निर्णय नं. ७०६२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०३/२२ ३०१० निर्णय नं. ७०६२ ने.का.प.२०५९ अङ्क १/२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत २०५५ सालको रिट नं. ... ३७४१ आदेश मितिः २०५८।३।२२।६ विषयः उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । निवेदकः जि. वाग्लुङ पैयुपाटा गा.वि.स. वडा नं. ४ स्थायी घर भै साझा यातायात, पुल्चोकबाट गैर कानूनी रुपमा नोकरीबाट हटाइएको वर्ष ३७ को वरिष्ठ परिचालक झलकवहादुर सापकोटा विरुद्ध विपक्षीः श्री साझा यातायात, केन्द्रीय कार्यालय पुल्चोक, ललितपुर समेत § सजाय गर्न लागिएको कर्मचारीलाई पहिलो पटक आरोपको किटान गरी स्पष्टीकरण सोध्नु पर्ने र सो स्पष्टीकरण प्राप्त भएपछि निजको सफाइको वारेमा न्यूनतम २ पटक स्पष्टीकरण सोधी सजाय गर्न लागिएको कर्मचारीलाई सफाइको मौका दिनुपर्ने । § कानूनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा समेत सफाइको सवूद पेश गर्ने मनासिव मौका नदिई सजाय गर्न नमिल्नेमा कानूनले नै स्पष्ट कार्यविधि तोकेको अवस्थामा सो कार्यविधिको अवलम्वन गर्नै पर्ने । § कार्यविधिको अक्षरसः पालन नभई नोकरीबाट हटाउने गरेको निर्णय तथा काम कारवाहीलाई कानूनसम्मत र प्राकृतिक न्यायको सिद्धान्त अनुकूल भएको भन्न नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री विश्वकान्त मैनाली र श्री मतिराज भुसाल विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय सतिशकृष्ण खरेल र श्री देवेन्द्र झा अवलम्वित नजिरः २०५२ सालको रि.नं.२२७९, निर्णय मिति २०५६।११।२५ र २०५५ सालको रि.नं. ३८८७ निर्णय मिति २०५६।४।२८ आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः २. म निवेदक विपक्षी साझा यातायात संस्थामा मिति २०४०।८।८ मा ज्यालादारी परिचालक पदमा नियुक्ति पाई मिति २०४२।६।२५ मा सोही पदमा स्थायी नियुक्ति पाई आफ्नो पदीय दायित्व इमान्दारीपुर्वक निर्वाह गरेबाट २०५२।८।२१ देखि वरिष्ठ परिचालक पदमा वढुवा भई कार्य गरी आएको एक निम्नस्तरको कर्मचारी हुँ । संस्थाका केही कर्मचारीहरुले गाडीको नयां स्पेयर पार्टसपुर्जाहरु अनधिकृत रुपमा लुकाएको सम्वन्धमा कर्मचारीले आवाज उठाउदा विपक्षी होमनाथ शर्मा अध्यक्ष रहेको ७ सदस्यीय छानविन समिति गठन भई प्रतिवेदन समेत कार्यकारी निर्देशक समक्ष पेश भई उक्त सामानहरु रहेको वाकसमा प्रतिनिधिहरुको रोहवरमा सिलवन्दी गरी राखिएको थियो । पछि उक्त समितिका प्रतिनिधिहरुको रोहवर विना नै उक्त वाकसहरु खोल्ने काम हुँदा केही कर्मचारीहरुले आवाज उठाउँदा व्यवस्थापनबाट प्रहरी वोलाई कर्मचारीहरुलाई गिरफ्तारी गरियो । उक्त दिन निवेदक उपत्यका वाहिर रही ०५५।३।३२ मा फर्की कार्यालयमा गई कर्मचारीहरु संग कुरा गरिरहेको अवस्थामा प्रहरी वोलाई मलाई समेत गिरफ्तार गरियो । म प्रहरी हिरासतमा रहेकै अवस्थामा २०५५।४।१ गते एउटै चिठीको खाममा नोकरीबाट निलम्वन गरिएको र स्पष्टीकरण सोधेको दुईवटै पत्रहरु वुझाइयो । प्रहरीको हिरासतमा रहेकोले स्पष्टीकरण दिन असंभव समेत भएको अवस्थामा ०५५।४।८ को निर्णय अनुसार मलाई नोकरीबाट हटाइएको पत्र समेत वुझाइयो । २०५५।४।१७ मा प्रहरी हिरासतवाट मुक्त भएपछि गैरकानूनी हिरासतमा राखी नोकरीबाट समेत हटाइएको सम्वन्धमा तत्काल साझा यातायात नियमावली, २०३९ को न