज बैंकको ऋण चुक्ता नगरेसम्म उल्लेखित बसहरु विपक्षीको नाममा आउन नसक्ने र कुनै पनि प्रकारले सुक्री बिक्री गर्ने विपक्षीले नसक्ने हैसियत उल्लेखित वसहरुको सम्बन्धमा रहे नभएको अवस्थामा उल्लेखित वसहरु जाल परिपञ्च रचि मलाई विश्वासमा पारी चारलाख रुपैया म बाट लिई उक्त रुपैयां हडप पार्ने उद्देश्य लिई मसंगबाट विपक्षीले वैनापट्टा र करारनामा गरेको व्यहोरा थाहा हुन आएकोले उल्लेखित नम्बरका बसहरु मलाई जस्तै अन्य उनाउ व्यक्तिलाई समेत वैनावट्टा र शर्तनामा समेत गरी रुपैया लिएको जानकारी हुन आएकोले रु.४,००,०००।– मध्ये रु.३३,०००।– मैले प्राप्त गरी सकेको र वांकी सांवा रु ३,६७,०००। र आजका मितिसम्मको व्याज रु.२३,०२४। समेत र वैनावट्टाका कागज भएको मितिले फैसला हुँदासम्मको सांवा व्याजसहित भराई पाउँ भन्ने फिराद पत्र । ३. मिति २०५०।३।९ को करारको शर्त नं. ८ अन्तर्गत वादीलाई रकम दिनुहोस् भन्दा उल्टै फिराद दिएको हो । उल्लेखित शर्त अन्तर्गत शुरुमा लिनु दिनु गरेको रु.४,००,०००।– फिर्ता नगर्ने र पहिलो किस्ताको रु ३,००,०००। (तिनलाख) कम्पनीलाई दिलाउने शर्तमा बसहरु फिर्ता लिई मिति २०५०।३।९ गतेको सम्झौता करार र हामी दुवै पक्षको मनोमानी खुसीराजीले निष्क्रिय गरिएको हो । विपक्षीले २०५०।३।६ देखि २०५०।६।३० सम्म दुईथान बस आफैले चलाई लाखौं रुपैया कमाई मलाई शर्त बमोजिम रकम समेत नदिई पचाउने नियत गरेकोले विपक्षीले पेश गरेको अन्य लिखत सम्बन्धमा अ.वं. ७८ नं. बमोजिम नामाकरण गर्ने अधिकार सुरक्षित नै हुँदा विपक्षीको दावी वमोजिम मैले कुनै रकम व्याज