निर्णय नं. २४३२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४३२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१३ २४३८ निर्णय नं. २४३२ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १७१२ विषय : उत्प्रेषण । निवेदक :दाङ तुल्सीपुर गा.पं.वार्ड नं.२ कल्ले बस्ने डिल्ली बहादुर खड्का । विरुद्ध विपक्षी :उच्चस्तरीय समिति दाङ । ऐ.तुलसीपरु गा.पं.वार्ड नं.२ बस्ने राम बहादुर वली । आदेश भएको मिति:२०४२।६।१३ मा निवेदकलाई नबुझेको र संशोधित भूमिसम्बन्धी नियमावलीको रीत पुर्‍याई मोही कायम गरेको पनि देखिन नआएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना विपक्षी तर्फबाट :विद्वान स.अधिवक्ता श्री पे्रमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन जिकिर निम्न प्रकार छन् । २. मेरो साविक २१५ नं.कल्ले मौजाको रै.नं. २९ को जग्गा मध्ये नापी हुँदा लाहुरे चौर गा.पं.वडा नं. ४ (ख) कि.नं. १३३, १३४, १४०, १४४, १४५ बाट नापी भई झगडा जनिएको कारणबाट दर्ता हुन पाएको थिएन, सूर्यप्रकाशले निवेदन गरेकोमा उक्त जग्गा सूर्यप्रकाशको नाममा दर्ता गरी दिने गरी मालपोत कार्यालय दाङले ०३८।८।१७ मा निर्णय गरेकोमा सो निर्णय बदर गरिपाउँ भनी निवेदन परेकोमा तेरो मेरोमा सुनाउनु पर्नेमा दर्ता गरेको मिलेन भनी आदेश भयो । उक्त जग्गामा मेरो हक भई भोगी आएको छु । जग्गा मध्ये कि.नं. १३३ र १४० को अं. १–७–० जग्गाको अधियाकुत गा.पं.मा बुझाउने गरी जोती आएको र कुत बुझाएको भर्पाई समेत हुँदा जोत भोग अनुसार मोहियानी प्रमाणपत्र पाउँ भनी विपक्षी समितिमा विपक्षी रामबहादुर वलीको उजूरी परेकोमा फिल्डबुकको उतारबाट उक्त दुवै कित्तामा झगडीया जनिएको र पछि मालपोत कार्यालय दाङको ०३८।८।२१ को पत्रानुसार सूर्यप्रकाश गिरीको नाममा दर्ता कायम भएको भनी कैफियत जनिएको र साथै मिसिल संलग्न ०४०।१।५ को मालपोत कार्यालयको दर्ता उतार पत्रबाट उक्त दुवै कित्ता सूर्यप्रकाश गिरीका नाउँमा दर्ता कायम रहेको देखिएको, मोहीतर्फ निर्णय दिने यस मुद्दाबाट जग्गाधनीतर्फ अर्को असर नपर्ने हुँदा बुझीएका सरजमीनका समस्त व्यक्तिहरूबाट दावीको जग्गा उजूरवालाले अधिया शर्तमा जोती आएको भन्ने देखिएकोले उक्त कि.नं. १३३ र १४० को १–८–१३ जग्गाको मोही कायम गर्नेगरी ०४०।२।३० मा निर्णय भएको कुरा ०४०।४।३० मा नक्कल पाएबाट थाहा पाएको हुँदा निवेदन गर्न आएको छु । ३. यसै अदालतबाट आदेश भइसकी मेरो हक भएकोमा संविधानको धारा ११(२)(क) र धारा १०(१) द्वारा प्राप्त हकमा आघात पार्ने गरी मलाई बुझ्दै नबुझी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण छ । निजले उजूर निवेदन दिंदा र बयान गर्दा फरक गरेबाट निजको भनाई सत्य छैन । भू.सु.ऐन, २०२१ को दफा २५(क) ले मोही भई कमाई आएकोलाई मोही कायम गर्ने व्यवस्था छ तर प्रस्तुत मुद्दामा विपक्षीलाई जग्गाधनीले मोही भई कमाउन दिएको छैन साथै मालपोत कार्यालयको पुरानै रेकर्डबाट पनि ज.ध.सूर्यप्रकाश भएको देखिँदा देखिँदै मोही कायम गरेको त्रुटि छ । तसर्थ यस्तो त्रुटिपूर्ण निर्णय गरी संविधानको धारा ११(२)(ङ) र १०(१) द्वारा प्रदत्त हकमा आघात पार्ने गरी ०४०।२।३० मा