निर्णय नं. २४३३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४३३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१३ २११४ निर्णय नं. २४३३ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. १६४३ विषय : उत्प्रेषण । निवेदक :बुलालको छोरा ल.पु.जि.ठेचो गा.पं.वा.नं.३ खाचाटोल बस्ने लोकचा ज्यापू । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय ललितपुर । ल.पु.जि. झरुवारासी गा.पं.वा.नं.४ बस्ने मैया खत्रीनी । आदेश भएको मिति:२०४२।६।१३ मा अधिकार प्राप्त भू.सु.अधिकारीले गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि देखिन नआएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री प्रकाश बस्ती विपक्षी तर्फबाट :विद्वान स.अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का उल्लिखित मुद्दा :निवेदक, योगेन्द्र झा महापात्र ब्राहृमण विपक्ष, भू.सु.का.सर्लाहीसमेत भएको रि.नं. १२१५ ने.का.प. ०३९ भाग २४ अंक ८ मिति ०३९।८।१३ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. ल.पु.जि.झरुवारासी गा.पं.वडा नं. ५(ख) कि.नं. २२० को ०–८–० जग्गा र ऐजन वार्ड नं. ५(ग) कि.नं. ३८ को ०–९–० र ऐ.वा.नं.को १३१ को २–१–२ कित्ता जग्गाहरूको गहुँ बाली वरिपरीको घाँस झिक्दै गरेबाट मोही हटक गर्‍यो भन्ने वादी दावी भएको र प्र.ले निज वादी साविक ज.ध.को एकासगोलको छोरा भएकोले विवादित जग्गाको वादी मोही हुन नसक्ने र विवादित जग्गा खरीद गरी लिएदेखि नै आफैंले जोतभोग गर्दै आएको छु । बेदखल गरेको छैन भन्ने प्रतिउत्तर गरेकोमा विवादित जग्गाको मोही महलमा भू.सु. लागू हुँदा वादीको नाम देखिने र निज एकासगोलको भन्ने देखिन आउँदछ । यस स्थितिमा भू.सं.ऐन, ०२१ को परिच्छेद १ मा २(ख) को परिभाषा भित्रको मोही भन्न नसकिने र ज.ध.ले मोहीलाई मुख्य बाली लगाउँदा हटक गरेको भए वादीले माग गर्नु पर्नेमा सो नगरी प्रतिवादीले गहुँ बाली वरिपरीको घाँस झिकेको कारण देखाई सोही आधारमा बेदखल गर्‍यो भन्ने वादी दावी खारेज हुने ठहर्छ भन्ने निर्णय गर्नु भयो जुन निर्णय निम्न लेखिएको जिकिर अनुसार कानुनी त्रुटि छ भनी उल्लेख गरेको छु : ३. जिकिर : विपक्षी भू.सु.अधिकारीज्यूबाट गर्नु भएको सो निर्णय पर्चाले संविधानको भाग ३ धारा ११ को र सोही धारा ११ को उपधारा (२) को खण्ड (ङ) मा लेखिएको समेतबाट पाएको भोगचलन गर्न पाउनेमा र संविधानको धारा १५ ले कानुनबेगर सम्पत्ति अपहरण नहुनेमा समेत अपहरण हुन गएको सो संवैधानिक हक प्रचलनको लागि भू.सं.ऐनको दफा २ को खण्ड (ग) र त्यसको उपदफा १ र २ ले परिवार भन्ने स्वास्नी, लोग्ने, नाबालक छोरा, ३५ वर्ष पुगेको अविवाहित छोरी परिवार हुन् म मेरा बाबु, आमा र भाइको म परिवार भित्र नपर्ने भन्ने सो ऐनले प्रष्ट गरेको र सो ऐनले म अलग परिवार भएको र सोही अलग परिवारले कमाएको जग्गाको जोतहक निज मरेपछि निजको पत्नी छोरामा जग्गावालाले पत्याएकोलाई हुने भू.सं.ऐनको दफा २६ को उपदफा (१) भएको र बाबुको नाउँमा जग्गावालामा दर्ता भएको जग्गा सबैको बाबु पछिको जग्गावाला हुने अथवा बाबाले अंश दिएकोमा जग्गावाला हुने भन्नेतर्फ अंशबण्डाको १ नं.ले जिए जिएको म १ आमा १ भाइ १ र जीवित भएमा बाबु १ समेत हुने भएबाट सो सम्पूर्ण जग्गाको म जग्गावाला नहुने भन्ने प्रष्ट भएकोले सो ऐनले पनि