निर्णय नं. ७०६१ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६१ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/०१/२४ २४५९ निर्णय नं. ७०६१ ने.का.प.२०५९ अङ्क १/२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत् २०५७ सालको रिट नं. .... ३३१९ आदेश मिति : २०५९।१।२४।३ विषय : उत्प्रेषण समेत । निवेदक : सप्तरी जिल्ला बकधुवा गा.वि.स. वड नं. १ घर भई हाल जिल्ला स्वास्थ्य कार्यालय सिरहामा सहलेखापाल पदमा कार्यरत रामनारायण महतो । विरुद्ध विपक्षी : रजिष्ट्रार, पुनरावेदन अदालत राजविराज समेत § एस.एल.सी. आंशिक परीक्षा उत्तिर्ण भएकालाई अंक दिंदा प्राप्ताङ्कको प्रतिशत अनुसार अंक दिनुपर्ने भन्ने नदेखिई तृतीय श्रेणी सरहको अंक दिनुपर्ने भन्ने उल्लेख भएको पाइन्छ । निवेदकले एस.एल.सी. आंशिक परीक्षा दिई उत्तिर्ण गरेकोले निजको मार्कसिटमा परिणाम लेखिएको स्थानमा उत्तिर्ण (Pass) मात्र उल्लेख गरिएको स्पष्ट देखिइरहेकोले निवेदकले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा श्रेणी नखुलेको भन्न नमिल्ने । § आंशिक परीक्षा दिई एस.एल.सी. उत्तिर्ण गरेका निवेदकलाई निवेदन जिकिर बमोजिम निजामती सेवा नियमावली, २०४९ को साविक नियम ८१(५) अनुसार शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अंक प्रदान गर्न मिल्ने नदेखिएकोले निजलाई शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अंक प्रदान गरी बढुवा गरेको बढुवा समितिको निर्णय बदर गरी सवै भन्दा बढी अंक प्राप्त गरेका विपक्षी जगदिश साहले लेखापाल पदमा बढुवा पाउने ठहर गरेको विपक्षी पुनरावेदन अदालत राजविराजका रजिष्ट्रारको मिति २०५७।८।२१ को निर्णय कानूनसम्मत देखिने । (प्र.नं. ११ र १२) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री भोजेन्द्रबहादुर खत्री विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिबक्ता श्री राजनारायण पाठक र विद्वान अधिबक्ता श्री शतिसकृष्ण खरेल अवलम्बित नजिर : आदेश न्या. केदारप्रसाद गिरी : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यस प्रकार छ : २. म निवेदक मिति २०४३।९।८ मा सहलेखापाल पदमा नियुक्त भई हाल जिल्ला स्वास्थ्य कार्यालय सिरहामा कार्यरत छु । श्री कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाको बढुवा समितिको सचिवालय सिरहाबाट उक्त कार्यालयमा रिक्त रहेको रा.प. अनकिंत प्रथम श्रेणीको लेखापाल पद बढुवाबाट पूर्तिका लागि मिति २०५४।३।१५ मा सूचना प्रकाशित भयो । ३. बढुवा समितिको मिति २०५७।६।१६ को निर्णय अनुसार मलाई सिफारिश गरियो । विपक्षी जगदीश शाहले विपक्षी पुनरावेदन अदालत राजविराजका रजिष्ट्रार समक्ष उजुर गरेकोमा बढुवा समितिको शुरु निर्णय बदर गरी विपक्षी जगदीश साहलाई देखापाल पदमा बढुवा पाउने ठहर गरी मिति २०५७।८।२१ मा निर्णय भयो । बढुवा समितिले अंक गणना गर्दा जेष्ठता वापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरे बापत १५ अंक, शैक्षिक योग्यताको हकमा श्रेणी नखुलेको शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको ९ अंक र अतिरिक्त शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको २ अंक तथा सेवाकालीन तालिम वापत २ गरी जम्मा १३ अंक तथा कार्य सम्पादन मूल्याङ्कन तर्फ ५० अंक समेत गरी मैले जम्मा ९८ अंक निर्विवाद रुपमा प्राप्त गरेको र विपक्षी जगदीश साहले जम्मा ९७.५५ अंक प्राप्त गरेको ठह¥याई मलाई बढुवा सिफारिस गरेको थियो । विपक्षी रजिष्ट्रारले बढुवाको उजुरी सुनी निर्णय गर्दा विपक्षी जगदीश साहले कार्य सम्पादन मूल्याङकन तर्फ पाएको ४९.०५ अंकलाई