निर्णय नं. २४३६ - आम्दानी खर्चको हिसाब
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४३६ - आम्दानी खर्चको हिसाब भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४२/०६/१५ २३५६ निर्णय नं. २४३६ ने.का.प. २०४२ अङ्क ७ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ४९९ मुद्दा : आम्दानी खर्चको हिसाब । पुनरावेदक/वादी:का.प.जि.वनेपा नगर पंचायतवडा नं. १९ बस्ने लीलाभक्त श्रेष्ठ । विरुद्ध विपक्षी/प्रतिवादी:जि. रामेछाप लखनपुर रिष्टे गा.पं.वा.नं. ९ सिलाङटार गाउँ बस्ने मान बहादुर लामा । फैसला भएको मिति: २०४२।६।१५।३ मा ठेक्का पार्टनरले लेखिदिएको मन्जूरनामाबाट अब आएर मेरो ठेक्का पार्टनर होइन भन्नको लागि विवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यामाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. विपक्षीले गोरखा नारायणगढ राजमार्ग बनाउने काममा ठेक्का लिउँ तपाई पनि पूँजि लगाउनुहोस्, म नाम र बुद्धि लगाउँछु भनी भनेकोले मैले ९५, ३५४ पूँजि हाली बराबर लाभांश बाँड्ने गरी कागज समेत गरी गोर्खा नारायणगढ राजमार्ग अन्तर्गत टोली नं. १ द्वारा ढुङ्गाको काम लिई काम गर्ने कार्यालय राखी ठेक्का सञ्चालन गर्दै आएको र पूँजि बढ्दै जाँदा लाखौं रुपियाँको कारोवार भएको र विपक्षीले ०३४।१२।६ गते लगायतमा मलाई पार्टनर भनी रुपियाँ झिकी ल्याउन मन्जूरनामा लेखिदिएकोबाट म पार्टनर भनी व्यवहार गरी आएको ठेक्काको काम ५०५ समाप्त भएको, यसरी ठेक्काको काम समाप्त हुन थालेकोले मुनाफा बाँड्न पर्यो भनी विपक्षीलाई भन्दा ०३५–१२–१२ मा कागजपत्र दराजमा राखी सकेछन् । सो मलेदारी र अन्य कागज समेत झिकी लिए । रुपैयाँ कागजपत्र समेत केही दिन्न भने । जम्मा रु. ८,३०,२१४।– योजनाबाट लिनु पर्ने र रु. ७,८५,०१४।– जति विपक्षीले झिकी पाइसकेको सोबाट रु. ४,४२,२६१।७० जति खर्च भई बाँकी रु. ३,८७,९५२।– भाग हिस्सा लगाउन पर्ने नलगाएकोले संपूर्ण हिसाब गरी मैले पाउने भाग हिस्साको रकम निश्चित ठहर गरी दिलाई पाउँ भन्ने समेतको वादी दावी । ३. विपक्षी लिलाभक्त श्रेष्ठसँग मेरो त्यस किसिमको कबूलियत वा कुनै किसिमको कागज भएको छैन, गरेको भए पनि एकप्रति लिनु दिनु गरेको हुनुपर्ने । मैले ठेक्कापट्टाबाट आर्जन गरेको सम्पत्ति दावा गर्न भाग खोज्नु भएको स्पष्ट छ । करार संवन्धी ऐन, २०३३ को दफा १८(२) अन्तर्गत नालेश गर्न वादीले ऐ.ऐनको दफा ४ र ५ बमोजिम रीतपुर्वक करारको लिखत भएको छ भनी भन्न सक्नुभएको छैन । मेरो लेखापाल भएको हुँदा मेरो कारोवारमा जानकारी हुन अस्वाभाविक होइन हाम्रो बीच साझेदारी काम गर्ने कागज पनि भएको छैन । विपक्षी र उहाँहरूको सहयोगी मिति ०३७।१।२४ गते मलाई करकापसँग जबरजस्ती सहिछाप गराएको कागज बदर गराउन रामेछाप जि.अ.मा फिराद दायर गरेको छु । विपक्षी मेरो हिस्सेदार पनि होइन, हिसाब देखाउन पर्ने पनि होइन भन्ने समेतको प्रतिउत्तरपत्र । ४. विना विस्तृत आय व्ययको फाँटवारी आय निश्चित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने व्यहोराको का.प.जि.अ.को ०३९।५।२२ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको मध्यमाञ्चल क्षेत्रिय अ..मा परेको पुनरावेदनपत्र । ६. शुरु इन्साफ मना