निर्णय नं. २४३५ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४३५ - उत्प्रेषण समेत भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१४ २२९१ निर्णय नं. २४३५ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १५३३ विषय : उत्प्रेषण समेत । निवेदिका:जि.सप्तरी कोईलाडी गा.पं.वार्ड नं. २ बस्ने कृष्ण कुमारी देवी राजपुतनी । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय सप्तरी । जि.सप्तरी हनुमान नगर गा.पं.वार्ड नं.७ बस्ने रमानाथ झा मैथिली ब्राम्हण । जि.सप्तरी रामपुरा मलहनीया गा.पं.वार्ड नं.५ बस्ने मोतिलाल यादव । आदेश भएको मिति:२०४२।६।१४।२ मा रिट निवेदकले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्ने देखिन आएको र सो थाहा पाएको मितिबाट मौकैमा रिट निवेदन दर्ता भएको देखिएकोले यस्तो अवस्थामा विलम्बको सिद्धान्त आकर्षित हुनसक्ने नदेखिने । (प्रकरण नं. १०) निवेदिका तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री कृष्णलाल देव उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. जि.सप्तरी रामपुरा मलहनीया गा.पं.वार्ड नं. ५(क) कि.नं. २६४ को ०–१३–१४ ऐ. कि.नं. २६५ को ०–२–१९ ऐ. २७४ को १–१४–० ऐ. कि.नं. २९९ को १–३–६ ऐ. कि.नं. ३०० को ०–१९–१४ को समेत जम्मा जग्गा विगहा ४–१३–१३ विपक्षी रमानाथले ०३४।८।१५ मा निवेदकलाई सुक्रिविक्री गरिदिनु भएको हो सो लिखतसाथ मोतिलाल यादवले जो.अ.नि.अनुसारको जग्गा कमाउन नसक्ने भनी छाडेको रामपुरा गा.पं.को २०२५।१।१४ को पत्र समेत संगै दिनुभएको थियो। सो जग्गा मालपोत कार्यालय सप्तरी मार्फत २०३५।९।२६ मा रजिष्ट्रेशन पारित गरिदिनु भई दा.खा.नामसारी गरी ज.ध.द.प्र.पु.समेत दिई भोगचलन गरी आएको छु । २०४१ सालको बाली लगाउँदासम्म कसैको खरखिचोला थिएन । २०४१।५।५ को दिन उक्त जग्गा मध्ये कि.नं. २७४ र कि.नं. २९९ को धानबाली लगाउँदा विपक्षी मोतीलाल यादव आई सो कित्ताको म मोही हुँ । तपाईलाई बाली लगाउन दिन्न भनी ३ नं.स्थायी निस्सा देखाएको र सो निस्सामा विपक्षी नं. २ ज.ध.र विपक्षी नं. ३ मोही भन्ने लेखिएकोले के रहेछ भनी भू.सु.का.सप्तरीमा आई पत्ता लगाउँदा विपक्षी नं. १ ले ०३७।६।१४ मा टिप्पणी सदर गरी मोहियानीको स्थायी निस्सा दिनु भएको भन्ने कुरा २०४१।६।७ मा नक्कल लिंदा थाहा पाएँ । ३. मैले विपक्षी नं. २ सँग जग्गा खरीद गरी लिए देखि नै जोती कमाई आएको छु मैले पाएको ज.ध.द.प्र.पु.मा मोही लेखिएको छैन । विपक्षी नं. २ ले पाएको प्रमाण पूर्जामा पनि मोही उल्लेख छैन मोहियानीको स्थायी प्रमाणपूर्जा दिने निर्णय गर्नु अघि निवेदकलाई बुझ्नु पर्नेमा नबुझी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरिएको छ । विपक्षी नं. २ ले म्याद गुजार्दैमा मेरो हक हनन् हुने होइन । विपक्षी नं. ३ उक्त जग्गाको मोही हुँदै होइन मोहियानी सम्बन्धी निर्णय प्रशासनिक नभई अर्धन्यायिक भएकोले त्यस्तो निर्णय गर्दा सम्बन्धित कानुनको प्रयोग गरी सबूद प्रमाणको मूल्याङ्कन गरी अधिकारवाला आफैंले निर्णय गर्नु पर्नेमा अनाधिकार व्यक्तिले उठाएको टिप्पणीलाई सदर भनी निर्णय भएको छ । यस्तो निर्णयमा न्यायिक मन प्रयोग नभएकोले कानुन अनुरुप भन्न नमिल्ने भनी सिद्धान्त प्रतिपादित भइसकेको छ साथै अ.बं. १८४ र १८५ नं.को विपरीत भई