निर्णय नं. ७०६३ - आगलागी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०६३ - आगलागी भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक: १ फैसला मिति :२०५८/०३/०४ ३२८० निर्णय नं. ७०६३ ने.का.प.२०५९ अङ्क १/२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५३ सालको फौ.पु.नं......१४०५ फैसला मितिः २०५८।३।४।२ मुद्दाः–आगलागी । पुनरावेदक वादीः धनवहादुर दमाईको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला गुल्मी विखासा गा.वि.स. वडा नं. ५ वस्ने वलवहादुर दमाई § वादी श्री ५ को सरकार तर्फवाट प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने मगज नविग्रेको व्यक्ति हो र निज वारदात घट्दाको अवस्थामा सामान्य अवस्थामा नै आइ सकेको थियो भनि प्रमाणित गर्न सकेको नदेखिदा प्रतिवादी पहिले देखिनै मानसिक अवस्था ठीक नभई असन्तुलन भएको र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज विग्रेको व्यक्ति मान्नु पर्ने । (प्र.नं. १६) पुनरावेदक वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, वुटवलको मिति २०५३।३।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. २०५१ साल कार्तिक ९ गतेका दिन अं ४ वजे रातीको समयमा म र मेरा घर परिवार र नावालख नातिनीहरु सुतिरहेको अवस्थामा निज प्रतिवादीले मेरो १ तले खरको छानो भएको घरको पश्चिम तर्फवाट आगो लागाई दिई हामीलाई मार्ने नियत गरेको हुँदा गुहार गरी सो आगो नियन्त्रणमा ल्याई हामीहरु वसेको हुँदा आगलागीवाट क्षति भएको जम्मा रु.२६,५००। क्षतिपूर्ति वापत दिलाई निजलाई आगो लगाउनेको महल बमोजिम सजाय समेत गरी पाउँ भन्ने धनवहादुर दमाईको जाहेरी दरखास्त । ३. मैले यस भन्दा अघि पनि गाउँमा अशान्ति सिर्जना गरेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीवाट स्थानीय प्रशासन ऐन अन्तरगत कारवाही गरी करागार शाखा गुल्मीमा थुनामा परी २०५१।७।८ गतेका दिन छुटकारा पाई म आफ्नो वावु तथा जाहेरवालाको जिम्मा लागी घर जान गएको थिए । सो दिन जोर्ते भन्ने ठाउँमा वसवाट झर्दा छुट्न गई म सोही ठाउँमा वसे र सोही राती विरवासमा जनमोर्चाको सांस्कृतिक कार्यक्रम हेरी २ वजे तिर घरमा गएको हुँ । सोही रातको अन्दाजी ४ बजे तिर चुरोट सल्काई जलिरहेको सलाई घरको पश्चिम तर्फको छानोमा फालेकोमा उक्त आगलागी भएको हुँदा सो घरमा सुतेका मेरा परिवारले थाहा पाई आफ्नो ज्यान जोगाउन घरवाट वाहिर निस्केका हुन । स्थानीय व्यक्तिहरुले सो आगो नियन्त्रणमा ल्याएका हुन । सो आगो लगाउनेमा म वाहेक अन्य मतियार व्यक्ति कोही छैन । मवाट नै गल्ती भएको हो भन्ने समेतका व्यहोराको वलवहादुर दमाईले प्रहरीमा गरेको बयान । ४. २०५१।७।९ गते का दिन जाहेरवालाको घरमा राती अं ४ वजेको समयमा आगो लागेको हो, सो आगो लगाउने व्यक्ति उनैको छोरा वलवहादुर हुन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का । ५. आगो छोरा वलवहादुरले नै लगाई दिएको पूर्ण विश्वास लाग्छ र सो आगलागीवाट रु.२६५००। को क्षति भएको हुनु पर्छ भन्ने समेत प्रहरीमा कागज गर्ने पविकला दमेनी समेतको कागज । ६. प्रतिवादीले ज्यान मार्ने उद्योगले रातको समयमा जानीजानी पूर्ण वदनियतपूर्वक आगो लगाएको र सो कार्य मुलुकी ऐन आगो लगाउनेको महलको १ र २ नं. तथा सोही ऐनको ज्यान सम्वन्धी महलको १ नं. अनुसारको कसुर गरेको र ज्यान सम्म मर्न नपाएको